वार्षिक कार्यतालिका अन्तर्गत ज्ञान्दा एकेडमीले एक दिवसीय खेलकुद प्रतियोगिता गरेको छ । शुक्रवार विद्यालयको आफ्नै खेल मैदानमा ज्ञानदाले सातौँ वार्षिक खेलकूद प्रतियोगिता गरेको हो ।
सो प्रतियोगितामा प्रतिनिधि सभा सदस्य ( सांसद ) विना जयसवाल प्रमुख अतितिका रुपमा सहभागी थिइन् । कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य जयसवालले गर्दै खेलकुदले स्वस्थ्य शरीर र स्वस्थ मष्तिष्कको विकासमा जोड दिने बताइन् । पानसमा दिप प्रज्ज्वलित गर्दै शान्तिको प्रतिक परेवाको जोडी र बैलून उडाएर सुरु भएको प्रतियोगिताको सभापतित्व ज्ञानदा एकेडमीका सभापति सन्दिप तुल्स्यानले गरेका थिए । प्रतियोगितामा माध्यमिक तह सम्मका छात्र–छात्राहरुका लागि कबडी, बास्केटबल, टेनिस, रिल दौड, लङजम्प, त्रिपलजम्प, हाईजम्प प्रतियोगिता गराइएको थियो भने प्राथमिक तहसम्मका छात्र–छात्राहरुका लागि हर्डल रेस, सटल रेस, एजिलिटी रेस, स्क्वायस रेस, लेगोरी रेस गराइएको थियो ।

खेलकूदले हरेक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने र स्वस्थ मस्तिष्क र स्वस्थ शरीरले कुनै पनि कार्यलाई सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने तथा हाम्रो दैनिक जीवनमा खेलकूदले जीवनमा आइपर्ने चुनौतीहरुलाई सामना गर्न आत्मबल प्रदान गर्ने पर्साका प्रहरी नायव उपरिक्षक दिपक गिरीले पनि बताएका थिए । प्रतियोगितामा विजयी हुने छात्र छात्राहरुलाई पुरस्कार र पदक प्रदा नगरिएको थियो । प्रतियोगिता सुरु हुनु पर्व स्थानीय संस्कृतिमा आधारित झाँकी र मार्चपास पनि भएको थियो ।

ज्ञान्दा एकेडेमीका शिक्षकद्धय स्वर्णिम क्षेत्री र आकृति थापाले सहजीकरण गरेको सो प्रतियोगितामा पर्साका प्रहरी नायब उपरीक्षक ( डिएसपी ) गिरी, नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य तथा राजधानी दैनिकका मधेश व्यूरो प्रमुख तुलसी भण्डारी, कारोवार दैनिकका निरज पिठाकोटे, यात्रा डेलीका सूर्य बिक, भूूतपूर्व इन्टरनेशनल खेलाडी जयप्रकाश सर्राफ, एथलेटिक एसोसिएसनका अध्यक्ष विरेन्द्र पटेल, क्रिकेट एसोसियनका अध्यक्ष दाउद अंसारी सहित विद्यालयका सिइओ राजेन्द्र कोईराला, शिक्षक, शिक्षिका र विद्यार्थीहरुका अभिभावकहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।