अहिले महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । १६ दिने अभियानले पक्कै पनि महिला हिंसा रोक्नका लागि मद्दत गर्छ भन्ने अपेक्षा गरौ । तर महिला हिंसा विरुद्ध १६ दिने अभियान विच अहिले विवाहको सिजन शुरु भएको छ । खास गरी विवाहसंगै जोडिएर आउने वालविवाह, दाईजो प्रथालाई महिला हिंसाको कारक तत्व मानिन्छ । यसलाई कहिले रोक्ने ? मुखबाट वालविवाह रोक्ने प्रतिवद्धता गर्ने, रोक्नका लागि कानुन बनाउने । तर कार्यान्वयन नगर्ने । वालविवाहको चर्चा हुने तर कार्यान्वयन नहुने एउटा कथा हो जस्तो भए छ वालविवाह । वाल विवाहका अनेकौ कारणहरु होलान, अनेकौ बहानाहरु होलान तर वाल विवाह पछिको परिणाम हेर्ने हो भने त्यो भन्दा पनि धेरै छ । वाल विवाहले कति क्षति पु¥याउछ भन्ने कुरा कसैबाट लुकेको छैन ।
तिर पनि किन लापर्वाही ? यसलाई रोक्नका लागि किन हामी मौन ? पहिला पहिला जनप्रतिनिधिहरु थिएनन प्रहरी प्रशासनले मात्र रोक्ने सम्भव थिएन तर अहिले त घर आंगनमा सरकार छ जनप्रतिनिधि छन तर पनि वाल विवाह रोकिएको छैन । त्यती मात्र नभएर वाल विवाहमा गएर स्वयम जिम्मेवार जनप्रतिनिधि भोज खादाँ समेत वाल विवाह भएको थाहा नपाउने हामी कस्ता जनप्रतिनिधि चुनेका छौ । पारिवारिक समस्या, आफै विवाह गर्नुले बालविवाहलाई बढावा दिइरहेको देखाएको छ । बालविवाहका कारण पारिवारीक समस्या उत्पन्न हुने, विद्ययालय छाड्नुपर्ने, स्वास्थ्यमा समस्या तथा लैंगिक हिंशासमेत बढ्ने गरेको देखिन्छ । वालविवाह र यसैसंग जोडिएर आउने दाईजो प्रथाका कारण कयै महिलाहरु जलाईन्छ मारिन्छ । यस्ता समस्या समाधानका लागि खोई त हाम्रो ध्यान गएको ? खोई त हामी स्थानीय तहमा यसलाई अपराध रोक्नका लागि रणनिति बनाएको ?
नेपालमा नयाँ संविधान जारी भएसंगै गाउँ गाउँमा सिंह दरवार गएको छ । पहिला नेपालमा एउटा सरकार हुदाँ स्थानीय स्तरको समस्या नबुझने, नसुन्ने, कानुन बने पनि कार्यान्यन नहुने समस्या थियो तर अहिले त ७५३ वटा स्थानीय सरकारकहरु छन । स्थानीय आवश्यता, समस्याहरु पहिचान गरि नीति तथा कार्याक्रम र बजेट ल्याउने अधिकार पनि स्थानीय सरकारलाई नै छ तर पनि वाल विवाह रोक्नका लागि खासै पहिल भएको देखिदैन । वाल विवाह जस्तो सामाजिक कुरिती रोक्नका लागि स्थानीय सकारहरुले कुनै पनि किसिमको कदम चालेको देखिदैन । हाम्रो प्रदेश २ पहिला देखि नै वाल विवाह धेरै हुने ठाउ हो । यसलाई विशेष प्राथमिकतामा राख्नु पर्ने विषय हो तर खोई यस तर्फ जोडदार रुपमा अगाडी बढेको सरकारहरु ? वाल विवाह जस्तो सामाजिक अपराधको साक्षी बनिरहने हो यसलाई रोक्नका लागि स्थानीय तहहरुबाट पहल गर्ने हो । यस तर्फ जनप्रतिनिध लगायत सरोकारवालाको ध्यान जान जरुरी छ । सामाजिक अभियान्ताहरुको अभियान गाउँ गाउँमा जान जरुरी छ ।
वाल विवाह हुदाँको क्षण त रमाईलो होला तर त्यस पछि हुने पिडालाई ख्याल गर्न जरुरी छ । वाल विवाहका कारण उत्पन्न हुने समस्याको बारेमा वुवा आमाले बुझन जरुरी छ । नेपालमा बनेका कानुनहरु विश्वमा पनि उदाहरणीय छन तर कार्यन्वयन पक्ष उतीकै फितलो रहेको छ । यहा जनता देखि नेता सम्म कानुन तोडनुलाई नै आफनो शतिm ठान्नु भन्दा पनि कानुनको पालना गर्ने र गराउने आफनो दायित्व ठान्नु पर्ने बेला भएको छ । वालविवाहका कारण अनेकौ समस्या भए पनि यो क्रमम रोकिएके छैन आखिर कहिले सम्म हाम्रा चेलीहरु यसको सिकार बन्ने ? कसले रोक्नका लागि पहल गर्ने ? अव त स्थानीय सरकार अव पनि रोकिएन भने कहिले रोक्ने ? स्थानीय स्तरमा हुने विवाह कतै वाल विवाह त होईन भनेर जनप्रतिनिधि सचेत हुने बेला भएको छ होईन भने गाउँ गाउँमा सिंहदरवार आएको के अर्थ ?