राजनीतिक र सामाजिक ढंगबाट सुरु गरिएको आन्दोलन र आन्दोलन पश्चात प्राप्त अधिकारहरु थुप्रै छन् । जहानिया राणाशाषनको अन्त्य गर्न गरिएको आन्दोलनदेखि प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्रसम्म आइपुग्दा युगले धेरै परिवर्तनको फड्को मार्न सफल भएको छ । तर आधुनिकताले छोएको समाज र परम्परावादी सोचको कारण आज पनि हाम्रो समाजमा मानव-मानव बिच विभेदको अन्त्य नहुनु युगले मारेको परिवर्तको फड्को मा कहिँ न कहिँ हाम्रो समाज पछि पर्नु हो । यसका कुनेै बिम्मति नहोला । यो कुराको आत्मसाथ गर्न नसक्दा आजको बदलिंदो समयमा मानव-मानव बीच जातीय विभेदको अन्त्य हुन नसकेको प्रष्ट छ ।
हुन त पहिले र अहिलेको समयलाई तुलना गर्ने हो भने त यस्ता थुप्रै परिवर्तन भएका छन् समाजमा । शिक्षा क्षेत्रलाई नै नियाल्ने हो भने परिवर्तको जग भित्र निकै फराकिलो पाटो भेटन सकिन्छ । मानवीय सोच र मान्यताको थालनीको श्रोत नै सामान्य रुपमा बद्लिएको छ । मानवीय संवेदनशिलताको प्रमुख अंश मानवले नै मानव विच गरिने छुवाछुतको दुरीलाई कम गर्ने मुल कडी जातीय प्रथाको भने अन्त्य हुन नसक्नु दुखदायी पक्ष हो । मानव जन्मनुभन्दा पहिले गर्भ कै आधारमा जातीय विवेदको जन्म हुनु मानवीय सोचको संक्रिमण हो भन्दा फरक पर्दैन । जातीय विवेदमा दलितलाई हेर्ने दृष्टिकोण केवल छुवाछुतमा मात्र सिमित नभई गरिबीको अर्को पाटोसगँ पनि जोडिनुले जातीय विवेदसगै गरिबको वर्ग भनेर औल्याइरहेको देखिन्छ । जसको कारक शिक्षा, परम्परावादी सोच, धर्म संस्कृति रीतिरिवाजसगै अन्धविश्वास नै मुल कारक रहेको पाइन्छ ।
समाजमा मानव विवेकशिल अनि बिचारक प्राणी हो भन्ने जान्दाजान्दै पनि मानव-मानव बिचको छुवाछुतको स्वरुपलाई परिवर्तित मुलकमा पनि बिचारणीय पक्षका रुपमा नलिइनु युक्तिसंगत मान्न सकिन्न । हुन त पहिलको तुलनामा समाजमा भेदभावको आकार केही हद सम्म परिवर्तन भए जस्तो देखिए पनि तुलानात्मक र व्यावहारिक रुपले परिवर्तन हुन कति समय लाग्ने हो विचारणीय पक्ष छ । किन भने आज समाजमा परिवर्तनको संवाहक मानिएका आजका युवा जो उच्च शिक्षा डिग्री अनि पिएचडी युक्तवानहरु समेत विभेदको संस्कृतिमा कुनै न कुनै रुपले मलजल गरि नै रहेका उदाहरण समाजमा छरपष्ट छन् ।
समाजमा कतिपय अन्धविश्वासलाई अन्देखा गर्ने प्रचलन व्याप्त छ । जस्तो दलित भन्ने बित्तिकै सानो काम गर्न पर्ने जस्तैः दमाईले कपडा सिलाउनु पर्ने, विश्वकर्माले सुन,चादी तथा धातुका सामाग्री बनाउन पर्ने, माझीले माछा मार्न पर्ने, कुमालले माटोका भाडा बनाउनै पर्नै, डुमहरुले शौचालय सफा गर्ने देखि बाँसको चोया कात्न पर्ने आदि ईत्यादि कामहरु निश्चित जातिले गर्न पर्दछ भन्ने मान्यताले निरन्तता पाईरहनु सहि सोच पाल्नु होइन । निम्न स्तरको काम गर्न पर्ने बाध्यतालाई उसले मात्र गर्नुपर्छ भन्ने ठान्नु उनीहरुको विवशता बुझ्न नसक्नु मात्र हो ।
समाज भित्र गरिने मानवीय व्यवहार दलित र गैर दलितमा निक्कै फरक पाईन्छ । जस्तो कुनै दलितलाई दिईने आर्थिक वा भौतिक सहयोगमा विभेद छ । दलित र गैर दलितमा आई पर्ने समस्याको लागि दिईने सेवा वा सहयोग देखि बिभिन्न संघ,संस्था वा सरकारी निकायबाट गरिने फरक व्यवहारका थुप्रै उदाहरणहरु छन् । नेपालको जीवनस्तर मापन सर्भे र घर परिवार सर्वेक्षणको विश्लेषण हेर्ने हो भने नेपालको मुख्य गरिबी कृर्षिमा आश्रित छन् । अझ जलवायु परिवर्तन र बिभिन्न प्राकृतिक प्रकोपका कारण ४०% प्रतिशत नेपाली गरिविको रेखा मुनि धकेलिदो क्रम छ । यो निकै जोखिम पूर्ण र चुनौति हो । आर्थिक सामाजिक तथा जातिय असमानताको कारण हाम्रो समाजमा एक मानवले अर्काे मानव प्रति गर्ने व्यबहार निन्दनीय बन्नु आफैमा राम्रो पक्ष होइन । उचित शिक्षाको लागि आर्थिक नहुनु, उब्जाउको लागि जमिन, आङ ढाक्ने वस्त्रको खोजीमा जिविकोपार्जको श्रोत बनेका साहु महाजनको पल्लु समाउदै हिड्न पर्ने बाध्यतालाई बुझ्न जरुरी छ ।
आजको युग एक्काईसौ शताब्दीमा हिडिरहदाँ सागुँरो अनि रुढिवादी सोचलाई पछाडी छोड्न नसक्नु अब आउने समयको लागि पनि घातक बन्न सक्छ । यस्का लागि कुनै एक व्यात्ति वा संस्था लागेर पुग्दैन । वडा, देखि गाउँपालिका तथा स्थानीय सरकार अनि केन्द्रिय सरकारले उचित वातावरण मिलाउन सक्नु पर्दछ । दलित तथा गरिबको जीविकोपार्जनको साथै उचित शिक्षा र संस्कार परिस्कृत गर्न मानवीय छुवाछुतको सोच परित्याग गर्न जरुरी छ ।