परेका धनुषाको जनकपुरधामका २ जना युवाको भारतमा हत्या भएको छ।
उनीहरू १३ दिनदेखि सम्पर्कविहीन थिए।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको प्रहरीले जनाएको छ। उनीहरू छिमेकी हुन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीपबहादुर क्षेत्रीले गत पुस २७ गते भारत गएका दुई युवा सम्पर्कविहीन थिए। उनीहरू भारतको सितामढी जिल्ला बेला परिहारमा रहेका आफन्तको घरमा गएको बताइएको थियो।
उनीहरू आफन्तको सम्पर्कमा पुगेनन्। ५० लाख फिरौती रकम माग गर्दै परिवारलाई भारतीय नम्बरबाट फोन आएपछि गत पुस २९ गते प्रहरीलाई खबर गरिएको थियो।
गए राति करिब २ बजे उनीहरूको शव फेला परेको हो। जमिनमा गाडेको अवस्थामा उनीहरूको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले धनुषाबाट २ जनालाई पक्राउ गरेको छ। भारतीय प्रहरीले पनि ३ जनालाई पक्राउ गरेको छ।
शवको सनाखतको लागि डिएसपी दीपक राय मृतकका परिवारका सदस्यसँगै भारत पुगेका छन्। यस्तै मधेश प्रदेश प्रहरी कार्यालयबाट पनि यो घटनाबारे प्रहरी निरीक्षकको टोलीले अनुसन्धान गरिरहेको छ।
विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएका थिए। तर अपहरणकारीले ५० लाखको माग गरेको थियो ।