भर्खरै अँग्रेजी नयाँ वर्ष मनाइएको छ । यो बर्ष मनाउन छिमेकी मुलुक भारतबाट ठूलो संख्यामा भारतीय पर्यटकहरू नेपालमा पनि घुम्न र रमाइलो गर्न आउने गरेका छन् । नेपालका विभिन्न रमणीयस्थलमा भारतबाट कतिपय मानिस परिवार सहित आउने गरेका छन् । आफ्ना, आफन्त र साथीभाइ मिलेर नेपाल आउने पर्यटकको कारण नेपालको पर्यटन व्यवसाय पनि राम्रैसँग चल्ने गरेको छ । नेपालको समृद्धिको विभिन्न आधारहरु मध्ये पर्यटन व्यवसाय पनि एक हो । यो व्यवसाय प्रवद्र्धन गर्न राज्यले पनि विभिन्न नीतिहरु अंगिकार गरेको छ । तर गएको नयाँ बर्षका समयमा नेपाल आएका विभिन्न भारतीय पर्यटकलाई भने राष्ट्रिय राजमार्ग अन्तर्गत हुलाकी राजमार्गमा निकै दुःख दिइएको खुलेको छ । वीरगन्जबाट पर्सा जिल्लाको ठोरी तर्फ जाने क्रममा राजमार्गमा जथाभावी ढाट राखी हुने असुलीले पर्यटकलाई हित गरेको छैन । प्रकृयागत रुपमा लाग्ने दस्तुर भंसार नाकामा नै एक ठाउँमा लिएर बीच बाटोहरुमा झन्झट दिन नहुने नेपाली पर्यटन व्यवसायीहरुको पनि तर्क छ । तथापि यस्तो भने हुन नसकेको हो ।
मधेश प्रदेस सरकारले आर्थिक वर्ष २०७९÷०८० मा मधेश प्रदेशको पर्यटनको गन्तव्य घोषणा गरेको छ । अंग्रेजी नयाँवर्ष २०२३ मनाउन ठोरी जाने आन्तरिक तथा बाह्य पर्यटकहरूले ठोरीको विभिन्न स्थान भरिभराउ बनाए । तथापि नयाँ वर्ष मनाउन ठोरी पुग्ने पर्यटकहरू बिहानैदेखि साँझसम्म पुगेको स्थानीयले बताए । नेपालको बारा, पर्सा, रौतहट लगायतको स्थानबाट आन्तरिक पर्यटक पिकनिक मनाउन, घुम्न त्यहाँ पुगेका हुन् । त्यसै गरी भारतको राजस्थान, उत्तरप्रदेश, पटना, मोतीहारी, मुजफ्फरपुर, नरकटियागंज, बेतिया लगायतका ठाउँबाट परिवारसहित नयाँ वर्ष मनाउन ठोरी आएका पनि खुलेको छ । ठोरीमा रहेको प्राकृतिक ठुटे खोला, हरियाली पहाड, ठोरीको राईधारा, गणेशमान पार्क, रानीवन, चिसापानी, कृष्ण मन्दिरको चौर, सीता गुफा, पूर्वको खोला, गोलेडाँडा लगायतका रमणीय ठाउँहरु छन् । पर्यटनका लागी गन्तव्य बन्न लागेको ठोरीमा केही केहीले भने आवश्यकता भन्दा बढि पर्यटकहरुलाई दुःख दिने गरेको पीडितहरुले बताए । पर्यटक अर्थात पाहुनाहरुलाई दुःख हुने गरी व्यवहार गर्न नहुने पर्यटन व्यवसायीहरुकै तर्क पनि छ । पर्साको ठोरीस्थित निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका केही व्यक्तिहरुले पर्यटकलाई विभिन्न शुल्कका नाममा खुल्लम खुल्ला ठग्ने गरेको पर्यटकको गुनासो छ
विश्व मै रमणीयस्थल विभिन्न हिमश्रृखला हिमालले पहिचान बनाएको नेपालमा आउने पर्यटकलाई असहज हुने व्यवहार गर्न हुँदैन । तर निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिले भने यसको पर्वाह नगरी राष्ट्रिय योजनामा रहेको हुलाकी सडकखण्ड मै ढाट लगाई शुल्क लिएको भेटिएको छ । सो समितिका अध्यक्ष बालकुमार बस्नेतले शुल्क के का लागी र किन उठाइएको भन्ने बारेमा खासै खुलेर बोल्न चाहेनन् । वनसंग सम्बन्धित रहेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिले भने चितवन नेशनल पार्क र राई धारा पिकनिक स्पोर्टको नाममा बेग्ला बेग्लै रसिद छपाई पैसा उठाएको छ ।
राष्ट्रिय परियोजनाको ठोरी प्रवेश गर्ने ठुटे खोला पुल मै चितवन नेशनल पार्क संरक्षण टिकेट (ऋयलखभलतष्यल तष्खपभत) को नाममा कसैलाई ५० रुपैयाँ त कसैलाई एक सय र दुई सय त्यस्तै राईधारा पिकनिक स्पोर्टको नाममा समेत ५० देखि सय दुई सय रुपैयाँसम्म उठाइएको छ । नेपालीलाई उक्त दररेट नेपाली रुपैया र भारतीयलाई भारतीय रुपैयाँ नै उठाइएको छ । आफूहरुलाई पनि शुल्क लिएको भारतीय पर्यटक अमित उपाध्यायले बताए । आफूहरुकोमा नदी, पहाड नभएको र ठोरी आउँदा सबै देख्न पाइने भएको हुँदा ठोरी आएको उनीहरुको भनाइ छ । तर यहाँ प्रवेश गर्न नपाउँदै विना स्टाम्प, विना रसिद नम्बर, विना अनुमति रकम उठाएको देख्दा दुःख लागेको स्थानीय राम कुशवाहाले बताए ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६२ को उपदफा २ (घ) बमोजिम सडक उपयोग (शुल्क) स्थानीय सरकार अन्तर्गतको सडकमा स्थनीय सरकारले लगाउन पाउँछ । तर कुनै पनि नियमावलीमा नपर्ने निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिले भने लखौँ असुली गरिरहदाँ प्रहरी पहरेदारको रुपमा देखिएको छ । शान्ति सुरक्षा र पिकनिक मनाउनेको व्यवस्थापनका लागी खटाइएका प्रहरीको समेत मिलोमतोमा हकाहाकी नियम विपरित शुल्क संकलन गरिरहेको नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीले पनि तर्क गरे ।
ठोरीमा रहेको ठोरी जङ्गल रिसोर्ट, द फूड स्याक रेस्टुरा, न्यु स्टार होटल ठोरी, माउन्ट भ्यु रिसोर्ट, प्रकाश होटल तथा ठोरीका ससाना होटलको कारण पर्यटकहरूलाई आकर्षित गरेको छ । झुलुङ्गेपुल, सीतागुफा, बुद्ध टिकटक स्टोन पार्क तथा विभिन्न मठ मन्दिरमा पनि घुम्न आउनेहरूको भीड सार्वजनिक विदा लगायतमा दिनमा अरु समयमा पनि हुने गरेको छ । तर प्रत्येक दिन निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिको शुल्क असुली कार्यले भने पर्यटकहरु सन्तुष्ट नभएको स्थानीयको पनि भनाइ छ ।