पर्सामा सरकारी साधनको चरम दुरुपयोग भइरहेको पाइएको छ ।
जनताको सेवालाई प्रभावकारी र सहजताका लागि राज्यले जनप्रतिनिधि तथा सरकारी कर्मचारीलाई दिइएको मोटरसाइकल नियम विपरित घरायसी कामकाजमा प्रयोग भइरहेको भेटिएको हो ।
साथै उनीहरुले विवाह , जन्मदिनको पार्टी ,मेला हेर्न , बिदाको दिन डुल्न जाने र ससुराली जानदेखि भारतीय बजारमा तरकारी किन्नसमेत सवारी साधनको प्रयोग जिल्लामा बढिरहेको छ ।
दिनमा मात्र नभई राति राति ठूला होटल तथा रेस्टुरेन्टमा समेत सवारीसाधन भेटिने गरेको स्थानीयले बताउँदै आएका छन् ।
यसले नियमको धज्जी मात्र उडाएको छैन, सरकारी सम्पत्तिको दुरुपयोग र फजुल खर्च पनि बढाएको छ ।
पर्सामा जनप्रतिनिधि र सामान्य कर्मचारीदेखि कार्यालय प्रमुखसम्मले सरकारी सवारी साधन दुरुपयोग गरेको भेटिन्छ ।
माघ ५ गते बिहिबार एउटा यस्तै घट्ना फेला परेको छ । प्रदेश २।०२ ००१ ब ४७७ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकल ९बालिदानी दिवस० सरकारी बिदाका दिन किनमेल तथा सरकारी सवारी भारतको रक्सौलमा भेटिएको हो ।
सरकारी प्रयायोजनका लागि राज्यले दिएको सवारी साधन व्यक्ति प्रयायोजनका लागि दुरुपयोग गर्न पाइदैन् । बिदाको दिन यसरी आफ्नो निजि काममा सवारी प्रयोग गर्ने जनप्रतिनिधी तथा कर्मचारीलाई कहीँले सम्म छुट दिने स्थानीयबासीले प्रश्न गरेका छन ।