मध्य तराईमा हरेक बर्ष जाडो मौसममा शीतलहर आउने हुँदा बर्षात्को विपद् जस्तै हिउँदमा पनि चीसोको विपद् आउने गरेको छ । यसको लागि राज्यले हरेक बर्ष पूर्व तयारीहरु गरिरहेको हुन्छ । जिल्ला प्रशासनको अगुवाइमा विगतमा यसको पूर्व तयारी गरिने गरेको थियो । तर पछिल्लो समयमा स्थानीयस्तरमा पालिकाहरु आफै सरकार प्रमुख हुने भएकोले उनीहरुले के गर्ने र जिल्ला प्रशासनले के गर्ने भन्ने आम नागरिकमा अन्यौलता पनि छ । यो कुरालाई संयोजन गर्दै पर्सामा यो बर्ष चीसोको विपद् व्यवस्थापन कसरी गर्ने तयारी भइरहेको छ ? भनी जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनासँग गरिएको बिशेष कुराकानी :
१.जिल्ला विपद् व्यवस्थापन समितिले हिउँदमा हुने विपद् न्यूनिकरणका लागि के गरिरहेको छ ?
विपत व्यवस्थापन गर्न ठाउँ ठाउँमा आगो बाल्ने व्यवस्था गर्ने, शितलहरबाट प्रभावित बालबालिकाहरुलाई उपचारको उचित प्रवन्ध गर्ने भनेर निर्णय गरेका थियांै । कति कार्यन्वयन भयो भनेर ८ गते फेरि जिल्ला प्रशासन कार्यलयमा विपत व्यवस्थापनमा समितिको बैठक बसेको छ । चौथो लहरको कोरोना पनि देखा पर्दैछ । यसैको सन्दर्भमा र खोप सम्बन्धी पनि जिल्ला कोरोना समितिको बैठक बसेर निर्णय गरेका छांै । अहिलेको जल्दोबल्दो समस्या शितलहर हो । शितलहरको लागि महानगरलाई ८ चट्टा, नगरपालिकालाई ४ चट्टा र गाउँपालिकालाई २ चट्टा दाउरा तत्काल व्यवस्था गर्ने जिल्ला वन कार्यलयले उपलब्ध भएसम्म पर्साबाट नै उपलब्ध गराउने र नपुगेको छिमेकी जिल्ला रौतहटबाट उपलब्ध गराउने व्यवस्था गरेको छ । १० वटा गाउँपालिकाहरुले वन कार्यालयबाट दाउरा लगेर बाल्न सुरु गरेका छन । त्यसैगरी धेरै गाउँपालिकाहरुले शितलहरबाट बच्नका लागि गरिब, विपन्न र अति सिमान्कृत समुदायहरुलाई ओढ्ने कम्मलको व्यवस्था गर्ने निर्णय भएको छ । महानगरले पनि तुरुन्त निर्णय गरेर न्यानो कपडा र कम्बलहरु खरिद गर्ने वडाबाट माग गर्ने र वडाध्यक्षबाट नै वितरण गर्ने निणर्य गरेको छ जनाएको छ । चोक चोकमा बस्ती बस्तीमा आगो बाल्ने तयारी थालेको पनि छ । शितलहरको समयमा बालबालिकाहरुलाई निमोनिया, रुघाखोकीको प्रकोप देखिने भएकोले नारायणी हस्पिटललाई रुघाखोकी, ज्वरो, निमोनिया भएर आएका बालबालिकालाई प्राथमिकतामा राखेर उपचार गर्ने भनेर निर्णय गरेका छौ । सबै पालिकाले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन निर्देशन दिइको छ ।
२. विपत व्यवस्थापन गर्नका लागि भौगोलिक अवस्था अनुसार दीर्घकालीन योजनाहरु छन् ?
विपत व्यवस्थापन गर्र्नका लागि गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा विपद् उद्धार समिति र गृह मन्त्रालय अन्र्तगत विपद प्राधिकरण छ । प्रदेश अन्र्तगत मुख्यमन्त्रीको विपद् हेर्ने समिति छ । प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला विपत व्यवस्थापन समिति छ । प्रत्येक पालिकामा पालिका प्रमुखको अध्यक्षतामा विपद् व्यवस्थापन समिति छ । स्थानीयदेखि केन्द्रीय तहमा विपद् व्यवस्थापन समिति छन् । जिल्ला विपद व्यवस्थापन समितिले प्रतिकारी योजना बनाएको छ । प्रत्येक वर्ष विपत आउनु अगाडी सम्भावित विपदको जोखिमबाट कसरी बच्ने, विपतबाट हुने क्षतिको न्युनिकरण गर्ने, रणनीति सहितको विपद प्रतिकारी योजना बनाएको छ । पर्सा जिल्लामा विपद् आउनु अगाडी नै विपत प्रतिकारी योजना बनाएको छ । शितलहर, बाढी, चट्याङ्, सर्पदंश, भुकम्प, कोरोना जस्ता प्रकोप सबै विपद्का संकेत हुन् । यस्ता विपद्बाट बच्नका लागि, विपद् क्षति कम गर्नका लागि उनीहरुलाई तत्काल उद्धार, राहत, पुनस्थापनाका गर्न सक्ने गरी विपद् प्रतिकारी योजना बनाइएका छन् । पर्सा जिल्लामा शितलहर पुषको दोस्रो हप्तामा मात्र सुरु भएको छ । तर हामीले मंसिरको दोस्रो हप्तामा नै विपत प्रतिकारी योजनाको तयार गरी जिल्ला व्यवस्थापन समितिबाट अनुमोदन गराई कार्यान्वयनको लागि सबै पालिकामा पठाएका छांै ।
३. विपद् व्यवस्थापन समितिको राहत विपन्न, गरिब र सिमान्तकृत समुदायका मानिसले नपाएको गुनासो गर्छन् नि ?
अघिल्लो हप्ता मात्र महानगरस्तरीय विपत व्यवस्थापन समितिहरुको बैठक बसेर वडाध्यक्षको रोहवरमा प्रत्येक वडाको विपत जोखिममा परेका समूहको तथ्याङ्क संकलन गरी महानगरमा पठाउने । वडाको तथ्याङ्क बमोजिम महानगरले सामाग्रीहरु खरिद गर्ने निर्णय गरेको छ । महानगरले जोखिम न्युनिकरण गर्न जोखिममा परेका सिमान्तकृत गरिब, दलित विपन्न वर्गसम्म पुयाउने निर्णय गरेको छ ।
४. पर्सा जिल्लामा विपमत व्यवस्थापन गर्नका लागि बजेट प्रयाप्त छ कि छैन ?
कानुन बमोजिम प्रत्येक पालिकालाई विपत व्यवस्थापन सम्बन्धमा छुट्टै बजेट व्यवस्थापन गर्नुपर्ने हुन्छ । जिल्ला प्रशासन कार्यालयृ पनि तत्कालीन राहतको लागि भनेर केहि बजेट प्रप्त गरेको हुन्छ । कतै तुरुन्त आगलागी भयो भने तत्काल राहत स्वरुप हामीले पनि केहि रकम उपलब्ध गराउछौं । हामीलाई गृह मन्त्रालय मार्फत नियमित बजेट निकासा हुन्छ । प्रत्येक पालिकाले बजेट बनाउँदा नै कानुन बमोजिम विपत व्यवस्थापनको बजेट राख्नु पर्ने हुन्छ । रकमको अभावले गर्दा विपत उद्धारको लागि सामाग्रीहरु वितरण गर्न अप्ठ्यारो परेको जस्तो लाग्दैन । वीरगंज उद्योग वाणिज्य संघले, एन जि ओ हरुले पनि कहाँ कहाँ सहयोग गर्नुपर्ने हो ? पालिकाहरुले माग गरे बमोजिम विपत जोखिम न्यूनिकरण गर्न साथ दिने भन्ने कुरा छ । समग्रमा भन्ने हो भने पालिकाले आफ्नोस्तरमा गर्छन् । तत्काल बाढी, भुकम्प, आगलागी, सर्पदंश, शीतलहरी जस्ता विपद्बाट क्षति नहोस् भनी आवश्यक पूर्व तयारी सबै गरिएको छ ।
५.पर्सा जिल्लामा महानगर भित्रका विपन्न र सिमान्कृत समुदायका मानिसले राहतका सामाग्री पुगे नपुगेको मापन कसरी गर्नु हुन्छ ?
भर्खरै मात्र तथ्याङ्क विभागले प्रत्येक घरधुरीको जनगणना तथ्याङ्क लिएको छ । तथ्याङ्क विभागसंग समन्वय गरी तथ्याङ्क लिएर महानगरपालिकाले आफ्नो महानगर क्षेत्र भित्र कहाँ कस्तो बस्ती छ । सोही अनुसार कार्य सम्पादन गर्छ । त्यसै गरी अन्य पालिकाहरुले पनि आफ्नो क्षेत्रभित्रका विपन्न र प्रभावितहरुको पहिचान गरी कार्यसम्पादन गर्ने छन् ।
६. विपद् व्यवस्थापन गर्न कस्तो रणनीति अपनाएमा सबैलाई समेट्न सकिन्छ भन्ने आँकलन गर्नु भएको छ ?
अहिले राजनीतिक अधिकारका रुपमा गाउँ गाउँमा सिंहदरवार भन्ने नीति आएको छ । ग्रामिणस्तरको आवाज जिल्ला र केन्द्रसम्म पुग्न सकेन भनेर घर–घरमा सिंहदरवार आएको अनुभूति नागरिकले गर्न पाउँदैनन् । विशेष गरेर यो सबैको जिम्मेवारी स्थानीय तहका सरकारको पनि जिम्मेवारी हो । स्थानीय तहको तल्लो सरकार भनेको वडा कार्यालय हो । वडाले आफ्नो वडा भित्रका सुक्ष्म काम गर्नु पर्छ । केन्द्रिय तथ्याङ्क विभागले तथ्याङ्क संशोधन गरिरहेको छ । त्यो तथ्याङ्कलाई महानगरले ल्याएर कुन वडामा कुन समुदायको बस्ती छ ? कति घरधुरी छन्, कति पढेका छन्, उनीहरुको जीवनस्तर कस्तो छ ? आयस्तरको अवस्था कस्तो छ ? झल्कने गरी तथ्याङ्क संकलन गरेको छ । त्यो तथ्याङ्क ल्याएर महानगरले प्रत्येक वडालाई आम जनताको अवस्था अनुसार वडाबाट योजना बनाएर ल्याउनुपर्ने हुन्छ । प्रत्यक्ष लाभग्राहीको संलग्नतामा उनीहरुको आवश्यक्ता अनुसार योजना बनाएर काम गर्नुपर्छ । नेपाल सरकारले नै फुसको छानाहरु हटाएर जस्ताका छाना लगाउने नीति ल्याएको छ । यस्ता मसिना योजनाहरु तल्लो निकायबाट केलाएर हेर्दै काम गर्न पर्छ । यसो भयो भने सबै समस्या विस्तारै किनारा लाग्दै जान्छन् ।
७. पर्सा जिल्लामा शितलहरबाट प्रभावितका लागि कस्तो सेवा दिने तयारी छ ?
शितलहर प्रभावितलाई बचाउन वडा अध्यक्षको संयोजकत्वमा चोक चोकमा आगो बाल्ने व्यवस्था गरिएको छ । अति विपन्न, सिमान्तकृत समुदायलाई लक्षित गरेर न्यानो कपडा (कमल) वितरण गर्ने, कपडा बैंकको अवधारणा अनुरुप अर्को वर्षदेखि निरन्तरता दिने, विपन्नस्तका बालबालिकाहरुलाई शितलहरका कारण निमोनिया, रुघाखोकी, ज्वरो आउने भएकोले विशेष गरेर सदरमुकाममा नारायणी अस्पताल, यहाँका सबै अस्पतालहरु र पालिकाका सबै अस्पतालहरुबाट प्रभावकारी उपचार सेवा प्रदान गर्ने निर्णय गरेको छ । नेपाल सरकारले निःशुल्क दिने औषधीहरु निःशुल्क उपलब्ध गराउनु पर्ने गरी प्रायः सबै कार्यहरुलाई चुस्त गर्ने तयारी छ ।