‘स्वच्छ मधेश, समृद्ध प्रदेश’ भन्ने नाराका साथ प्रदेश नं. २ मा मुख्यमन्त्री स्वच्छता अभियान सोमबार वीरगंजबाट सुरु भएको छ ।
प्रदेश नं. २ कोे एक मात्र महानगर वीरगंजको घण्टाघरबाट मुख्यमन्त्री लालबाबु राउतले सरससफाई जागरण अभियानको सुरुवात गरेका हुन् ।
घरबाट निस्किने विभिन्न फोहोर, प्लस्टिकजन्य पद्धार्थलाई व्यवस्थित गरी प्रदेशलाई हराभरा बनाउन सबैको दायित्व सम्झेर आ–आफ्नो गाऊँठाऊँबाट स्थानीय सरकारले सरसफाईलाई मुख्य चुनौतिको रुपमा लिएर अगाडी बढ्नु पर्ने आग्रह गरेका थिए ।
स्वच्छ र सफा वातावरण प्रदेश २ को मुख्य उदेश्य रहेकाले सार्वजनिक स्थान, बाटो, नहर लगायतमा वृक्षारोपन गर्नुपर्ने निर्देशन दिएका थिए ।
कार्यक्रममा वीरगंज पब्लीक कलेज, जिएचपी स्कुल, त्रिजुद्ध माध्यमिक विद्यालय लगायतको विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य प्रहलाद गिरी, भिमा यादव, जन्नत अंसारी, सिंघासन कलवार, सचिव हरि फुयाल, पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहान, पर्सा अध्यक्ष श्याम बन्जारा, नेपाल रेडक्र सोसाईटी प्रदेश नं. २ का संयोजक फुुलमहम्द मियाँ, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, प्रहरी उपरिक्षक रेवती ढकाल लगायतको उपस्थित रहेको थियो ।