मुख्यमन्त्री स्वच्छता अभियानको सुभारम्भ वीरगंजबाट गरिने भएको छ । जिल्ला समन्वय समिति पर्साका प्रमुख नेक महमद अन्सारीको अध्यक्षता सम्पन्न भएको बैठकले उक्त निर्णय गरेको हो ।
बुधबार दिउसो वीरगंज महानगरपालिकाको कार्यालयमा सम्पन्न भएको बैठकले वीरगंज महानगर प्रथम महासरसफाई जागरण अभियान कार्यक्रमद्धारा स्वच्छता अभियानको सुभारम्भ गर्ने निर्णय गरिएको जनाइएको छ । जनप्रतिनिधि,सबै राजनैतिकदल, कर्मचारी, सुरक्षाकर्मी, सामुदायीक प्रहरी, संचारकर्मि, टोलसुधार समितिहरु, स्वास्थ्यकर्मि, बैकर्स लगायत विभिन्न संघ सस्था लगायत व्यापक सहभागीतामा आगामी माघ १४ गते विहान ७ बजे वीरगंजको घन्टाघरबाट महासरसफाई अभियान कार्यक्रमको सुभारम्भ गर्ने निर्णय गरिएको वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा भीष्म कुमार भूसालले बताए ।
उहाले मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सुरु हुन गइरहेको वीरगंज महासरसफाई अभियानले वीरगन्जको महानगरपालिकाको सरसफाईमा व्यापक टेवा पुग्ने आशा लिइएको बताउनु भयो ।स्वच्छता अभियानको माध्यमबाट वीरगंजको सरसफाईसंगै सरोकारवालाको व्यापक सहभागीता गराउदै स्वच्छता प्रति सबैलाई जागरुक गराउने उदेश्य लिइएको प्रमुख प्रशासकिय अधिकृत डा भूसालको भनाई रहेको छ ।
महासरसफाइ अभियान कार्यक्रमको विभिन्न संचारमाध्यमहरुबाट प्रचार प्रसार गर्नुको साथै व्यापक नजसहभागीता जुटाउनु विभिन्न कार्यक्रमहरु गर्ने निर्णय समेत गरिएको छ ।बैठकमा प्रदेश सभासदस्यद्धय करिमा बेगम,भिमा यादव, पर्साका प्रमुख अधिकारी नारायण प्रसाद भट्टराइ, प्रमुख भन्सार प्रशासक श्याम प्रसाद भन्डारी, प्रहरी उपरिक्षक रेवती ढकाल, श्री चन्डी प्रसाद गणका गणपति सिर्जन मल्ल,सशस्त्र प्रहरी नायब उपरिक्षक मनहरी कुइकेल, मुख्यमन्त्री स्वच्छता अभियानका संयोजक सलाउदिन अहमद, वीरगंज महानगरपालिकाका उपसचिव शिव प्रसाद लम्साल, सरसफाई अधिकृत राजकृष्ण ताम्राकार लगायत विभिन्न कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको थियो ।