सोहन प्रसाद साह र शोभा देवीकी छोरी डा.श्वेता साह वीरगंज म.न.पा –११ रानीघाटमा बस्दै आएकी छन् । चितवनको होलिल्याण्ड इन्टरनेश्नल स्कूलबाट विद्यालय शिक्षा उर्तिण गरेकी उनले काठमाण्डौं युनिर्भसिटी, धुलिखेलबाट आइ.ए.सी र नेशनल मेडिकल कलेज वीरगंजबाट एम.वि.वि.एस पास गरेकी उनले भारतको पि.जि.आई चण्डिगढबाट एम.डी.पिड्याक्ट्रिस अध्ययन् पुरा गरेकी हुन् । नेशनल मेडिकल कलेजमा केही समय अभ्यास गरेकी उनले हाल चित्रांस पोली हेल्थ क्लिनिक वीरगंजमा नवजात शिशु तथा बाल रोग विशेषज्ञको रुपमा सेवा प्रदा नगरिरहेकी छन् । जाडो मौसमको सुरुवात संगै बालबालिकामा देखापर्ने निमोनिया रोगको सन्दर्भमा बरिष्ट नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा. श्वेता साहसंग मध्य नेपाल सन्देशले गरेको विशेष कुराकानी
१) निमोनिया रोग भनेको के हो ?
निमोनिया रोग भन्ने वित्तिकै छातीमा असर हुनु भन्ने बुझिन्छ । भाईरल इन्फेक्सन र व्याक्टेरिया इन्फेक्सन गरी निमोनिया दुई किसिमको हुन्छ । ५ वर्षभन्दा मुनिका बालबालिकालाई धेरै जस्तो भाईरल इन्फेक्सन हुने गर्दछ । ५ वर्ष मुनिका बालबालिकाको मृत्युको पहिले कारण पनि निमोनिया नै हो । निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको रोग हो । व्याक्टेरिया इन्फेक्सन ५ वर्षभन्दा माथिको बालबालिकामा थोरै कम लाग्ने गरेको पाइन्छ । यो रोग लाग्दा बालबालिकाहरुलाई ज्वारो आउने, खोकि लाग्ने, श्वास फेर्न गारो भएको बालबालिकालाई निमोनिया भएको हुन्छ ।
२) निमोनिया कुन उमेर समुहमा बढि लाग्छ , यसका लक्षणहरु के के हुन् ?
निमानियो लाग्न उमेर समुह हेरेर लाग्दैन, जुन उमेरका व्यक्तिलाई पनि लाग्न सक्छ । तर बालबालिका र वृद्धवृद्धाहरुलाई बढि मात्र लाग्ने र वयस्कहरुलाई अलि कम लाग्ने गरेको पाइन्छ । निमोनिया भएको बालकहरुमा सुरुमा खोकी लाग्ने, नाकबाट सिंगान बग्ने र हल्का ज्वरो आउने साधारण रुघाखोकी लाग्ने र पछि छिटो छिटो सास फेर्ने, सास फेर्न गाह्रो हुने, कडा किसिमको ज्वरो आउने गर्दछ । प्रायः चिसो मौसममा बढि मात्रमा निमोनिया हुने गर्दछ ।
३) बच्चाहरु जन्मिदै पनि निमोनिया हुन्छ ?
बच्चाहरुलाई आमाको पेटमा नै हुँदा पनि निमोनिया हुन्छ । महिलाहरुलाई गर्भवस्थाको समयमा रुघाखोकी लागेको छ भने बच्चालाई पनि त्यहि इन्फेक्सन हुने गर्छ । धुँवाधुलोमा हिड्दा माक्सको प्रयोग नगरेमा, आमालाई रुघाखोकी लागेको छ भने पनि भाइरसले बच्चाहरुमा पनि निमोनिया हुने गर्दछ । कुनै कुनै बच्चाहरु जन्मने वित्तिकै श्वास प्रणालीमा असर भएर जन्मिछन् । बच्चा जन्मिएको ७२ घण्टा भित्रै अक्सिजन चाहिने भयो भने गर्भवस्थाबाटै निमोनिया भएको भनेर बुझ्न सकिन्छ । गर्भाअवस्थाका महिलाहरुले हात सेनिटाइजर गर्ने, धुलो भएको ठाँउमा मास्कको प्रयोग गर्ने, आफुलाई चिसोबाट र रुघाखोकीबाट जोगाउनु पर्दछ ।
५) निमोनिया भएका बच्चालाई जोगाउन कुन उपचार पद्धति अपनाउन सकिन्छ ?
निमोनिया साधारण रुघाखोकीबाट नै सुरु हुन्छ । यसलाई हामीले घरमै आफ्नो घरेलु तरिकाबाट पनि उपचार गर्न सकिन्छ । परिवारमा कसैलाई निमोनिया भएको छ भने बच्चा भएको ठाँउमा नजाने, बच्चाहरुलाई काम गरेको हतले नछुने, छुट्टै कोठाको प्रयोग गर्ने, तातो कुराहरु खुवाउने र सामान्य घरेलु जडिबुटिको प्रयोग गरेर पनि उपचार गर्न सकिन्छ । तर निमोनिया नै भइसकेको छ भने अस्पताल गएर औषधी सेवन गर्नु पर्छ । निमोनिया भएको बच्चालाई न्यानो ठाँउमा राख्ने र धेरै समय सम्म पनि निमोनिया भयो भने अस्पताल लगेर चिकित्सकको सुझाव अनुसार औषधीको प्रयोग गराउनु उपयुक्त हुन्छ ।
६) निमोनिया भएको बच्चालाई बाँफ लिन जरुरी छ ?
चिसाकोे समयमा सामान्य रुघाखोकी, ज्वरो, घाटि दुख्ने जस्तो असर त जुन बच्चामा पनि देखिन्छ, तर ति बच्चाहरुलाई निमोनिया नै भएको भन्ने हुदैन । साना बाच्चाहरुलाई दम पनि हुने गर्दछ । दम हुँदा सास फेर्न गाहो हुने भएको हुँदा बाँफ लगाइन्छ । तर निमोनिया हुँदा बाँफको जरुरत पर्दैन । सासको रोग भएका बच्चाहरुलाई निमोनिया नै भएको भन्ने पनि हुदैन ।
७) तोरीको तेल र गाजल बच्चालाई लगाउन हुदैन भनिन्छ, के यो साँचो हो ?
हामीले साना बच्चाहरुलाई सकेसम्म तोरीको तेलको प्रयोग गर्नु हुदैन । तेरीको तेलबाट झयास आउने भएको हुनाले बच्चाहलाई रुघाखोकी लाग्ने गर्छ । झन गाजलको प्रयोग गर्नु नै हुदैन । किनकी गाजलमा केमिकल जस्ता वस्तु मिसाएर बनाएको हुन्छ । गाजल लगाउदै गर्दा बच्चाको आँखा अथवा छालामा छिट्टै इन्फेक्सन हुने र उनीहरु सानो उमेर समुहबाट नै रोगी हुन सक्ने सम्भावना बढिरहेको छ ।
८) निमोनिया रोग कसरी नियन्त्रण गर्न सकिन्छ ?
निमोनिया बच्चा देखि वृद्धवृद्धाहरुसम्म हुने रोग हो । यो रोग बच्चाहरुमा बढि देखिने भएकोले बच्चालाई स्वास्थ बनाउनु पर्छ । बाहिरबाट आएपछि सिद्दै गएर छुनु हुदैन । बच्चालाई निमोनियाको खोप लागाउनु पर्छ । खानपिनमा पनि ध्यान दिने, समय समयमा सरसफाइ गर्ने, इन्फेक्सन हुने जस्ता वस्तुको प्रयोग नगर्ने, अस्पताल लगेर चिकित्सकको सल्लाह अनुसार औषधी खुवाउने गर्नुपर्छ । धुवाँ धुलो र प्रदुषण जोगाउनु पर्छ । संक्रमित व्यक्तिहरुबाट टाढै राख्नु पर्छ ।
९) यो रोगबाट बच्ने विधिबारे अन्त्यमा थप केही भन्न चाहनु हुन्छ ?
निमानियो रोग भनेको सामान्य र जटिल पनि हुन्छ । बाच्चलाई परिवार सवै मिलेर हेरचाहर गर्नु पर्छ । सानोदेखि नै स्वास्थ्य भयो भने पछि रोग लाग्ने सम्भावना कम हुन्छ । नवजात शिशुहरुलाई आमाको दुध पर्याप्त मात्रमा खुवाउनु पर्छ । सवैभन्दा महत्वपूर्ण कुरा बालबालिकाहरुलाई खुवाउनु अघि राम्रोसँग हात धुनुपर्छ । बालबालिकाहरु निमोनियाको उच्च जोखिममा रहेको हुनाले उनीहरुलाई निमोनियाबाट जोगाउन बिशेष ध्यान दिनुपर्छ ।