महिला सञ्चारहरुको सक्रियतामा प्रकाशित मध्य नेपाल सन्देश पत्रिकाले आफनो दोस्रो वार्षिक उत्सवको अवसरमा ‘महिला नेतृत्व अवसर र चुनौति ' विषयक अन्तरक्रिया कार्यक्रम समपन्न गरेको छ ।
स्थानीय निकायमा नेपाल सरकारले अध्यक्ष पुरुष भए महिला अनिवार्य व्यवस्था गरेसंगै संघिय संरचनामा अहिले महिला नेतृत्व र अवसरको बारेमा चर्चा परिचर्चा शुरु भएको छ । यसै सन्दर्भमा मध्य नेपालले अन्तरक्रिया कार्यक्रम समपन्न गरेको हो ।
कार्यक्रममा सभासद शेख चाँद ताराले महिला नेतृत्वका लागि सबैभन्दा चुनौति सँस्कृति रितिरिवाज नै देखिएको बताईन् । संविधानमा बाध्यात्मक व्यवस्था गरिएका कारण तीन वटै तहमा महिलाहरुले अवसर पाएको उनले बताईन् । जागिरहरुको सवालमा भने कोटाको व्यवस्था गरिएकाले हामीले आफूलाई भाग्यामानी ठान्नुपर्ने बताएकी थिईन् ।
सभासद शेख चाँद तारासदियौ देखी चलि आएको चलनलाई तोड्नु पर्ने भन्दै सभासद शेख चन्द ताराले अहिलेको मुख्य चुनौति हाम्रो सँस्कृति, रितिरिवाज परम्परा रहेको बताईन् । उनले भनिन् कानुनी हिसाबले हामीले विकसित मुलुकमा दिईने जस्ता अधिकार पाएपनी अझैपनि महिलालाई कसरी बाहिर पठाउने ? भन्ने चलन रहि आएकाले घर बाहिर निस्किएका महिलाहरुले समेत घर र बाहिर दुवैतिरको काम गर्नुपर्ने अवस्था सुधार गर्नुपर्ने उनले बताएकी थिईन् ।
प्रदेश सभा सदस्य ओम प्रकाश शर्माकार्यक्रममा प्रदेश सभा सदस्य ओम प्रकाश शर्माले विगतमा जस्तो अहिले महिला पीडित नभएको तर्क गरे । ‘समाज बनाउने नै महिलाले हो । किनकी पहिलो शिक्षक आमा नै हुन्छिन्, आमाले छोरा छोरीलाई विभेद नगर्ने हो भने त्यहीबाट रुपान्तरण शुरु हुन्छ ।’ उनले भने ‘ विगतमा जस्तो अवस्था अहिले छैन, महिला नै जिम्मेवार भएर आउनुपर्छ ।
प्रदेश सभा सदस्य प्रल्हाद गिरीअर्का वक्ता प्रदेश सभा सदस्य प्रल्हाद गिरीले महिलाले महिलालाई अर्थात सासुले बुहारीलाई गर्ने हिंसाको अन्त्य हुनुपर्नेमा जोड दिए । ‘महिला र पुरुषबीच टसल गरेर केहि हुँदैन, केहि समस्या दुवैतिरबाट छ ।’ उनले भने ‘दुवै मिलेर समाधान गर्नुपर्छ ।’
बरिष्ठ पत्रकार जगदीश शर्माकार्यक्रममा बरिष्ठ पत्रकार जगदीश शर्माले शिक्षा र सम्पत्तिमा बराबरको हक नभएसम्म महिला पुरुषका बीचमा असमानता कायम रहने बताए । उनले राजनीतिक रुपमा मात्रै नभएर सामाजिक रुपमा अघि बढेका महिलाहरुलाई पनि उत्तिकै सम्मान दिनुपर्नेमा जोड दिए । ‘राजनीतिक रुपमा मात्रै महिला अघि बढेको हेरिन्छ, माईक्रो फाईनान्सबाट ऋण लिएर रोजगार भएर अघि बढेको महिलालाई पनि सम्मान गर्ने बानीको विकास हुनुपर्छ । राजनीति गर्ने महिला मात्रै गतिशिल अरु अगतिशिल भन्ने हुँदैन ।’ उनले भने ‘ अहिले महिलाहरुले अवसर पाएका छन्, अवसरसँगै चुनौति पनि आउँछ, त्यसको सामना गरेर अघि बढ्नुको विकल्प छैन, चुनैति भनेको परीक्षा हो त्यसमा उतिर्ण हुनैपर्छ ।’
पोखरीया नगरपालिकाकी उप मेयर शल्मा खातुन कार्यक्रममा स्थानीय जनप्रतिनीधिहरु लैंगिक रुपमा विभाजित भई महिला सशक्तीकरण नहुनुमा एक अर्कोलाई दोषी देखाएका थिए । कार्यक्रममा महिला प्रतिनीधिहरुले स्थानीय तहमा संवैधानिक प्रावधानहरु अनुसार महिलाको प्रतिनीधित्व देखिएपनि अझै पुरुषहरुकै हाली मुहाली रहेको गुनासो गरेका थिए । उप प्रमुखमा जितेका महिलाहरुलाई वडा अध्यक्षले समेत हेप्ने प्रवृत्ति विद्यमान रहेको उनीहरुको भनाई थियो । समाजमा पितृसत्तात्मक सोचमा परिवर्तन आउन नसकेका कारण पुरुषहरुले आफूलाई अझैपनि प्रधान ठान्ने गरेको पोखरीया नगरपालिकाकी उप मेयर शल्मा खातुनले आरोप लगाएकी थिईन । उनले पुरुषहरु जिम्मेवार भएर आएको खण्डमा महिला माथि हुने विभेद कम हुन सक्ने बताएकी थिईन् ।
जवाफमा पुरुष जनप्रतिनीधिहरुले महिलाको हिंसा महिला ले नै बढी गरिरहेको भएपनि त्यसमा ध्यान नदिनु गलत भएको प्रदेश सांसद राजेश्वर साह तेलीले बताएका थिए । उनले विगतमा समस्या रहेपनि अहिले महिलाहरुका लागि जटिल अवस्था नरहेको दावी गरे । महिलाहरु नेतृत्वमा पुगेको भएपनि क्षमतामा ध्यान नदिएका कारण पर निर्भर देखिएको उनको भनाई रहेको थियो ।
पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालपर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले सरकारले सामाजिक न्यायका लागि काम गरिरहेको बताउँदै सह अस्तित्वका लागि महिलाहरु पनि जागरुक हुनुपर्ने बताए । ‘राज्य आपूर्ति पक्ष हो, यसले सामाजिक न्यायका लागि काम गर्छ, ऐन नियम, कानुन र बजेट निर्माणमा राज्यको भूमिका हुन्छ । जुन भईरहेको पनि छ ।’ उनले भने ‘सहभागीता, समानता र मुल प्रवाहीकरणमा आउनका लागि महिलाहरु पनि अग्रसर हुनुपर्छ । बच्चा हुर्काउने, खाना बनाउने जस्ता कामहरु पुरुषसँग बाँड्नुपर्छ । ’
पोखरीया नगरपालिकाका नगर प्रमुख दिप नारायण रौनियारपोखरीया नगरपालिकाका नगर प्रमुख दिप नारायण रौनियारले महिलाबाट नै बढी महिला हिंसा भईरहेको दावी गरे । ‘ हिजोआज पढेलेखेका र शिक्षित भनिने महिलाहरु अनपढ महिलासँग बस्न रुचाउँदैनन्, यो पनि एक प्रकारको हिंसा नभएर के हो त ? ’ उनले भने ‘ नेतृत्व तहमा पुगेका महिलाहरुले उनीहरुलाई पनि समेटेर अघि बढ्नुपर्छ ।
कार्यक्रममा समाजमा श्रीमानलाई मात्रै मान सम्झने अगुवा वर्गले श्रीमतिलाई पनी श्रीमानको मान झै सम्मान गर्नुपर्ने वक्ताहरुले जोड दिएका थिए । कार्यक्रममा बोल्दै पोखरीया नगरपालिकाकी उप मेयर शल्मा खातुनले श्रीमति एक्लै काम गर्न जादा वा केही निर्णय नै गर्नुपर्दा समाजले पचाउन नसक्ने जस्ता विकृतिहरुलाई निरुत्साहित गर्नुपर्ने बताएकी थिईन् । उप प्रमुख खातुनले महिलाले हरेक पाईलामा आफूलाई प्रमाणित गर्नुपर्ने अवस्था विद्यमान रहेको बताईन् । ‘चुनाव सम्पन्न भएपछि मैले हरेक ठाउँमा आफूलाई प्रमाणित गर्नुपरिरहेको छ । पुरुष प्रतिनीधिहरुको कुरामा हो मा हो मिलाए ठिक हुन्छ, होईन भने चरित्र माथि नै प्रश्न उठाउँछन् । ’ उनले भनिन् ‘ म सँधै श्रीमानलाई बोकेर हिड्न त सक्दिन नी, सबै कामधन्दा छोडेर मेरो श्रीमान मेरो पछि लागुन् । म सँधै स्पष्टिकरण दिँदै हिड्ने हो भने मैले काम कहिले गर्ने ?’
विन्दवासीनी गाउँपालिकाकी उपप्रमुख किरण देवि गुप्ताले महिलालाई हेप्ने प्रवृत्ति चुनौतिको रुपमा देखिएको र काम गर्न समस्या भईरहेको बताईन् । महिला अधिकारकर्मी बबिता जयसवालले महिला जनप्रतिनीधिहरुको क्षमता विकास जरुरी रहेको बताईन् ।




मध्य नेपाल सन्देश पत्रिकाको तेस्रो वार्षिकोत्सवको अवसरमा अधिकार कर्मी कमल मोहन पोखरेल, सञ्चारकर्मी तुलसी भण्डारी, नवराज घिमिरे, बलिराम यादव, अलि असगर देवान, विदुर खड्का महिला सञ्चारकर्मीहरुमा लक्ष्मी खरेल, माधुरी महतो, गिता भण्डारी, विमला गुप्ता, शोभा धमला, निलम पन्त, ईश्वरी श्रेष्ठ, सुप्रिया ढकाल, कृष्ण मोहन साह, सन्ध्या पौडेल लगायतलाई प्रशंसा पत्र सहित सम्मान गरेको थियो ।
उप प्राध्यापक सुस्मा तिवारी द्विवेदीअधिकारकर्मी एवं ठाकुरराम बहुमुखी क्याम्पसकी उप प्राध्यापक सुस्मा तिवारी द्विवेदीले महिला नेतृत्व अवसर र चुनौति विषयक कार्यपत्र प्रस्तुत गरेकी थिईन् । भने कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष केसी लामिछाने, जिल्ला अध्यक्ष श्याम बन्जारा, नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष फुलमहम्द मिया, उपाध्यक्ष श्रीमती मधु राणा, ज्येष्ठ नागरिक संघ एवंम् समाजसेवी पशुपति विक्रम साह, श्रीमति उषा साह, डा. लक्ष्मी थापा, नेतृ पुष्पा पाण्डे, चेलि कृषि सहकारी संस्थाकी अध्यक्ष कमला घिमिरे, युवा नेता अरविन्द सिंह, दिलिप राज कार्की, किरण सरकार, ओम प्रकाश सरार्फ, प्रमोद यादव, तबरेज अहम्मद, ब्यूटिशियन गुड्डु जोशी, माईती नेपालकी जिल्ला संयोजक संगिता पुरी, शिक्षा वृद डा. दिपक शाक्य, ओम प्रकाश श्रेष्ठ, साना हात नेपालका जिल्ला संयोजक बाबुराम क्षेत्री, अधिवक्ता कमल मोहन पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
मध्य नेपाल पत्रिकाकी सम्पादक कविता खड्काकार्यक्रम मध्य नेपाल पत्रिकाकी सम्पादक कविता खड्काको सभापतित्वमा समपन्न भएको थियो ।