पौष १ गते देखि माघ १ गतेसम्म एक महिना लामो समय खरमास रहन्छ । धनु राशीमा सुर्य प्रवेश गर्दा खरमास लाग्छ । माघ १ गते सुर्य मकर राशीमा प्रवेश गर्दछ । जसलाई मकर सक्रान्ति, तिला सक्रान्ति वा तराईमा खिचडी भन्दछन् त्यसै दिन खरमासको समाप्ती भै पुर्ण मास सुरुहुन्छ । खरमास महिनामा बिवाह, व्रतवन्ध, द्विरागमन तथा नूतन गृह प्रवेश जस्ता शुभ कार्यहरु बर्जित रहन्छन्, यहासम्म कि त्यस्ता शुभ कार्यहरु बारे सोध खोज वा चर्चा सम्म गर्न निषेधित हुन्छ । खरसमा बिवाह लायकको दुलहा दुल्हीको चयन प्रकृया, केटा वा केटी हेर्ने, वर रक्षा तथा बिवाहको तिर्थी किटान गर्ने कुरासम्ममा बन्देज हुन्छ ।
यस्ता कुराहरुको थाल्नि ‘देवठन’ (गोबर्धनपुर्जाको दिन) देखि खरमास लाग्न’ भन्दा एक दिन पहिलेसम्म वा मकर सक्रान्तिको दिन देखि चैत्र महिनामा लाग्ने खरमासको एक दिन पहिले सम्म मात्र हुन्छ । स्मरणिय कुरा के छ भने खरमास वर्षमा दुई पल्ट लागछ । एउटा पुषमा अर्को चैत्र महिनामा लागदछ् । चैत्र महिनामा सुर्य मिन राशीमा प्रवेश गरे पछि पनि खरमास हुन्छ जसलाई ‘मीनार्क’ खरमास भन्दछन् । संस्कारिक धार्मिक कृतिहरु पुषमा पुर्णरुपेण वजित रहेको भएपनि चैत्रको खरमास व्रतवन्ध तथा नुतन गृह प्रवेशको लागि प्रशस्त रहन्छ । दुबै खरमासहरुमा संस्कारीक धार्मिक कृत्यहरु मथि बन्देज रहेपनि भगवानको अखण्ड अष्टयाम तथा शिवजीको लक्खरा“व प्रशस्त रुपमा हुने गरेको पाईन्छ । खरमास महिना भरि कुनै व्रत उपवास नपर्ने भएको हुनाले व्रतालुहरुले त्यसता व्रतउपवासहरु गरि रहनु पदैन ।
पौष खरमासको महिना भरी रातको तूुल्लनामा दिन दुई घण्टा सम्म सानो तथा रात दुई घण्टा सम्म लामो हुने भएकोले तराई प्रदेकमा प्रायः सुर्य भगवान देखिदैन्न । आक्कल झुक्कल देखिई हाले पनि पुर्ण निश्तेज तथा कान्तिहिन रुपमा देखा पर्दछन् । प्रायःमौसम बाक्लो कुहिरो मय तथा चिसो सिरेटो बग्ने खालको भएको हुनाले तराईमा भर्यकर शीतलहर चल्ने गर्दछ जस्को कारणले बुढा पुरानियाहरु तथा चौपायाहरु असमयमा नै काल कलवीत हुन पुग्दछन् । सिरिरिरी चल्ने पछुवा हावाका कारणले दम,बाथ,तथा हाड्का अन्य रोगीहरुको लागि त यो महिना काल जस्तै बिकराल रुप धारण गरेर आउछ । सानासाना नानिहरु तथा चौपाया पशुका नवजात शिशुहरुको स्वास्थ्य प्रति जागरुक सजग तथा सर्तक रहनु आवश्यक हुन्छ ।
स्वेटर,गलबन्दि,कन्टोप,उनी चादर तथा बच्चाहरुको गा“ती,टोपी जस्ता न्यानो लुगाहरुले पनि जाडो छल्न गा¥हो पर्दछ । जाडो छल्नका लागि गा“उ घरमा ठाउ“ ठाउ“मा घुर वा धुनी बालिएको हुन्छ जस्को वरिपरि मान्छेहरु गोलाकार रुपमा बसेर आगो ताप्दै नानाथरिका गफ चुट्दछन्,कथा हाल्दछन् तथा विभिन्न सान्सारिक क्रियाकलाप बारे छलफल गर्दछन् । चिसो पानी छोई नसक्नु भएको हुनाले यस्ता दिनहरुमा नुहाउने साहस बिरलैले जुटाउन सक्दछन् । रात्रि समयमा हातखुटा धुन नपरोस भनाका खातिर घरमा सुखा खाना खान नै मनपराउछन् । सुखा खाना भन्नाले आनन्दी धानको चामललाई घोनसारको माटोको कराईमा बालुवामा भुटेर लावा बनाईन्छ जस्लाई भोजपुरी भाषामा ‘भुजा ’ भन्दछन् ।
भुजा,मिठा (चाकु) तथा भा“टिन (काढादार झारमा फल्ने गोलो आकारको भन्टा) को चोखा (भा“टिनलाई आगोमा पोलेर पकाई त्यसमा नुन,लसुन,करुतेल तथा हरियो खुसार्नि को टुक्रा हालेर हातले मुछि चोखा तयार हुन्छ ) आदर्श सुखा खानाको रुपमा प्रचलित रहेको पाईन्छ । कोहि कोहिले सक्खरखण्ड वा आलुलाई आगोमा पोली पकाएर बोक्रा ताछी गोरस (दुध वा दहि) को साथ खान मनपराउछन् । मु¥ही तथा पकौडा पनि सुखा खानाको रुपमा प्रचलित छ ।
खरमासको महिनामा बोआरी तथा टेड्डग्रा जस्ता कत्लाहिन तथा मोटो छाला भएका माछालाई पकाई झोल हालेर राखिदिदा अर्को दिन बिहानको खाना खाने बेलासम्ममा झोल जमेर ढिका परिसकेको हुन्छ जस्लाई खादा दिव्य स्वाद प्राप्त हुन्छ । पटेया,माड्डुर,सौरी तथा गरई माछाहरुमा पनि झोल लगाएर राति राखिदिदा जमेर ढिका पर्दछ तथा खादा अतुलनीय स्वाद प्रदान गर्दछ । खरमास महिनामा गाउ घर तिर प्राय मासु खान रुचाईदैन किनकि जाडोयाममा मासु स्वादिलो हुदैन भने मान्यता रहेको छ ।
रेवा,चेल्हवा,धवही जस्ता अत्यन्त स्वादिष्ट माछाहरुको त कुरै छाडा,ै डेडिया पोठीया जस्ता निम्न स्तरका माछाहरु समेतले स्वादमा मासुलाई उछिन्ने गर्दछन् । जाडोयाममा माछा पकाउने गृहिणीलाई भोजपुरी भाषामा गिहथिन (सिपालु) तथा दहि जमाउने गृहिणीलाई भसाका (फोहोरी) भन्ने गरिन्छ । वातावरणको तापक्रम कम हुने भएकोले जाडोमा कस्तै गरेपनि दहि राम्ररी जम्दै जम्दैन तर दुध भने उमाल्दा अलिकतिपनि असावधानि भएमा गर्मियाम झंै फाटेर बिग्रने डर भने पक्कै हुदैन ।
यस खरमासको महिनामा कृषकहरुको खेतमा जौ,गहु,मुसुरो,खेसारी र केराउ जस्ता रब्बि बालि तथा आलु, प्याज, टमाटर,खुर्सानी जस्ता तरकारी बालि लागेको हुन्छ । जस्मा बाक्लो कुहिरोको असर प्रशस्तै पर्ने गर्दछ । अत्यधिक जाडोले यस्ता बालिहरुको उब्जा निकै घट्ने भएको हुनाले कृषिकहरुलाई ठुलो नोक्सानि भईरहेको हुन्छ । यस्ता बालीहरुको रक्षा प्रकृतिले नै गर्ने गरेको हुन्छ ।