कसैलाई पनि छाती दुख्नासाथ डर लाग्नु स्वाभाविकै हो । विशेषगरी मानिसहरु छाती दुख्नासाथ मुटु मै केही भयो कि भनी डराउने गर्छन । तर छाती दुख्नु एउटा साधारण समस्या मात्रै पनि हुनसक्छ साथै हृदयाघात जस्तो ठूलो समस्या पनि हुनसक्छ ।
छातीभित्र धेरै अंगहरु रहेका हुन्छन । फोक्सो र मुटु बाहेक, छातीका हडडी, मांसपेशी पनि रहेका हुन्छन । स्वासको नली, खानाको नली पनि छाती हुंदै फोक्सो र पेटतिर जान्छ । छाती र पेट लाई डायफ्राम भन्ने अंगले छुटयाउछं । साथै फोक्सोको बाहिर फोक्सोलाई ढाकेर बसेको पत्र जसलाई प्लुरा र मुटुको बाहिर ढाक्ने पत्र जसलाई पेरिकार्डियम भनिन्छ । यी मध्ये कुनै पनि अंग प्रत्यंगमा समस्या भएमा पनी छाती दुख्ने समस्या हुनसक्छ । अहिले बर्षयामको मौसम भर्खरै केही दिन अगाडी तराईका विभिन्न जिल्लामा बाढी र पहाडका जिल्लामा पहिरो गएको छ यस अवस्थामा छातीमा लाग्ने रोगको संख्या पनि बढ्दै गएको अवस्था छ, खासमा छातीमा लाग्ने रोग के हो, यसै विषयमा विगत लामो समयदेखि जेनरल फिजिसियन भई कार्य गर्दै आईरहनुभएको डा. गोपाल प्रसाद गजुरेलसंग गरेको कुराकानी :-
१) छातीमा लाग्ने रोगहरु के के हुन ?
— उमेरको हिसाबले छातीमा रोग लाग्ने गर्दछ् । बच्चामा लाग्ने रोगहरु बढी निमुनिया हुन भने, ठुलो व्यक्तिहरुमा लाग्ने रोग भनेको मेनटाईटिस र दम रोगहरु बढी लाग्ने गर्दछन् । गाऊँ घरतिर प्राय जसो दाऊरामा खाना पकाउने हुदाँ बढी व्यक्तिहरुमा खोकी, दम जस्ता रोगहरु छातीमा लाग्ने रोगहरु हुन् । अर्को कुरा छातीमा लाग्ने रोगहरु मध्ये एउटा सिजनल पनि हुने गर्दछन् जस्तै कि अहिले बर्षातको समय हो चारैतिर बाढी पहिरो आएको छ, यस्तो अवस्थामा बढी भन्दा बढी भाईरलको प्रकोप धेरै हुन्छ । अहिले एकाक्सी खोकी लाग्ने, ज्वरो आउने र ५/७ दिन सम्म ठीक नहुने जस्ता समस्याहरु बढी देखिने गर्दछन् ।
२) छातीमा लाग्ने रोग उमेर समुह अनुसार फरक हुन्छ, ? बच्चामा निमुनिया भयो भने यो रोग वृद्ध सम्म रहिरहने हो र ?
— केही गरि समयमै बच्चाको निमुनिया उपचार हुन सकेन भने ब्रोनटाईटिस हुन्छ त्यसको पनि उपचारमा ढिलाई भयो भने दम र खोकि रोग लामो समय सम्म रहिरहन्छ ।
३) बच्चालाई निमुनिया भएको छ भन्ने कसरी बुझन् सकिन्छ ?
— खोकी आउने, ज्वरो आउने, स्या—स्या हुने, छाती बढी चल्ने जस्ता बच्चामा लाग्ने निमुनियाको लक्षण हो । ज्वरोमा १०२/१०३ जति आईरहनाले गर्दापनी निमुनिया भएको बुझन सकिन्छ ।
४) छाती किन दुख्ने गर्दछन् छाती दुख्ने कारण के होला ?
छाती दुख्ने फोक्सोले मात्रै हुदैँन छाती दुख्दैमा फोक्सोको रोगले नै हो भन्ने कुरा हुदैँन् छातीको दुखाई मुटुको रोगको कारणले गर्दा पनि हुन्छ तर मुटुको रोगको कारणले दुख्ने छातीमा लक्षण फरक हुन्छ जस्तै एकाएक छाती दुख्ने, बस्दा नदुख्ने हिड्दा दुख्ने, एकदमै पसिना आउने जस्ता लक्षण देखियो भने यो मुटुले गर्दापनि दुख्ने हो भनेर बुझ्नु पर्दछ ।
५) निरन्तर रुपमा खोकि लाग्ने र छाती दुख्ने समस्या भयो भने कस्तो किसिमको रोग लाग्ने गर्दछ ?
पहिला हामीले टिभि हो की भन्ने शंका गर्छौ । त्यसका लागी हामीले खकार जचाउछौँ । यदी सधारण खकारले केही गरि छातीको एक्सरेमा दाग देखियो भने दमको, हैन भने कति जनाको जिन एक्सपोर्टबाट पनि देखिन्छ हामीले शंका लागे त्यो पनी चेकजाँच गराउछौँ यदी त्यसमा पनि छैन भने हामी त्यही प्रकारको औषधी उपचार गराउछौँ । छ भने टिभिको उपचार गराउँन सल्लाह दिन्छौँ ।
६) कुनै पनी दुर्घटना हुदाँ सुरुवातमा छाती वा अन्य भित्रि भागको चोट देखिन्न तर पछिबाट त्यही चोट बल्झिएर आउँछ यस अवस्थामा सुरुवात चरणमै कसरी सावधानी अपनाउँन सकिन्छ ?
— केही गरि दुर्घटना भयो भने पहिला फोक्सो, छाती वा अन्य भागको एक्सरे गरेर हेर्नुपर्दछ त्यसपछि मात्रै त्यही किसिमको उपचार गर्नुपर्दछ ।
७) अहिले वर्षाको मौसम हो, यस्तो अवस्थामा रोग नलाग्न दिन के के सावधानी अपनाउनु पर्दछ ?
— अहिले वर्षाले गर्दा शरिर भिजेको हुन्छ खोकि लाग्ने, छाती दुख्ने जस्ता भाईरल लाग्ने समस्या भयावह रुप लिएको हुन्छ । यस अवस्थामा हामी आफैले सावधानी अपनाउनु पर्दछ । छिक्दा वा खोक्दा रुमालले मुख छोपेर खोक्ने, यदी सम्भव छ भने रोग लागेका व्यक्तिलाई अर्कै कोठामा व्यवस्थापन गर्नुपर्दछ । हैन भने गम्भिर भएर सावधानी अपनाउनु पर्छ ।
८) चेतनाको अभाव भएको अवस्थामा सरकारले यस्ता रोगहरुको बारेमा जनचेतना जगाऊँनुपर्ने आवश्यक्ता यहाँले कतिको देख्नु भएको छ ?
— सकेसम्म सरकारले जनचेतना जगाऊँन जरुरी छ, खासगरी ग्रामिण भेगमा अझैपनी दाउँरा प्रयोग गरेर खाना पकाउने, चुरोट, विडि जस्ता उपयोग बढी गर्ने गर्दछ । त्यसको न्यूनिकरण गराउन जरुरी छ । अझै आफ्नो घर—घरमा सरसफाई राख्नुपर्ने जस्ता बानीको विकास गराउँन जरुरी देख्दछु । यसतर्फ सबै जनमानसमा जनचेतना जगाउन जरुरी छ ।
९) छातीमा लाग्ने टिभि रोगको निदान कसरी गर्न सकिन्छ ? यसको लक्षण र उपचार पद्धति कस्तो छ ?
— खोकि लाग्यो भन्दैमा टिभि रोग नै लागेको छ भन्ने हुँदैन् । यसको लक्षण लामो समय सम्म खोकि लाग्ने, ज्वरो आउने, दुब्लो हुने जस्ता लक्ष्ण देखियो भने टिभी रोग लाग्न सक्ने सम्भावित लक्ष्णहरु हुन् । नेपालमा सरकारले टिभी रोगका लागी निःशुल्क औषधी उपचार गराउने गर्दछ । टिभी रोगीका लागी नेपालमा आर्थिक अवस्था कमजोर भएकालाई फरक पार्दैन् ।
१०) छातीको बचाउँनका लागी के गर्नुपर्दछ ?
— धुलो धुवाबाट आफुलाई बचाउनु पर्दछ । सकेसम्म कोलड्रीङ्गस्को प्रयोग कम गर्ने बानी बसाल्नु पर्दछ । । चुरोट, विडि, सिगरेट, सुर्तिजन्य पर्दाथको लतलाई त्याग्नु पर्दछ । घरको खाना पकाउने धुलो धुवाहरुबाट बच्दाँ छातीको रोगबाट कम गर्न सकिन्छ । यदी एकपटक छातीको रोग लाग्यो भने लामो समयसम्म उपचार नगराउदाँ मात्रै समस्या हुन्छ तर छातीमा लाग्ने रोग दिर्घरोग हैन् उपचार गराउदाँ निको भएर जान्छ ।
११) अन्तमा यहाँले पत्रपत्रिका, अनलाईन, टेलिभिजन, रेडिया मध्ये सबैभन्दा बढी केलाई प्राथमिकता दिनुहुन्छ ?
— खासगरी मैले पत्रपत्रिका र रेडियो सुन्ने गर्दछु । पत्रपत्रिका विश्वसनिय र गहन खोज अनुसन्धान भएकाले बढी प्राथमिकता पत्रपत्रिकालाई दिने गर्छु ।