नेपाल आर्मीको विभागीय टिम त्रिभुवन आर्मीले वीरगन्जमा जारी विशाल मेमोरियल गोल्डकप प्रतियोगिताको उपाधी आफ्नो पोल्टामा पारेको छ । नेपाल आर्मीको विभागीय टिम आर्मीले काठमाण्डौ हिमालयन शेर्पा क्लवलाई पछि पार्दै उपाधी आफ्नो पोल्टामा पारेको हो । निर्धारित समयमा एक एकको बराबरी भएपछि ट्राइब्रेकरका आधारमा ५ का विरुद्ध ६ गोल गरी उपाधी उचालेको हो ।
विजेता भएसँगै आर्मी टिमले ५ लाख ५५ हजार ५५५ रुपैया नगद सहित ट्रफी पाएको छ भने उपविजेता हिमालयन शेर्पाले २ लाख ७७ हजार ७७७ नगद र ट्रफीमा सिमित हुन प¥यो ।
पहिलो हाफको १९ औं मिनेटमा हिमालयन शेर्पाका जर्सी नम्बर १० का विश्वास श्रेष्ठले पहिलो गोल गरी टिमलाई अग्रता दिलाएको फाइनल प्रतियोगितामा यो अग्रतालाई शेर्पाले अन्तिमसम्म कायम गर्न सकेने । दोस्रो हाफको उत्तराद्र्धतिर आएर आर्मीको १४ नम्बर जर्सीका सन्तोष तामाङ्गले प्रहार गरेको गोल शेर्पाका गोलकिपरले रोक्न नसक्दा खेल बराबरीमा आएको थियो । यो बराबरीले आर्मीलाई अर्को भिडन्त गर्ने बाटो खोलेको हो ।
ट्राइब्रेकरमा पनि पाँचवटा गोल हानुन्जेल सम्म फेरि पनि एक एक गोल दुवै तर्फका गोलकिपरले गोल हुनबाट जोगाएपछि सात सात जनाले हानुन्जेल सम्म नतिजाका लागि बाटो कुर्नु प¥यो । नेपाल आर्मीका जर्सी नम्बर २१ का भरत खवास, जर्सी नम्बर १४ का सन्तोष तामाङ्ग लगायत जर्सी नम्बर १६, ३, २२ र जर्सी नम्बर १ का गोलकिपरले हानेको गोल पनि नतिजाका लागि सावित भयो । शेर्पाका खेलाडीको भने जर्सी नम्बर १९, २०, १०, ४ र १३ का खेलाडीले हानेको गोलले मात्र जाली चुम्यो ।
शनिबारको फाइनल खेलका म्यान अफ दि म्याच शेर्पाका टिम क्याप्टेन मान बहादुर तामाङ्ग भए । उनले नगद ५ हजार १ सय र ट्रफी हात पारे ।
यो बर्षको दोस्रो विशाल मेमोरियल गोल्डकपको फाइनलमा शेर्पाका जर्सी नम्बर १० का विश्वास श्रेष्ठ वेष्ट स्ट्राइकर र बेष्ट अफ द सिरिज भए । उनले नगद १५ हजार र सुजुकी कम्पनीको जिक्सर मोटरसाइल हात पारेका छन् । बेष्ट मिड फिल्डर भने आर्मी क्लवका जर्सी नम्बर १४ का सन्तोष तामाङ्ग भए । उनले पनि नगद १५ हजार प्राप्त गरेका छन् ।