परिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा वीरगंजमा सम्पन्न भएको छ । संस्थाका संस्थापक अध्यक्ष शालिकराम प्रसाद कानुको सभापतित्वमा भएको कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिहंले उदघाटन गरेका थिए ।
कार्यक्रमको उदघाटन गर्दै मेयर सिंहले अरु सहकारीको त्रुटिका कारण राम्रा नीति भएका सहकारीहरु मारमा परेको बताएका थिए । उनले बचतकर्तालाई बढी व्याजदर, सुनचाँदीको सिक्का दिने प्रलोभन देखाई ठगि गर्ने सहकारीहरुलाई अंकुश लगाउन महानगर सदैब तत्पर रहेको प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा मेयर सिंहले सेवाग्राही सदस्यहरुलाई असल सेवा प्रदान गरेर विश्वास जित्न सफल भएकोमा परिवार बचतलाई धन्यवाद दिदै, समाजमा सहकारी संस्था प्रति व्याप्त भएको गलत धारणलाई सुधार गर्न नितिनियममा सहकारी रहनुपर्ने बताएका थिए ।
होटल रोयलमा आयोजित कार्यक्रममा संस्थाका प्रबन्धक मुन्ना कुमार ठाकुरले संस्थाको विवरणबारे जानकारी गराएका थिए । उनका अनुसार संस्थाको सुरुवातमा ३३ संस्थापक सदस्यहरुबाट रु ३० लाखको चुक्ता पूँजीबाट संचालित भएकोमा हाल आर्थिक वर्ष ०७८/०७९ को विवरण अनुसार ६१ लाख १० हजार ८ सय शेयर पूँजी रहेको जानकारी गराएका थिए । संस्थाले निकट भविष्यमा १ करोड पु¥याउने लक्ष्य रहेको उनको भनाई थियो । हाल संस्थामा पाँच सय ८६ पुरुष सदस्य र चार सय ४७ महिला सदस्य गरी कूल एक हजार ३३ जना सदस्य रहेको जनाएका थिए । ०७८/०७९ लेखापरिक्षण प्रतिवेदनको आधारमा तीन करोड ३४ लाख एकहजार तीनसय २२ कूल निक्षेप रहेको छ भने चार करोड ८९ हजार छ सय नौ रुपैयाँ कूल कर्जा तथा सापटी रहेको जानकारी गराएका थिए । उनका अनुसार करपछिको मुनाफा १९ लाख ५१ हजार आठ सय ६० रुपैयाँ रहेको छ भने, व्यवस्थापक पछिको मुनाफा आठ लाख ५९ हजार चारसय २८ रहेको विवरण प्रबन्धक ठाकुरले प्रस्तुत गरेका थिए।
संस्थाका कोषाध्यक्ष सञ्जय कुमार श्रेष्ठले सहजिकरण गरेको कार्यक्रममा परिवार बचतका २० जना असल उत्कृष्ट बचतकर्ता र संस्थाका उत्कृष्ट कर्मचारी पुरस्कारमा संस्थाका प्रबन्धक मुन्ना कुमार ठाकुरलाई नगद तथा मायाको चिनो सहित सम्मानित गरिएको थियो ।
कार्यक्रममा नेफ्स्कुनका केन्द्रिय सदस्य हरेराम पटेल, जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष राजेश पंडित, महासचिव जिष्णु बराल, नेफ्स्कुन फिल्ड कार्यालय वीरगंजका व्यवस्थापक बिज्रेश कुमार गुप्ता, ठाकुर राम बहुमुखी क्याम्पसका भू।पु।क्याम्पस प्रमुख हरि बहादुर बैध लगायतको उपस्थिति रहेको थियो ।