रामकिशोर सिंह (पराग) वीरगंज महानगरपालिका वडा नं २० का ३३ वर्षिय युवा जनप्रतिनीधि हुन् । स्थानिय निर्वाचनमा भारी बहुमतका साथ वडाअध्यक्षमा पदमा विजय भएका हुन्। वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययन्रत सिंह किसानको छोरा भन्न रुचाउछन् । अघिल्लो स्थानिय निर्वाचनमा वडाअध्क्षय पदमा १ मतले पराजित भएका थिए। एक पटक पराजित भएका सिंह पदमा नरहे पनि आफ्नो वडाबासीको सहयोगका लागि सधै संघर्षरत भई काम गरे ।उनले समाज र विकासकालागि गरेका काम, एजेण्डाहरुलाई जनताले मनन् गरी युवा नेता सिंहलाई यसपटकको स्थानिय निर्वाचनमा जनताले आफ्नो अमूल्य मत दिएर वडाअध्यक्ष पदमा जिताएका छन् ।जनताको चाहाना,आशा र विकासका केन्द्रविन्दु रहेका रामकिशोर सिंह संग मध्य नेपाल सन्देश गरेको कुराकानी ः
१) यहाँले आफुलाई कसरी परिचय गराउनु हुन्छ ?
म विद्यार्थी जीवन देखि नै राजनीतिमा लागेको युवा नेता हो । पद बिहीन अवस्थामा पनि जनताका विकास र दुःखको सहयात्री थिए । हालको स्थानिय निर्वाचनमा जनताको माया,विश्वास,आस्था र विकासको केन्द्रविन्दु तथा जनताको साथीको रुपमा चिनाउन चाहन्छु ।
२) वडाअध्यक्ष बन्न कसरी प्रेरित हुनुभयो ?
विद्यार्थी जीवनबाट राजनीतिमा आएको हो । विद्यार्थीका समस्यालाई समाधान गर्ने क्रममा समस्याहरु संग लड्दै जादाँ राजनितिमा नै लगाव बढ्दै गयो । आफनो वडाको जुन विकास निमार्णको कुराहरु,यहाँका बेथितीहरुलाई कसरी सुधार गर्नसक्छौ भन्ने विचार मनमा रहन्थ्यो । यिनीहरुलाई सुधार गर्न पहल गर्ने क्रममा बिस्तारै अग्रसर भइरहदाँ समृद्ध वडा र समुन्नत समाज निर्माणकालागि युवा जनप्रतिनिधीको अभाव महशुस भएर नै वडाअध्यक्ष बन्न प्रेरित भएको होे ।
३) हालको निर्वाचन अभियानमा घरदैलो गर्न जादाँ केही घट्ना घटेका छन्,केही त्यस्ता रमाइलो पल बताउनुसन् ?
हामीले निवार्चनमा धेरै सम्झने खालका घटनाहरुपनि घटेको छ ।घरदौलोको क्रममा मतदाताहरु संग कुराकानी गर्न जादाँ र घरदैलो गर्न जाँदा कोहीसंग पनि भेटन् नचाहने देखियो । किनभने समुदायमा आफ्नो जातिका, घरवरपरका समुदायका ठूला भनाउँदा परिवारका सदस्यहरुले हेप्ने र दबाउने खालको विकृतिहरु भएर जनताहरु जोगिन कसैसंग पनि नभेटेको रहस्य खुल्यो छन । बाटो छ तर त्यसमा ढलान गरिदिनुपर्छ । खानेपानी, विद्यालय र स्वास्थ्यचौकीको समस्यालाई विशेष प्राथमिक्ता दिएर सुधार गर्नुपर्ने उनीहरुले बताएका छन् ।
४) तपाइको वडामा कति घरधुरी छन् त ?
हाम्रो वडामा अहिले तत्कालको अवस्थामा करिब ६सय हाराहारीमा घरधुरी रहेको छ । यस वडामा जनसंख्या भन्दा पनि मतदाता नामावली अनुसार २ हजार ७ सय मतदाता रहेको तर जनसंख्या ३ हजार भन्दा बढी रहेको छ ।
५) स्थानिय निर्वाचनमा मतदाताहरु छुट्नुको कारण के हो ?
मतदाताहरु छुट्नुको कारण मतदाता नामावली संकलन गर्नका लागि समयमा सुचना प्रवाह नहुनु पनि हो । जनतामा राजनीतिप्रति वितृष्णा हुनु,अगाडीको जनप्रतिनिधीका व्यवहारले मतदाताहरुले आफ्नो नामावलीमा नाम नचढाउने गरेका छन् । जसले जिते पनि आफ्नो फाइदाका लागि मात्र काम गर्छन् । जसले नोट दिन्छ उसैलाई भोट दिन्छु भन्ने जनताको विचार पनि देखियोे । मतदाता नामावलीमा संकलनमा ३, देखी ४ सयको हाराहारीमा छुटेको छन् ।
६) चुनावी अभियानमा जाँदा जनताहरुले तपाइबाट के आशा राखेका छन् ?
पहिलेको जनप्रतिनिधीले नगरेका अधुरा कामहरु गरिदिओस् भन्ने आशा राखेका छन् । मैले आफ्नो एजेन्डा निर्वाचित भइसकेपछि पहिलो निर्णयमा नै समितीबाट पारित गरेका छौं । कि हाम्रो वडा भित्र रहेको सरकारी विद्यालयमा अंग्रजी माध्यमवाट पठनपाठन होस् ।स्वास्थ्य चौकीलाई सुधारगरी गर्भवती महिलाहरुको जाँच गर्ने व्यवस्था मिलोस् । जनताका समाजिक आवश्यक्ता पुराहोस् भन्ने आशा थियो ।
७) यहाँले जितिसके पछि के निर्णय गर्नु भयो ?
हामीले सबै विद्यालयका व्यवस्थापन समितीलाई बैठ्क राखेर अंग्रेजी माध्यामबाट पठनपाठन गराउने निर्णय गरेका छौं । एउटा विद्यालयमा शिश, ुबालवालिकास र १ कक्षा सम्म अग्रेजी माध्याममा कक्षा संचालन गर्ने । तलको कक्षाबाट क्रमशःवर्षौनी १–१ कक्षा बढाउदै लानुपर्छ ।एउटा विद्यालयमा कक्षा १ सम्म र अर्को विद्यालयमा कक्षा २ सम्म अंग्रेजी माध्यमवाट सुरु गर्नेे ।विद्यार्थीहरुकालागि किताबहरु खरिद गर्ने निर्णय भइसकेको छ । केही दिनमा नै बालबालिकाहरुलाई किताब बितरण गरी कक्षा संचालन गर्नेछौं । निवार्चित भएर आएका जनप्रतिनिधीहरुको नेतृत्वमा स्वास्थ्य समितिको बोर्ड गठन गरी स्वास्थ्य चौकीका समस्याहरु समाधान गर्ने निर्णय गरेका छौं ।
८) वडाका कार्यालयहरुमा के–कस्ता समस्याहरु देख्नुभएको छ ?
त्यहाँको कर्मचारीको लापरवाहीले गर्दा फोहोर हुने र संगसगै रात्रीकालीन सेवा गर्नका लागी वनाइएको कोठालाई गाउँमा गएको कर्मचारीले दुरुपयोग गर्ने गरेको पाइएको छ । त्यसलाई रोक्नको लागि हामीले ३ दिन भित्र कोठा खाली गर्ने निर्णय गरेका छौं । एम्वुलेन्स संचालन गर्नका लागी सम्बन्धति निकाय संग मांग गर्ने । साथसाथै बर्थिङ्ग सेन्टर संचालन गर्नको लागी तुरुन्तै त्यसको सामाग्रीहरुको लागि प्रपोजल बनाएर नगर सभामा पेश गर्नुपर्ने छ । नगरबाट बजेट निर्धारण भएपछि मात्र काम सुरु गरिने छ ।
९) अघिल्लो र हालको निर्वाचनलाई तुलना गर्दा के फरक छ ?
०७४ सालको निर्वाचनमा १ मतले पराजित भएको थिए । संविधान बनेपछिको पहिलो निर्वाचन थियोे । पहिलो निर्वाचन हुदाँ उमेदवार पनि बढी हुने र रमाइलो गरेर नै बित्यो । खास त्यतिखेर खासै समस्या भएन । तर अहिलेको निवार्चनमा उम्मेदवार पनि कम हुने र यस संगसगै केही घट्ना पनि घट्यो । हामीले घरदैलो गरिरहदाँ एक टोल देखि अर्को टोल जादाँ त्यहाँका मान्छेहरुले आफ्नो मर्यादा र व्यवहारलाई पछाडी छोडेर त्यो भन्दा माथि उठेर गलत क्रियाकलापलाई रोक्ने र प्रचारप्रसार गर्न नदिने । त्यस्ता खालका घट्ना पनि भएको छ । अहिले वडाले जनप्रतिनिधी पाइसकेको अवस्थामा ती सबै चुनावी माहोललाई बिर्सेर विकासका काममा अगाडी बढ्नुपर्छ ।