वीरगंज पब्लिक कलेजले आफनो वार्षिकउत्सवको अवसरमा आयोजना गरेको नृत्य तथा गायन प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आइतवार सम्पन्न गरेको छ । कलेजद्वारा आयोजित पुष १२ गतेदेखि शुरु भएको आउटडोर तथा इन्डोर खेलका विजयी खेलाडीहरुलाई पदक वितरण गरेको छ ।
क्याम्पसका अध्यक्ष संकल्प शाक्यको अध्यक्षतामा आयोजना गरिएको समारोहमा मधेश विश्वविद्यालयका उपकुलपती डा. दीपक शाक्यले आजको युग सुहाउँदो जनशक्ती उत्पादनमा कलेजले ध्यान दिएको बताए छन । उनले किताबी ज्ञान भन्दा बाहिर अतिरिक्त क्रियाकलापमा विद्यार्थीको सहभागिताले मात्र समाज चिन्ने बुभ्,mने अवसर प्राप्त हुने बताए ।
उनले वीरगंजका कलेजहरुलाई प्रतियोगितात्मक अतिरिक्त क्रियाकलाप मिलेर संचालन गर्न आवहान गरे । त्यस्तै डा. विश्मभर शर्माले ब्यवहारिक ज्ञानको माध्यमले नै बिद्यार्थीमा प्रतिस्पर्धात्मक क्षमता र भावनाको विकास हुने बताए ।
उनले बिपिसी वीरगंजको शिक्षाको बिकासमा एउटा पहिलो स्तम्भको रुपमा रहेको स्मरण गर्दै समाज र राष्ट्रको नेतृत्व गर्ने जनशक्ति उत्पादनमा योगदान दिएको भन्दै प्रशंसा गरे । कलेजले हरेक वर्ष पुष महिनाको दोस्रो हप्तादेखि आयोजना गर्ने विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमका बिजयीहरुलाई आज समापन समारोहका बिच पुरस्कृत गरिएको छ ।
क्रिकेट, फुटबल, बास्केट बल, कबड्डी, चित्रकला, वक्तृत्वकला, गायन, नृत्य लगायतका १६ वटा प्रतियोगितामा ७ सय ६० जना विद्यार्थीको प्रत्यक्ष सहभागिता रहेको थियो ।
विद्यार्थीहरुको पढाईसँगै सर्वाङ्गीन विकासका लागि टेवा पुग्ने अभिप्रायले हरेक वर्ष अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सहभागि बनाउने गरिएको कलेजका संयोजक बासुदेव कर्णले बताए ।