सन् १९६६ को १५ अगस्तमा पर्सा जिल्लाको भिस्वा सिक्टामा स्वः पिता गजानन्द मारवाडी र माता स्वः साबित्री देवीको कोखबाट चौथो सन्तानको रुपमा जन्मिएका डा. गणेश कुमार आग्रवाल हाल गे्रड एकेडेमीका डाईरेक्टर हुन् । काठमाडौंको त्रिभुवन विश्व बिद्यालयबाट स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेका अग्रवालले रिसर्च ल्याबोट्री फर एग्रिकल्चर बायो टोक्नोलोजि एण्ड बायो केमेस्ट्री भन्ने संस्थामा पाँच वर्ष सम्म कार्य गरी जापानका लागि एप्लाई गरेको उनले बताए । त्यो समयमा विश्व भरीबाटै जापानका लागि २० जना छनौट गर्दा त्यसमा आफू पनि छनौट भई शिक्षाका लागि बाहिरिएको उनले विगत सम्झँदै भने । बुबा व्यापारी भएकाले आफ्नो पारिवारीक अवस्था सवल रहेको र वाल्यावस्था पनि सुखद नै रहेको उनको भनाइ छ । नेपालमा मात्र नभएर विदेशमा पनि वैज्ञानिकको उपमा हासिल गरिसकेका डा. अग्रवालले आफ्नो सिद्धान्तमा कहिल्यै सम्झौता नगरेको तर्क गरे । सत्य र असत्यको कुरामा असत्यलाई कहिल्यै विश्वास नगर्ने डा. अग्रवालले श्रीमती र बालबच्चालाई पनि कुनै कामका लागि सिफारिस गर्नु नपरोस् भन्ने चाहेका छन् । वीरगन्जबाट वैज्ञानिक बन्न सफल तिनै डा. अग्रवालसँग मध्य नेपालले गरेको बिशेष कुराकानी :
१) मारवाडी समुदायमा हुर्केको व्यक्ति व्यापारिक क्षेत्र छोडेर वैज्ञानिक बन्ने सोच कसरी बनाउनु भयो ?
स्नातक तहसम्मको अध्ययन गरिसकेपछि आफ्नो बुबाको व्यापार बिजनेस मन नपरेकाले गर्दा उच्च अध्ययनका लागि आफ्नो बुवासँग सरसल्लाह अनुसार काठमाडौं पुगें । पढाइमा राम्रो भएकाले आफू माडवाडी समुदायबाट भए पनि आफू अलग कार्य गर्ने सोच बनाई अगाडी बढ्दा यो ठाउँसम्म पुग्न सफल भएको हुँ ।
२) वर्तमान अवस्थामा नीजि विद्यालयको शैक्षिक स्तर कस्तो पाउँनु भएको छ ?
वीरगंजको मात्र हैन पुरै विश्वकै शैक्षिक स्तर एकदमै खस्किएको छ । त्यस्मा कही न कही परिवारको भूमिका जति हुनुपर्ने हो त्यति देखिएको छैन । म सरकारी विद्यालयबाट पढेको । त्यो समयमा सरकारी विद्यालयको शैक्षिकस्तर राम्रो थियो । सरकारी विद्यालयलाई ध्वस्त पार्ने हामी नै हौं । हाम्रो निजी विद्यालयको शैक्षिक स्तर पनि जति मात्रामा हुनुपर्ने हो त्यति छैन ।
३) पहिला भन्दा अहिले शिक्षाको स्तर खस्कनुमा कारण के पाउनु भएको छ ?
कसैलाई दोष दिएर हुने हैन । यसलाई सुधार्न सबैको हातेमालो जरुरी छ । शिक्षाको बारेमा जानकार व्यक्ति सबैभन्दा ठूलो हो । मैले अध्ययनको क्रममा प्रधानाध्यापकहरुलाई पनि भने । जब माथिल्लो स्तरको शिक्षा नै राम्रो छैन भने तल्लो स्तरको शिक्षा कसरी राम्रो हुनसक्छ ? बिस्तारै बिस्तारै त्यो पनि ध्वस्त भएर जान्छ । त्यही स्थितिको अहिले हामीले सामना गर्नु परेको छ । अहिले न विद्यार्थीहरुले शिक्षकको आदर गर्छन् न त विश्वास नै । शिक्षक र अभिभावक पनि जिम्मेवार छैनन् । शिक्षक र विद्यार्थी बीच तालमेल छैन । हाम्रोे शिक्षा राम्रो छ या छैन । त्यो पनि मतलब छैन । ठूला ठूला भवन जहाँ छ । त्यही बच्चालाई पठाई दिन्छौ ।
४) शिक्षण पेशालाई नै किन रोज्नु भयो ?
सन् १९९८ मा पी एच डी सकिएपछि १० वर्ष मैले अनुसन्धान गरे । त्यो दौरानमा म युएस पनि पुगें । १० वर्षको समय अवधिमा साईन्टिफिक लाईनमा मैले जुन लेबल बनाउनु पर्ने थियो । त्यसमा पुग्न म सफल भए । १० वर्षको अवधिमा मैले एउटा साधारण व्यक्तिले आफ्नो जीवन भरी पनि ग्रहण गर्न नसक्ने कार्य मैले गरे । त्यो पनि एउटा आर्ट, कोलाब्रोसन हो । त्यो मैले धयचमि धष्मभ नै प्रमाणित गरे । मिलेर काम गरेमा प्रोग्रेस छिटो हुन्छ । एक्लैले मात्र सम्भव छैन । १ या २ वटा पेपरमै मान्छेहरुले पि एच डी पाउँछन् । तर मैले १० वर्षको अनुसन्धानमा विश्वव्यापी रुपमै २५० वटा पेपर प्रकाशित गरे । ईन्टरनेशनल जर्नलमा म केन्द्रिय सदस्य छु । त्यसै समयमा मैले ईन्टरनेशनल प्लान्टस् प्रोटोमिक्स अर्गनाईजेसन एन् आई.एन्.पि.पि.ओ नामक अन्तराष्ट्रिय संस्थाको स्थापना समेत गरें । जसमा ७० वटा देशहरु सहभागी छन् । त्यसको म अध्यक्ष थिए । यो वर्ष मैले छोडे । त्यसमा साईन्टिस ग्रुपहरुको मिटिङ्ग हुन्छ । सुचनाहरु ऋादान प्रदान हुन्थ्यो बालबालिकाहरुलाई सहयोग गर्ने पि .एच. डी.का लागि सहयोग गर्ने । मैले दुईवटा अन्तर्राष्ट्रिय बैठक पनि आयोजना गरे । पहिलो जर्मनीमा दोश्रो सलवाकिया र तेश्रो ईटालीमा त्यसपछि मैले छोडे ।
५) विद्यालय नै स्थापना गर्नुको उद्देश्य के हो ?
मेरो अध्ययन समयमा साईन्टिसहरुले लेखेका लेखहरु परीक्षण गर्थे । आफैले गरेको कामलाई उनीहरुले लेख्न सक्दैनथे । त्यहाँ टप लेबलका साईन्टिसहरुको कमजोरी थियो । त्यसपछि मैले सम्पूर्ण शिक्षा प्रणाली नै गुणस्तरहिन भएको महसुस गरे । खस्किरहेको शिक्षाको गुणस्तरलाई कसरी माथी उकास्ने भन्ने बारेमा हामी साथीहरुबीच छलफल भइरहन्थ्यो । छलफल त गथ्र्यौ तर त्यो लेबलमा रहेर कार्य गर्न कोही तयार भएनन् । हामी जस्तो उच्च ओहोदामा रहेकाले त्यो लेबलको काम गछर्न र ? भन्ने मानसिकता हामीमा हाबी भईसकेको थियो । तर म पछि नहटी त्यही कार्यलाई सुरुवात गर्ने विचारले अमेरिका छोडेर नेपाल आउँने निधो गरे । मेरो निर्णयमा धेरैले असहमति जनाए । तर म आफ्नो निर्णयमा अडिक रहेर यहाँ आएँ । मेरी आमाको पनि बच्चाको लागि केही गर्नु पर्छ भन्ने सोच थियो । उहाँकै प्रेरणाले मैले विद्यालय संचालन गर्ने सोच बनाए । तर कहाँ खोल्ने भन्नेमा म अलमल थिए । यस बारेमा धेरै संग सल्लाह गरे । सबैले काठमाण्डौ, या मुम्बई, जस्ता ठाउँमा संचालन गर्ने सरसल्लाह दिए । विद्यालय संचालन त गर्ने तर त्यसको लागत कसरी जुटाउने भन्नेमा म अन्यौल भएँ । घर परिवारसंग पैसा माग्ने मैले आँट नै गरिन र मैले त्यतिका वर्ष विदेशमा रहँदा पनि पैसा कमाउँन सकिन । पछि हाम्रो वैज्ञानिकको ग्रुपले बालबालिकाको हितको लागि सहयोग गर्ने भएपछि हामीले प्रि स्कुलबाट सुरुवात गर्ने निर्णय ग¥यौं । पहिलो पल्ट यू के जी देखि २ सम्म संचालन गर्ने भयौ । यो विद्यालय संचलन साईन्टिफिक ग्रुप, मेरी आमा, दाजु अरुण माडवारी, डा. जगदिश अग्रवाल, लगायतको ठूलो योगदान छ । आउँदो समयमा हामीले कस्तो शिक्षा दिने, कुन तरिकाले कार्य गर्ने, वालवालिकामा भएका समस्याहरुको निराकरण कसरी गर्ने ? भन्ने विषयमा छलफल गरी हामी प्रयोगमा ल्याउछौ । हामी कहाँ भएको सम्पुर्ण शिक्षा साईन्टिफक बेसमा छ । बुक बेस हैन । कुनै समस्या छ भने त्यसको एनलाईसिस गरौं । तर काम गरौ । बच्चा बेला देखिनै राम्रो शिक्षा दिन सक्यौ भने हामीले पछि स्तरीय शिक्षा दिन सक्छौ । हामीहरुले वालवालिकालाई कुनै सीमा भित्रको परिधिमा राख्न मिल्दैन ।
६) अरु विद्यालयको भन्दा फरक अवधारणा ल्याई विद्यालय संचालन गरिरहँदा कत्तिको सहज वा गाह्रो भएको छ ?
वास्तवमा भन्नु पर्दा सुरुवाती दिनहरुमा धेरै गाह्रो भयो । हामीले डेढ वर्षका वच्चाहरुलाई राख्ने प्रयास गरेको छ । सुरुमा त त्यही सानो बच्चालाई पढाउँदा उसको मानसिक अवस्था बिग्रन्छ भनेर धेरैले गाली गर्नु भयो । उहाँहरुको प्रति उत्तरमा मैले अभिमन्यूले गर्भावस्थामै पढे । गोद्भराईको रसम पनि गर्छौ । अनि मैले डेढ वर्षको बच्चालाई पढाउन खोज्दा आलोचना भएको थियो । हामीले उनीहरुलाई किताबी ज्ञान रट्न लगाउने हैन । उनीहरुका लागि एउटा वातावरण निर्माण गरिदिने हो । हामी प्राकृतिक पद्दतीबाट शिक्षण गर्ने गर्छौ । प्राकृतिक सिद्धान्त अनुरुप नै हामी शिक्षा दिन खोजिरहेका छौ ।
७) यो ६ वर्षको समयावधिमा के फरक पाउँनु भयो ?
पहिलेभन्दा अहिले मानिसहरुमा जागरुकता आएको छ । तर पनि बच्चाहरुलाई कम उमेरमै विद्यालय पठाउने संस्कारको विकास हुन भने सकेन । सानै उमेरमा विद्यालय पढाएर बेक्कारमा पैसा मात्रै किन खर्च गर्ने । उमेर छ भन्ने मानसिकता विद्यमान नै छ । तर त्यसो होइन । बालवालिकाहरुलाई सानै उमेरमा विद्यालय पठाइयो भने उनीहरुको मानसिक विकासमा ठूलो टेवा पुग्छ ।
८)प्रदेश सरकारले कस्तो रणनीति ल्याउदा शिक्षाको स्तरलाई वृद्धि गर्न सकिन्छ ?
यसमा स्थानीय तह देखि केन्द्र सम्म र शिक्षक देखि अभिभावक सम्म सबैको साथ सहयोगको आवश्यक छ । हाम्रो शिक्षा प्रणाली एकदमै पुरानो छ । हामीले यो शिक्षा प्रणालीलाई पारिमार्जित गरी उसको भविष्यमा काम लाग्ने शिक्षा दिने आज योजना लिएर अघि बढ्नु पर्छ । ता कि उसको अध्ययन पुरा भईसकेपछिको शासन व्यवस्थामा ऊ समायोजन हुन सकोस् । हामीले उसलाई प्रमाण पत्र दिएर मात्रै हुँदैन । शिक्षालाई हामीले रोजगारीसंग दाजेर मात्रै हुँदैन । त्यसलाई नलेज फर लाईफ एजुकेशन अफ लनिङ्र्गमा रहेर काम गर्नु प¥यो । यदि ऊ योग्य भएर निस्कियो भने जुन सुकै वातावरणमा पनि सजिलै समायोजन हुन सक्छ ।
९) कसरी परिवर्तन गर्ने ?
यो एकदमै सजिलो छ । उदाहरणका लागि हाम्रो माथिल्लो तहमा भएको कम्प्यूटर शिक्षालाई लिन सकिन्छ । त्यसमा धेरै नै प्रोग्रेस भईसकेको छ । त्यसलाई तल्लो तहमा ल्याउन सक्नु पर्छ । जुन शिक्षा उसले सानो कक्षामा लिनु पर्ने हो । त्यसलाई क्याम्पस लेबलमा सिकेर त हुँदैन नि ? हामीले अहिले आर्टिफिसियल ईन्टेलीजेन्टको कुरा गर्दैछौ । रोबोर्टको कुरा गर्दछौ । त्यो शिक्षा खै त ? त्यो दिनु प¥यो नि । २४ वर्षको उमेरमा उसलाई कम्प्यूटर सम्बन्धी ज्ञान दिएर उसले रोजगारी पाउँदैन नि । त्यसको लागि त स्तर सुहाउँदो विषयलाई छनौट र बे्रक डाउन गरि समावेश गराउनु पर्छ । शिक्षकहरुलाई पनि प्रशिक्षण दिनुपर्छ । प्रशिक्षण दिएर मात्रै हुँदैन । दिएको प्रशिक्षण अनुसार भएको छ कि छैन भनी उनीहरुलाई हामीले मोनिटरिङ्ग पनि गर्नु पर्छ । सरकारी विद्यालयमा राम्रो पढाई हुन्छ । कुरा के हो भने कहाँ पढाउने नीजि विद्यालयमा पठाउँदा र पैसा बढी खर्च गरे राम्रो पढाई हुन्छ, भन्ने सोच छ । तर त्यो सत्य होईन । पैसाले किताब किन्न सकिएला तर ज्ञान किन्न कदापी सकिदैन । हामीले आफ्नो बच्चालाई कहाँ पढाउने भन्ने महत्वपूर्ण हो । कहाँ राम्रो शिक्षा छ र त्यसलाई कसले संचालन गर्दै छ । संचालन गर्ने व्यक्ति योग्य छ कि छैन । हामीले त्यो कुराको मनन गर्नु पर्छ ।
१०) विभिन्न बहानामा शैक्षिक संस्थाहरुलाई नै बन्द गर्ने परिपाटिलाई तपाई के भन्नु हुन्छ ?
यो राम्रो कार्य हुँदै होइन । सबैको एउटा दायरा हुन्छ । त्यो दायरालाई नै नाघने कार्य भईरहेको छ । अहिले जुन सुकै क्षेत्रमा पनि आफ्नो निजी स्वार्थका लागि बालबालिकाहरुलाई कसरी प्रयोग गर्ने भन्ने सोच मौलाएको छ । त्यसैले पनि हाम्रो शिक्षाको स्तर घटेको हो । हामीले गु्रपमा कार्य गर्नु पर्छ । हामी शिक्षा दिन गएका हौ भने हाम्रो फोकस त्यसैमा हुनु पर्छ । तर अहिले शिक्षामा घिनलाग्दो राजनीतिको प्रवेश भएको छ । यसले हाम्रो भावी पुस्तालाई नै सखाप पार्ने कार्य गरिरहेको छ । अहिले शिक्षासंग सम्बन्धीत जति पनि संघ संस्थाको स्थापना भईरहेको छ । त्यसको कतिको राम्रो सदुपयोग भईरहेको छ । त्यो मलाई थाहा भएन । तर नकारात्मक प्रभाव भने देखिएको छ ।
११) परम्परा, धर्म, संस्कृतिलाई जगेर्ना गर्ने किसिमको शिक्षा प्रदान गर्ने पृथक स्थान बनाएको जस्तो लाग्दैन ?
हजुरबाबा हजुरआमा हाम्रो समाजको जग हुन उनीहरुको सम्मान हामीले गर्नु पर्छ । किनकी उहाँहरुको लामो अनुभव हामीले निशुल्क ग्रहण गर्न पाउँछौ । जुन विश्वको कुनै पनि विद्यालयमा शुल्क तिरेर पनि पाईदैन । त्यसमा हामीले प्रश्न उठाउन मिल्दैन । उहाँहरुको अनुभवलाई हामीले बटुल्न त सक्दैनौ । तर आत्मसात गर्दै अगाडि बढ्न सक्छौ । अहिले हाम्रो समाज संयुक्त भन्दा पनि एकल परिवारमा रमाउन थालिसकेको छ । यस्तो अवस्थामा हामीले उहाँहरुको पहिले जस्तो हेरचाह गर्न सक्दैनौ । हामी एक्लै रमाउने भईसकेका छौ । हामीले यस्तो शिक्षा दिनुको उद्देश्य नै आफू भन्दा अग्रजहरुलाई सम्मान गरुन उहाँहरुको भावनालाई आत्मसात गर्दै अघि बढ्न भन्ने हो । यहि पक्षले नै हाम्रो विद्यालय अरु विद्यालय भन्दा फरक छ ।
१२) विद्यालय अझ अगाडी बढाउन के कस्तो रणनीति बनाउनु भएको छ ?
यस विद्यालयमा २० वर्ष सम्म लगानी गर्ने योजना छ । किनकी म कुनै व्यापारी हैन । मैले आफूलाई नाफा हुने उद्देश्यले विद्यालय संचालन गरेको हैन । जति शुल्क मैले लिएको छु । त्यो भन्दा बढी नै दिएको छु । यदि कसैलाई पनि शंका छ भने मलाई प्रश्न गर्न सक्नु हुन्छ । म एक एक हिसा बताउन तयार छु । मैले लिने गरेको शुल्क उनीहरुकै खर्चका लागि हो । वीरगंजमा एउटा राम्रो शिक्षा पद्धतिको स्थापना गर्ने योजना छ । मेरो प्रदेश मेरो जिल्ला भएरै मैले वीरगंजलाई छनौट गरेको हो ।
१३) तपाईकोे विद्यालयको राम्रो पक्ष र भावी योजना के छ ?
म एकदमै खुशी छु । मैले मेरो नयाँ सन्तानहरुको लागि राम्रो शिक्षा दिएर सेवा प्रदान गरिरहेको छु । मेरो आमाको सपनालाई नै मैले उद्देश्य बनाएर अघि बढेको छु । अहिले हाम्रो समाजमा बच्चाहरुलाई सानै उमेरमा पढाईका लागि बाहिर पठाउने परिपाटी धेरै नै मौलाएको छ । जस्ले गर्दा उनीहरु आफ्ना परिवारको मायाबाट बन्चित भएका छन् । यदि हाम्रो राम्रो ईस्टिटूयूसन भयो भने उनीहरु विदेशिनबाट बच्छन्् । यहि बसेर अध्ययन गर्न पाउँछन् । जस्ले गर्दा परिवार र बच्चा बिचको दूरी कम हुन्छ । समाज र देश उन्नति तर्फ लम्कन्छन् । मेरो योजना र लक्ष्य नै यहि हो ।