स्व. पिता डम्मर बहादुर राई र माता मेनुका राईको कोखबाट सन् १९६८ मा दार्जिलिङ्गको कालिङ्गपुङ्गमा जन्मिएकी अमिता राई तमाङ्ग हाल ज्ञानज्योति सेकेन्ड्री स्कुलमा शिक्षकको रुपमा कार्यरत छिन् । विगत १६ वर्षदेखि शिक्षा पेशामा आवद्धमेनुका ३ दिदीबहिनी र तीन दाजुभाई मध्यकी कि दास्रो सन्तान हुन उनी । बुबा आर्मीमा रहेकोले पारिवारीक अवस्था सबल रहेको उनका आफ्ना परिवारका सबै सदस्यहरु पढेलेखेको र सबैले पढ्नुपर्छ भन्ने मान्यताका रहेको उनले बताईन् ।
सन् १९८९ दार्जिलिङ्गकै कालिङ्गपुङ्ग गल्स हाई स्कुलबाट एस् .एल.सी परीक्षा उर्तीण गरेकी राईले १९९० मा कालिङ्गपुङ्ग निवासी पदम बहादुर तमाङ्गसंग वैवाहीक जिवनमा बाधिएपछि सोही विद्यालयबाट उच्च माध्यामीक तह सम्मको अध्ययन गर्न सफल भएकी थिईन् । विवाह पश्चात घरको कामकाज र पढाईबाहेक अरु केही गर्न नपर्ने भएको आफ्नो छोराछोरीलाई पढाईदिनु न भन्ने छरछिमेकीको अनुरोधले नै आफुले ट्यूसन सुरु गरेको र बिस्तारै शिक्षण पेशा तर्फ आफू आर्कषित भएको उनले बताई । आफ्नो घर दार्जिलिङ्गकै कालिङ्गपुङ्ग भएपनि रोजगारीका कारण विगत २६ वर्षदेखि वीरगंजमै डेरा गरि शिक्षण पेशालाई निरन्तरता दिदै आईरहेकी उनै मेनुका राईसंग यस साता मध्य नेपालले शिक्षण पेशाको सम्बन्धमा गरेको कुराकानी :-
१) वर्तमान समयमा निजी विद्यालयको शैक्षिक स्तर कस्तो पाउनु भएको छ ?
आजको समयमा विश्व सुहाउँदो, विद्यार्थीले चाहेको, मुलुकले खोजेको शिक्षा दिने अभिभारा बोकेको विद्यालयको रुपमा निजी विद्यालय देखिएको छ ।
माछा मारेर पेट भराईदिने होईन हातमा बल्छी दिएर माछा मार्ने सिप सिकाउने शिक्षाको आवश्यकतालाई निजी विद्यालयलले परिपूर्ति गरेको छ । निजी विद्यालयले सैद्धान्तिक भन्दा पनि व्यवहारीक शिक्षामा बढी जोड दिएको छ । निजी विद्यालयको शैक्षिक स्तरको नापतौल गर्न एस.ई.ई परीक्षालाई लिन सकिन्छ । त्यसैले निजि विद्यालयको शैक्षिक स्तरलाई गुणस्तीय मान्नु पर्छ । राज्यले निजी विद्यालयलाई प्रोत्साहन गर्दै उदार निती ल्याउन सक्यो भने नेपालको शिक्षाले धेरै नै फड्को मार्ने छ ।
२) सरकारी विद्यालय र निजी विद्यालयको शैक्षिक स्तरमा कस्तो फरक पाउनु भएको छ ?
सामुदायिक विद्यालयको शैक्षिक स्तर सबैलाई थाहा छ । निजी विद्यालय र सामुदायिक विद्यालयको शैक्षिक स्तर बिच कुनै तुलना नै गर्न मिल्दैन । गरिब, जेहेनदार, द्धन्द्धपीडित, जनजाति, दलित, सिमान्तकृत जस्ता विभिन्न नाममा पनि नीजि विद्यालयमा छात्रावृत्तिको व्यवस्था छ । जुन व्यवस्था सामुदायिक विद्यालयमा हुँदा हुदैपनि विद्यार्थीहरुले प्राप्त गर्न सकिरहेको अवस्था छैन । यसो भनिरहँदा सामुदायिक विद्यालयको शिक्षा र कर्मचारी कमजोर छन् भनेको होईन । वहाँहरुसंग योग्यता सर्टिफिकेट, सिप तालिम सबै छ । कार्यसम्पादन र शिक्षण पद्धति नै पुरानो छ । अहिले विद्याथीहरुलाई जुन सुकै ठाउँमा पनि समायोजन हुन सक्ने किसीमको शिक्षा दिनु पर्छ । जुन निजी विद्यालयले दिन्छ । सरकारी विद्यालयमा स्रोत साधन छन् तर त्यसको सही उपयोग र अनुगमन छैन् ।
यदि सरकारी विद्यालयहरुको शैक्षिक स्तर राम्रो हुने हो भने निजी विद्यालयको कुनै आवश्यक्ता नै हुने थिएन । राज्यले बालबालिकाहरु विद्यालयीय पहुँचबाट टाढा नहोउन भनि अनेक नीति ल्याउँछ तर ति योजनाहरु कार्यान्वयन हुनु त परै जाओस् कागजमै विलिन भएर जान्छन् ।
यदि निजी विद्यालयका शिक्षक र कर्मचारीले झै सामुदायिक विद्यालयका शिक्षकहरुले पूर्ण रुपमा विद्यालयमा समयदिने हो भने गुणस्तरीय शिक्षाका लागि निजी विद्यालयको आवश्यकतानै पर्दैन ।
अधिकारको खोजि गर्ने तर कर्तव्य र दायित्व बोध गर्न नसक्ने जनशक्ति उत्पादन गर्ने शिक्षाले देश र जनताको काँचुली फेराउन सक्दैन ।
३) निजी विद्यालयले चर्को शुल्क लिएर अभिभावकको ढाँड सेकेको कुरा बारम्बार आईरहन्छ यसमा यहाँ के भन्नु हुन्छ ?
सामुदायिक विद्यालयको भन्दा शुल्क महंगो नै हो तर त्यसलाई कारण बनाएर चर्को शुल्कले अभिभावको ढाड सेकेको भन्न मिल्दैन । शुल्क अनुशारको सेवा सुविधालाई ध्यान दिनु प¥यो नि । शुल्क लिए वापतको सेवा प्रवाह गरिरहेकै छ ।
४) शिक्षण पेशामा आबद्ध हुनलाई के कुराले प्रोरित ग¥यो ?
मेरोे विवाह पश्चात म घरमै बस्दा वरपरका छिमेकीहरुले मेरो छोराछोरीलाई पढाईदिनुहोस् भनेर अनुरोध गर्नु हुन्थ्यो घरमै बसेको, अध्ययन बाहेक अरु कुनै काम नभएकाले र मलाई बच्चाहरु असाध्यै मन पर्ने भएकोले मैले बच्चाहरुलाई ट्यूसन पढाउने कार्य सुरु गर्न थाले । बिस्तारै बिस्तारै मलाई शिक्षण पेशा तर्फ रुचि बढ्न थाल्यो यसरी म शिक्षण पेशामा आबद्ध भए ।
५) क कसको साथ सहयोग मिल्यो ? आफ्नो पेशाबाट यहाँ कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
घरपविारको साथ सहयोगले नै आज यो स्थान सम्म आईपुगेकी हुँ । मेरो श्रीमान् पनि शिक्षक भएकोले मलाई शिक्षण पेशामा लाग्न केही गाह्रो भएन । आफूले जाने बुझेका र सिकेका कुरालाई शिक्षाको माध्यमबाट सम्प्रेसन गर्न पाउँदा खुशी लाग्छ । म मेरो पेशाबाट एकदमै सन्तुष्ट छु ।