वीरगंज उद्योग वाणिज्य संघको ४३ औँ नयाँ नेतृत्वले सोमबारबाट पुर्णता पाएको छ । संघको ४३ औं सधारणसभाबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको समपन्न सपथग्रहणबाट ४३ औँ नयाँ नेतृत्वले पुर्णता पाएको हो ।
वीरगंजको भिष्वा होटलमा समपन्न उद्योग बाािण्ज्य संघको सपथ ग्रहणमा अध्यक्षको रुपमा नवनिर्वाचित अध्यक्ष गोपाल केडिया र अन्य पादाधिकारीलाई निर्वाचन समितिले सपथ ग्रहण गराएको छ ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा सम्पन्न सपथग्रहण समारोहमा अध्यक्ष केडियासंगै बरिष्ठ उपाध्यक्षमा सुबोध गुप्ता, उपाध्यक्षमा अनिल पटवारी, महासचिवमा माधव राजपाल, उद्योग सचिवमा अरबिन्द अमात्य, बाािण्ज्य सचिवमा प्रेमचन्द्र गोयल, कोषाध्यक्षमा रबिन्द्रकुमार बर्णवाल र सहकोषाध्यक्ष गोबिन्दप्रसाद साह रहेका छन् । नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथी राउतले शुभकामना ब्यक्त गरेका थिए ।
अध्यक्षको रुपमा पहिलो मन्तब्य राख्दै केडियाले औधोगिक सुरक्षा तथा समवद्र्धनका लागी उधोग वाणिज्य संघ सदैव तत्पर रहने प्रतिवद्धता जनाउदै संघको नेतृत्वले गरेको विभिन्न कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
संघको निवर्तमान अध्यक्ष ओमप्रकाश शर्माको अध्यक्षतामा सुरु भएको सपथग्रहण कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष किशोरकुमार प्रधान, राजनिितक दलका नेताहरु, संघका पर्व अध्यक्षहरु लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा बिभिन दलका नेताहरु, सरकारी अधिकारीहरु र समाजिक अगवाहरु र संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।