एका विहानै ढोल मजिराका साथ साजिन्दाहरुलाई लिएर किन्नर नत्र्तक गृहस्थको ढोकामा पुग्छन् । पुत्र जन्मको खुशियालीमा सोहर, झुमर रागमा गीत गाउदै–ए लालना केकरा अड्डनवा जमलन लाल, घरवा मे उठे सोहर हो...। जुन घरमा पुत्रको जन्म हुन्छ त्यहा किन्नरहरु (खोजवा, खोजइन) निश्चित रुपमा पुगेर गीत गाउँदछन्, नाच्दछन्, बधाई दिन्छन् तथा इनाम पुरस्कार माग्दछन । छर छिमेकीका मानिसहरु त्यहा रमिता हेर्न झुम्मिएका हुन्छन । एकैछिनमा त्यहा पूर्णरुपमा खुशियाली तथा आल्हादकारी माहौल सृजना भइ सकेको हुन्छ । केहि बेरको नाच गान पछि मानर (मादल) पुजाइ हुन्छ ।
घरका बुढी आइमाईहरुले मानर पुज्दछन् । यसमा गच्छे अनुसार सिधाको चामल, दाल, तरकारी तथा नगद रुपिया लाग्दछ । साजिन्दको मानरलाई पा“च वा सात ठाउमा घिउ अथवा तेल लगाएर सो ठाउँमा सिन्दूर लगाइ दिन्छन् । फूल, अक्षता लगाई दिएर विधिवत् मानर पुजाइको नेग पुरा हुन्छ । मानर पुजाइ पछि पुनः नाच गान सुरु हुन्छ । नवजात शिशुलाई किन्नरले का“खमा लिएर नाच्न थाल्दछ ।
आफ्नो शुरिलो कण्ठ लहरीले गीतको माध्यमबाट नानाथरिका आशिषको ओइरो लगाउँद छन् । घरको मालिक किन्नरलाई विदा गर्नकोलागि वस्त्र, सिधा तथा नगदी दिन खोज्दा लिन मान्दैन, पुरस्कारको राशी थपिदै जान्छ । अन्त्यमा घरको सम्पन्नता, विपन्नताको अवस्था अनुसार पुरस्कार राशी एक हदमा गएर टुड्डिन्छ । किन्नरले बच्चालाइ आशिष दिन्छ, कपालमा तेल लगाइ दिन्छ अनि धेरै आशिर्वादका साथमा बच्चालाइ घरको बुढी आइमाईको का“खमा सुम्पिदिन्छ ।
पुरस्कार दिदा किन्नरको मन दुखाउनु हुदैन भने जनआस्था रहेको पाइन्छ । आफ्नो क्षेत्र भित्रको गा“उका कुन घरमा पुत्रको जन्म भएको छ यस कुराको सुइंको यिनीहरु आफ्नै बिशेष शुत्रबाट पत्ता लगाउदछन र महिना दिनको भित्रमा नै त्यस घरमा पुगि हाल्दछन ।
तथाकथित खोजवा खोजइन अर्थात को हुन त किन्नर ? पुत्र जन्मको अवसरमा यिनीहरुले किन नाच्नु गाउँनु पर्दछ ? यस प्रकारको नाच गान पछि यिनीहरुलाई इनाम पुरस्कार दिन किन आवश्यक छ त भन्दा एउटा किन्नरले जवाफमा आफू रामको बनवासको बेला साथै गएका सम्पूर्ण अयोध्यावासीहरुलाई फर्काउने बेलामा रामले केवल नर र नारीहरुलाई मात्र फर्कि जानु भने आज्ञा दिएका थिए । उनको यस प्रकारको आज्ञा पाएर अयोध्याका सम्पूर्ण नर नारीहरु अयोध्या फर्कि गएका थिए । हामीहरु नर पनि होइनौ नारी पनि होइनौ ।
हामीहरुलाइ राम जीले फर्कि जाने आज्ञा नदिएको कारण हामीहरु फर्किएनौं । हामीहरु त्यहि बस्यौ । १४ वर्षपछि राम बनबाट फर्किने बेलामा हामीहरुलाई त्यहि बसिरहेको देखेर हाम्रो आज्ञाकारिताको कदर गर्दै हामीहरुलाई अब उप्रान्त जो सुकै नवजात शिशुलाई हाम्रो आशिर्वाद फल्ने छ भन्ने वरदान दिएको हुनाले सद्यःप्रसवित शिशुको घरमा गइ नाच गान गरेर पाएको इनाम पुरस्कारको राशीले आफ्नो गुजारा चलाउँदछन् । यहि हाम्रो वृति हो । त्यसै बेलादेखि आजसम्म पारम्परिक रुपमा हामीहरु नाच गान गर्दछौ, नवजात शिशुलाइ आशिर्वाद दिन्छौ ।
कुष्णजन्मदेखि नै भएको हो भने जनश्रुती रहेको पाइन्छ ।
श्री कृष्णको जन्मको अवशरमा साक्षात योगमाया नै किन्नर रुप धारण गरेर नन्द यशोदालाई बधाई दिन पुगेको कुरा पुराणहरुमा वर्णित रहेको पाइन्छ । पहिले पहिलेका राजा, महाराजा, जमिन्दार, नवाबहरुको घरमा पुत्रोत्सवको अवशरमा किन्नरहरुले नाच गान गरेर निकै धन सम्पति आर्जन गरेको कुरा समाजमा सुनिन्छ । अब त्यस्ता घरानाहरु अस्तित्वमान न रहेका अवस्थामा किन्नरहरु जन साधारणलाइ नै आफ्नो यजमान बनाइ आफ्नो जीविक चलाएको देखिन्छ ।
यस्ता किन्नरहरुको क्षेत्रको निश्चित सिमाना हुन्छ । त्यस क्षेत्रभित्र निर्दिष्ट किन्नरको मात्र अधिकार हुन्छ । अरु जो कोहि किन्नरले त्यस क्षेत्र भित्र प्रवेश गर्न पाउदैन । यदि कोहि त्यस्तो गर्ने दुःशाहस गर्द छ भने उ किन्नर समाजबाट दण्डित हुन्छ । किन्नरहरुको जनसंख्या अनुसार क्षेत्र ठूलो वा सानो हुने गर्दछ । यस प्रकारको क्षेत्र प्रायः दशदेखि १५÷२० गा“उभन्दा ठूलो हुदैन । यस प्रकारको सिमित क्षेत्रमा नाच गान गर्दा गुजारा चल्दछ त ?
एउटा किन्नरले बडो टिठ लाग्दो पाराले भन्दछ–गुजारा नचलेर हामीले गर्ने के ? हुन त हाम्रो आवश्यकता सानै छ । परिवार, बालबच्चा हुदैन । छोरा वा छोरीको विवाह, ब्रतबन्ध, पढाइ लेखाइबाट हामी मुक्त छौं । पेटभरि मोटो मसिनो अन्न र लगाउनलाई एकसरो लुगा भए त पुगिहाल्यो । धन कमाएर सञ्चय कसको लागि गर्ने ?
को छ र हाम्रो वारिस ? खान बस्नको लागि धन हाम्रो यजमानहरुबाट पुगि हाल्दछ । निसन्देह भगवानले ठगेका हामी जस्तै अन्य किन्नर केटा केटीहरुको पालन हामीले नै गर्दछौं । तर उनीहरुका लागि के सञ्चय गर्ने ? उनीहरु आफ्नो रोजी स्वयं कमाइ गर्न सक्षम हुन्छन् । यस प्रकारको हृदयस्पर्शी कुरा गर्दै त्यस किन्नरले नवजात शिशुको टाउको माथि एउटा आशिष अर्पित गरेर प्रफुल्लित मुद्रामा विदा भयो । कुनै अन्य नवजात शिशुको खोजीमा ।