डाक्टर जगतदीप मधेश प्रदेशकै उत्कृष्ट चिकित्सकका रुपमा सम्मानित भएका छन् ।
स्वास्थ्य दर्पण मिडिया नेटवर्कले शनिबार भरतपुरमा आयोजना गरेको राष्ट्रिय हेल्थ अवार्ड–२०७९ कार्यक्रममा डा. जगतकुमार दीपलाई उनले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा गर्दै आएको काम र नेपालमा नयाँ प्रविधि भित्र्याएर उपचार विधिलाई सहज, सुलभ र सरल बनाएको भन्दै सम्मान स्वरूप मधेश प्रदेशकै उत्कृष्ट चिकित्सकका रुपमा सम्मानित गरिएको हो ।
वीरगंज ओम हस्पिटलमा प्रमुख चिकित्सकका रुपमा कार्यक्रम वरिष्ठ स्त्री तथा प्रसूति रोज विशेष डा. जगतदीपलाई कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शशांक कोइरालाले प्रमाणपत्र हस्तान्तरण गरेर सम्मानित गरेका थिए ।
नेपालमै पहिलो पटक सन् २०१५ मा सिंगल पोर्ट ल्याप्रोस्कोपीक (दुरबिन) पद्धतिबाट पाठेघरको शल्यक्रिया गरेर देशमा यो प्रविधि भित्र्याएको भन्दै डा. जगतदीपलाई सम्मानित गरिएको आयोजक स्वास्थ्ति दर्पण मिडिया नेटवर्कले जनाएको छ ।
डा. जगतदीपले दक्षिण कोरीयाबाट ल्याप्रोस्कोपीक पद्धतीबाट पाठेघरको शल्यक्रिया सम्बन्धी प्रशिक्षण लिएका छन् । उनले नेपालमै पहिलो पटक सन् २०१५ मा वीरगंजस्थित नेशनल मेडिकल कलेजमा यो पद्धतिबाट शल्यक्रिया गरेका थिए ।
ल्याप्रोस्कोपीक पद्धतिबाट पेटमा सानो प्वाल पारेर शल्यक्रिया गरिन्छ । यसरि गरिएको शल्यक्रियाका कारण विरामीहरुलाई लामो समयसम्म अस्पतालमा भर्ना हुनुपर्ने, घाउ पाक्ने, लामो समयसम्म दुखाइ रहने, प्वाल पारिएको ठाउँमा दाग बस्ने जस्ता समस्या हुँदैन । पारम्परिक शल्यक्रियाको तुलनामा ल्याप्रोस्कोपीक पद्धतिबाट हुने शल्यक्रिया सस्तो पनि हुने गर्दछ ।
पर्साको हरिहरपुर विर्ता जन्मिएका डा. जगतदीपले देश तथा विदेशमा थुप्रै आकर्षक अवसर आएपनि आफ्नै जन्मथलोमा सेवा गर्ने अभिप्रायले अहिले वीरगंजको विर्तामा वीरगञ्ज ओम हस्पिटल सञ्चालन गरेका छन् । ‘
स्त्री सम्बन्धि सम्पूर्ण रोगको एकै छानामुनी उपचार’ भन्ने नाराका साथ स्थापित अस्पतालमा निःसन्तान दम्पतिहरुको सम्पूर्ण जाँच तथा उपचार, सुई पद्धतीद्वारा सन्तान प्राप्ति, २४ घण्टा भिडियो एक्सरे, महिलाहरुको पाठेघरको अप्रेशन ल्याप्रोस्कोपी (दुबिन पद्धति) द्वारा, नेपाल सरकारद्वारा मान्यता प्राप्त सुरक्षित गर्भपतन सेवा, २४ सै घण्टा सुरक्षित प्रसुती सेवा, महिलाहरुको कस्मेटिक सर्जरी, एड्भान्स ल्याप्रोस्कोपी र हिस्ट्रो स्कोपी लगायतका सेवाहरु उपलब्ध छन् ।