प्रदेश सरकारले उद्योग व्यवस्थापन विधेयकबारे वीरगंजका उधोगीहरुबिच छलफल गरेको छ ।
शनिवार वीरगंज उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित कार्यक्रममा उल्लेखित प्रावधानमा हुनपर्ने परिमार्जन सम्बन्धबारे छलफल भएको वीरगंज उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए ।
प्रदेश नं. २ का मुख्यमन्त्री म.लालबाबु राउत, प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय, प्रदेश सभा सदस्य सिंहासन साह, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा र स्थानिय उद्योगी व्यवसायी बीच भएको छलफलपछी उद्योग व्यवस्थापन विधेयक परिमार्जन समिति समेत गठन गरेको छ । जसले १५ दिन भित्र प्रदेश सरकारले तयार गरेको विद्येयक २०७५ मा परिमार्जनमा थपिनुपर्ने सुझाव सहितको प्रतिवेदन तयार गर्नेछ ।
आर्थिक अवस्था निरन्तर खस्किदै गएको अवस्थामा उद्योगको प्रबद्र्धनको लागि सरकारले खासै पहल नगरेको अध्यक्ष केडियाले आरोप लगाएका थिए । उद्योग मैत्री नीति र कानून बनाउने पर्ने धारणा राख्दै उनले उद्योगी व्यवसायीबाट व्यक्त सुझावलाई मस्यौदामा सकेसम्म समावेश गरी प्रदेश सरकार उधोगीको सरकार बन्नुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा पूर्व अध्यक्ष क्रमशः गणेश लाठ, अशोक टेमानी, अशोक बैध, पूर्व उपाध्यक्ष जगदीश अग्रवाल, डाबर नेपाल प्रा.लि. बाराका महाप्रबन्धक कैलाशराम चौरसिया तथा जगदम्बा स्टील इण्डष्ट्रीजका महाप्रबन्ध अनुराग शर्मा लगायतको उपस्थिति रहेको थियो ।