चैत्य वा स्तुपको विशेषता के हो भने यो ुपजलु खेलजस्तै हुन्छ।
जसरी पजललाई खोलखाल पारेर जोडजाड गर्न मिल्छ, यसलाई पनि मिल्छ। जोड्दा नियम भने यत्ति हो, यसका चारैतिरका फरक भगवानहरू कुन(कुन दिशामा राख्नुपर्ने हो, ठीकठीक ठाउँ राख्नुपर्छ।
३० वर्षअघि यसैगरी पाटन ओमबहालको एउटा चैत्य जीर्णोद्धार भएको थियो।
अस्ट्रेलियाका कलाकार एवं वास्तुविद् रोबर्ट पावेलले जीर्णोद्धारका क्रममा उक्त चैत्यको स्केच बनाए। त्यसपछि यो चैत्यको चर्चा विश्वभर फैलियो।
यसमा कुदिँएका बुट्टा र कला दक्षतालाई संसारले प्रशंसा गर्दै ुमास्टरपिसु भन्यो। कतै चैत्यका उदाहरण दिनुपर्दा वा चैत्यका किताब लेखिँदा यो स्केचलाई नछुटाई समेट्न थालियो।
संसारले स्केचमा देख्दै महत्व बुझेको यो चैत्यलाई ओमबहालका बासिन्दाहरूले भने बल्ल चिन्दै छन्। यसको महत्त्व अझै गाढा बनाउन उनीहरू ३० वर्षपछाडि फर्किन चाहन्छन् जति बेला यो चैत्य जीर्णोद्धार गर्दा संघर्ष भएको थियो।
जसरी यो चैत्य कसरी बन्यो भन्ने आफैंमा इतिहास हो, त्यस बेला गर्नुपरेको संघर्ष पनि महत्त्वपूर्ण ऐतिहासिक दस्तावेज हो।
त्यसैले हालै उनीहरूले पावेलले बनाएको चैत्यको स्केचलाई कभर डिजाइन बनाएर अंग्रेजीमा किताब ुपाटन–ओमबहालु सार्वजनिक गरेका छन्।
जर्मन सम्पदाविद निल्स गुत्सो, नेपालका संस्कृति अनुसन्धाता नुतनधर शर्मा र कलाकार विजय वासुकलाले लेखेको उक्त किताबमा यो चैत्य अनि यहाँको मन्दिर पुनर्निर्माण गर्दा के–कस्ता समस्या आए, के–कस्ता विधिविधान अपनाइए भनेर विस्तृत विवरण समेटिएको छ।
यो चैत्य जति चर्चित छ, ३० वर्षअघिको घटना उत्तिकै रोचक छ।
३० वर्षअघि अर्थात् सन् १९९२–९३ तिर ओमबहालको यस स्तुप जीर्णोद्धार गर्ने कुरा उठ्दा निकै बहस भएको थियो। त्यस बेला यो चैत्यको आधा भाग जमिनको सतहमा भासिएको थियो। लिच्छविकालीन यस चैत्यमा माटोका तहहरू समय क्रममा थपिँदै जाँदा यसको जग तल परेको थियो।
जर्मन प्रोजेक्टमार्फत ओमबहाल जीर्णोद्धार गर्ने क्रममा यो चैत्य पनि बनाउने कुरा उठ्यो। यति सुन्दर चैत्यलाई बहालबासीले संरक्षण गर्नु त कहाँ हो, विदेशी प्रोजेक्टले बनाइदिन्छु भन्दा पनि मानेनन्।
ुयो त अशोक महाराजले बनाउनुभएको ८४ हजार चैत्यमध्ये एक हो। यसलाई चलाउन हुँदैन। माथि उठाउन पनि हुँदैन। यसलाई उठायो भने पाप लाग्छ भन्ने कुरा आयो,ु जर्मनको प्रोजेक्टमा अनुसन्धाताका रूपमा जोडिएका पाटनका नुतनधर शर्माले भने, ुतर यो अशोक महाराजले बनाएको चैत्य होइन। धेरैपछि लिच्छविकालमा बनेको चैत्य हो। त्यसो भनेर उहाँहरूलाई मनाउन पनि गाह्रो भयो।ु
त्यसपछि ठूला पण्डित, बज्राचार्यहरू, बहालका संघको मान्छे, वडा अध्यक्ष लगायत बहाल र चैत्यका सरोकारवालाहरूसँग लामो छलफल चल्यो। बनाउने र बनाउन हुन्न भन्ने टोली दुईतिर बाँडिए। अन्तिममा बहालको संघले यसलाई बनाउने भनेर अन्तिम निष्कर्ष निकाल्यो।
उनीहरूले बनाउन हुन्न भन्नेहरूलाई मनाउन संकल्प गरे – क्षमा पूजा गर्ने, अन्य जे जति पूजा र विधिविधान छ पूरा गर्ने, लापरबाही नगर्ने।
त्योभन्दा ठूलो संकल्प नुतनधर आफैंले गर्नुपरेको थियो।
ुबहालका मान्छे यतिसम्म डराउनुभएको थियो कि उहाँहरूले यो स्तुप उठाएर माथि ल्याउँदा लाग्ने पापको भागिदार आफू नहुने भन्नुभयो। केही भएमा त्यसको जिम्मेवारी मैले लिनुपर्छ भनेर मलाई संकल्प गराउनुभयो,ु उनले भने, ुअनि मैले चैत्य भत्काएर उठाउँदा आफूले जानी(नजानी गल्ती गरेमा भगवानले क्षमा गर्नुहोला भनेर संकल्प गरेँ। यसबाट हुने पाप र परिणामको भागिदार म हुन्छु भनेँ। अनि बल्ल उहाँहरू मान्नुभयो।ु
त्यसरी संकल्प लिएको परिणाम केही देखियो कि देखिएनरुु
हाम्रो प्रश्नमा नुतनधरले भने, ुकस्तो हुँदो रहेछ भने त्यस्ता कुरा मान्दिनँ भन्दा पनि दिमागमा ती कुरा खेलिरहने रहेछ। त्यही बेहोसीमा वर्ष दिनमै मेरो खुट्टा भाँचियो। तर राम्रो परिणाम पनि भयो। त्यही चैत्यका कारण मैले बुद्ध धर्ममा विद्यावारिधि गरेँ। यहाँको चैत्यले मलाई यति मोहित पर्यो कि यसबारे अझ बढी जान्न बुद्धिजम बुझ्न मन लाग्यो।ु
नुतनधर आफैंले संकल्प गरेर जीर्णोद्धार गरेको यो चैत्य कसरी बन्यो र यसलाई बनाउन के–कस्ता विधि अपनाइयो भन्ने कथा चाखलाग्दो छ। त्यसअघि संसारलाई मोहित पारेको र नुतनधरलाई बुद्धधर्ममा विद्यावारिधि गर्न प्रेरित गरेको यस चैत्यको विशेषताबारे चर्चा गरौं।
यो चैत्य अशोक महाराजले बनाएको भनिए पनि लिच्छविकालमा, सातौं शताब्दीतिर बनेको हो। यसको कुनै लिखित शिलालेख वा दस्तावेज छैन। तर यस्तै शैलीमा बनेका अरू पाँच–छ चैत्यहरू त्यही समयका हुन्। त्यसैका आधारमा यसलाई सातौं शताब्दीको हुनसक्ने अनुमान गरिएको छ।
दुई तहमा कुँदिएको यस चैत्यको तल्लो र माथिल्लो भाग फरक कलाकारले बनाएको पनि अनुमान छ। किनभने माथिल्लो कला र तलको कलामा कुदिँएको गहिराइ फरक छ।
ुयो दुइटा फरक चैत्यको भाग जोडेर बनाइएको पनि हुनसक्छ,ु नुतनधरले भने, ुदुवै मिलाएर राख्न मिल्नेजस्तो देखेर कलाकारले जोडेर राख्यो होला। तलको चैत्यमा तोरण पनि छ जुन पहिला ठूलो हुनसक्छ। माथिको भगवानको कलात्मक बुद्धहरू नछोपिऊन् भनेर चारैतिर तोरणका माथिल्लो भाग काटेर मिलाएजस्तो देखिन्छ।ु
तुलना गर्दा, तल्लोभन्दा माथिल्लो तहका बुट्टा मिहीन र आकर्षक ढंगले कुँदिएका छन्। त्यही भएकाले माथिल्लो भाग दक्ष कलाकार र तलको उनका शिष्यले बनाएको हुनसक्ने अनुमान पनि छ। माथिल्लोमा चारैतिर बौरोचन बुद्धहरू छन् भने तल्लोमा चार फरक बुद्धस रत्नसम्भव, अमिताभ, अमोघसिद्धि र अक्षोभ्य छन्।
यो चैत्यको गुणस्तर वर्णन गर्दै नुतनधर भन्छन्, ुयति सुन्दर चैत्य सम्भवतः अन्त कतै छैन। यसको तोरणको क्षपु ९रक्षक० लाई यसो हेर्ने हो भने अहिले नै पिलिक्क आँखा खोल्लाजस्तो देखिन्छ। भगवान उठेर अहिले नै आशीर्वाद दिनुहोला जस्तो लाग्छ। त्यति जीवन्त छ यो चैत्य। प्रायः चैत्यको डोम मिलाउन गाह्रो हुन्छ। यसमा भने जुनै ठाउँबाट हेर्नुस्, मिलेको छ।ु
उनले अगाडि भने, ुयो चैत्य बनाउँदा कलाकारले कलामा कुनै सम्झौता गरेको छैन। नजिकै बसेर यो चैत्य हेरेँ भने म त घन्टौं हेरिरहन सक्छु। नेपालको यो रत्न नै हो भन्दा फरक पर्दैन।ु
अब चर्चा गरौं यो चैत्य जीर्णोद्धारको कथा।
सन् १९९३ मे १७ मा यो चैत्य खोलेर माथि उठाउने काम सुरू भयो। हामीले पूजा गर्ने मन्दिर, मूर्तिमा जस्तै चैत्यमा भगवान प्रवेश गराएर जीवित बनाइएको हुन्छ। त्यसैले चैत्यमा काम सुरू गर्नुअघि भगवानको आत्मा सानुपर्ने थियो। जीवित भगवानको आत्मा निकालेर कलशमा राख्न पुरोहितहरूले होमसँगै धेरै संख्यामा जप गरे। एकातिर होम चल्दै थियो, उता सेतो धागोबाट भगवानको आत्मा कलशमा जपमार्फत तानिँदै थियो।
जीवन्यास वा भगवानको आत्मा कलशमा सारिएपछि त्यसलाई बहालको एउटा कोठामा सुरक्षित राखेर चैत्य मानेर पूजा गर्न थालियो। यता चैत्य त र्निजीव भयो। यसलाई अब खोलखाल पारेर काम गर्न सकिने भयो। तर पापको डर सकिएको थिएन। चैत्य खोल्नुअघि पुरानो विधिअनुसार उनीहरूले गाईको सहायता लिए। गाईको पुच्छरलाई चैत्यको टुप्पोमा डोरीले बाधिँदिए। अनि गाईलाई अलि पर धपाए।
ुत्यसरी धपाएपछि चैत्यमा अलिकति बल पुग्ने भयो। अनि चैत्यलाई हामीले होइन, गाईले बिगारेको हो भनेर आफू पापबाट मुक्त हुन यस्तो विधि अपनाइयो,ु नुतनधरले भने, ुअनि बल्ल अन्य कलाकारले आफ्नो ज्यावल पूजा गरेर काम सुरू गरे।ु
तीन दिनसम्ममा चैत्य खोलखाल गरेर चैत्यको सतहलाई जमिनको सतहमा मिल्नेगरी उठाइसकिएको थियो। त्यसअघि उनीहरूले चैत्यको जगमा रत्नन्यास पूजा गरे जसमा जगमा पैसा राख्ने, तासको झिलिमिली लुगा लगाउने, चैत्य खोल्दा भेटिएका सामग्री पनि त्यसैभित्र राख्ने काम भयो।
मे २६ सम्ममा चैत्यको पूरा स्वरूप तयार भइसकेको थियो। तल भासिएको जगको स्वरूप माथि निकालिसकेपछि अब पूर्ण चैत्यको स्वरूप सबैले देख्न पाए। चैत्य झनै खुलेर आयो। त्यसपछि उनीहरूले दशकर्म पूजा गरे। कलशमा सारिएको भगवानको आत्मालाई पुनः चैत्यमा सार्दै दशकर्म पूजा भयो। त्यसमा भगवानको नामाकरण गर्ने, पास्नी, जातकरण, ब्रतबन्ध वा इही लगायत सबै कर्म गर्नुपर्छ। मान्छेजसरी चैत्य बालकबाट वयस्क हुँदासम्म गर्ने गतिविधिलाई यजमानले अभिनयजस्तो गरेर देखाए।
चैत्य भत्काएर जोडेपछि सेतो कपडाले शवलाई छोपेजसरी राखिएको थियो। त्यसमा आत्मा प्रवेश गराएपछि बल्ल सबै विधान पूरा भयो। अनि देवताको नामाकरण गरियो।
ुहामीले देवताको नाम बैरोचन राखेका थियौं। किनभने यसको पहिलो तहमा कुँदिएको भगवानको नाम बैरोचन थियो,ु नुतनधरले भने।
त्यति बेला चैत्य मात्र होइन, बहालको मूल मन्दिर क्वापाछेँ ९बुद्ध भगवान वा कुनै बोधिसत्वको मूर्ति राखेर दैनिक पूजा गर्ने ठाउँ० पनि जीर्णोद्धार गरेका थिए।
मन्दिरमा पाइएको शिलालेखअनुसार सन् १५९६ मा यो मन्दिरको छाना जीर्णोद्धार भएको थियो। सन् १६३४ मा मन्दिरको ढोकामा बुट्टेदार तोरण राखिएको थियो जुन राजा सिद्धिनरसिंहको समयको हो।
ुजनश्रुतिअनुसार त्यति बेला यो बहालका मान्छे अन्तै बसाइसराइ गरेका थिए। बहाल रित्तो भएपछि बाहिरबाट मान्छेहरू ल्याएर राजाले उनीहरूलाई यहाँ बसोबास गराएका थिए। ती मान्छे सायद साँखुतिरबाट आएका थिए,ु किताबमा ुपाटन–ओमबहालु मा यस्ता विस्तृत कथा र विवरण धेरै समेटिएका छन्।
सन् १९९३ मा जब जर्मनहरूले यसलाई जीर्णोद्धार गर्न खोजे, उनीहरूले मन्दिर माटाको गारोले बनाइएको भेटाए। गजुरधरी माटोको गारोले अड्याएर राखिएको थियो। यसलाई जीर्णोद्धार गर्दा पुरानै शैलीमा पुरानै सामग्रीलाई प्राथमिकता दिएर बनाइयो। त्यसरी बनाउँदा पनि बहालका धेरैले चित्त नबुझाएको नुतनधर बताउँछन्।
ुउहाँहरूले त सिमेन्टले बनाउनुपर्छ, यस्तो माटाको कतिन्जेल टिक्छ भन्नुहुन्थ्यो। ०७२ सालको भुइँचालोमा पनि मन्दिरमा केही भएन। ३० वर्षअघि त्यति धेरै गाली गरेको भए पनि अहिले त्यसको नतिजा राम्रै देखियो भनेर उहाँहरू खुसी हुनुहुन्छ,ु उनले भने।
यो चैत्य जति संसारभर लोकप्रिय भयो, यसले बहालको प्रचार पनि गरायो। त्यही कारण बहालका मान्छेहरूले ुपाटन–ओमबहालु किताब निकाल्न पहल गरेको उनी बताउँछन्।
यो किताब विशेषगरी चार खण्डमा बाँडिएको छ।
पहिलोमा, बहाल र चैत्य जीर्णोद्धारको विधिविधान छ। त्यसपछि नेपालमा के–कस्ता चैत्य छन् भन्ने विवरण, बहालको इतिहास र बहालमा भेटिएका शिलालेखको अभिलेख छ। अनि अन्तिममा बहालको संघ कसरी चलिरहेको छ, त्यहाँ कति जनसंख्या छ, कति घर नयाँ, कति पुराना छन् भनेर विस्तृत विवरण छ। मन्दिर र चैत्य बनाउन खटिएका मान्छे र पूजारी लगायत सबैको विवरण पनि किताबमा छ।
फोटोग्राफी र वास्तु डिजाइनसहितको नक्सा पनि किताबमा समेटिएकाले भविष्यमा यहाँको मन्दिर वा चैत्य भत्किएर निर्माण गर्नपर्यो भने यही किताब हेर्दा पुग्छ।
ु३० वर्षअघि हामीले कसरी यहाँको स्तुप र बहालको मन्दिर जीर्णोद्धार गरेका थियौं भनेर भविष्यका पुस्ता र अनुसन्धातालाई यो किताब पढ्ने महत्वपूर्ण सामग्री हो,ु नुतनधरले भने।
एउटा समय यस्तो थियो, मन्दिर वा कुनै सम्पदा कसरी निर्माण वा पुनर्निर्माण गरियो भनेर अभिलेख राख्न ुथ्यासफूु लेख्ने चलन थियो। नेपाली कागजमा हातले लेखिएका ती गन्थ्र ९थ्यासफू० मा कुन संरचना कसरी बनाउने भनेर सचित्र ढाँचा वर्णन गरिएको हुन्थ्यो। ओमबहालको मन्दिर र चैत्यको सचित्र वर्णन भएको यो किताब भविष्यका लागि त्यस्तै थ्यासफू हो भन्दा फरक पर्दैन।
साम्भार सेतोपटी