नेपाली समाजमा अभिभावक र सन्तानको अन्तरसम्बन्ध कस्तो हुनु पर्छ ? भन्ने कुरा प्रायः निक्र्योल छैन । खासमा भन्नुपर्दा यो बिषयमा नेपाली समाज प्रायः अनभिज्ञ जस्तो देखिन्छ । न त यहाँ त्यसबारे खासै चर्चा नै हुन्छ ? अभिभावक र छोराछोरीको बीचमा अन्तरद्धन्द्धको विकास भएको उदाहरण समाजमा प्रशस्त छन् । जसलाई पुस्ता परिवर्तनको समस्या भनेर सजिलै पन्छिने चलन छ । यस्ता समस्याहरु अभिभावकको सानो प्रयासले सजिलै कम गर्न सकिन्छ ।
लगानी ठूलो हँुदैमा, बस्ने बेञ्च राम्रा हुँदैमा, होमवर्क धेरै दिदैमा र शुल्क महँगो तिर्दैमा स्कुलको गुणस्तर राम्रो हुन्छ ? भन्ने हुँदैन । शिक्षक व्यवहारिक शिक्षा कसरी पढाइरहेका छन् ? किताब बाहेक बाहिरी ज्ञान जान्दछन् कि जादैनन् ? स्कुल गएर फर्कदा छोराछोरीले के कस्ता कुरा सिके ? भन्ने विषयमा अभिवावकको ध्यान जानू ठूलो कुरा हो ।
घरमा आएर बालबालिका स्कूलमा पढेका कुराहरु शेयर गर्छन् कि गर्दैन्न ? अभिभावकले यस्ता कुराको ख्याल गर्नु पर्ने शिक्षा विज्ञहरु बताउछन् । तर त्यसका लागि घरमा पनि बालमैत्री वातावरण बनाउन पर्ने हुन्छ । यो वातावरण बनाउने कसले ?
अभिभावकले आफ्नो सिद्धान्त र विचारलाई सन्तान सामु प्रस्ट रुपमा राख्नु पर्छ र हरेक अभिभावकका जीवन प्रति आफ्नो नीजि विचार हुन्छन् । जसको जानकारी सन्तानलाई हुनु जरुरी छ, । तर आफ्ना सिद्धान्त र विचारको पूर्तिको लागि सन्तानलाई अनावश्यक दबाब सिर्जना गर्नु हुदैन ।
आफ्नो सिद्धान्त र बिचारलाई मेरो सन्तानले अनुसरण गरोस भन्ने चाहना प्रत्येक अभिभावकमा हुने गर्छ । ती चाहनाहरु सन्तानको सामु असावधानी पुर्वक प्रस्तुत गर्दा परिवारमा द्वन्दको सिर्जना हुन सक्छ । तसर्थ ती पक्षमा सावधानी अपनाई उचित बातावरणको सिर्जना गरी आफ्नो सिद्धान्त र विचारलाई आफ्नो सन्तान सामु प्रस्ट रुपमा राख्नु पर्छ ।
साना नानीहरुको लागि हजुर बुबा आमाले सुनाउने दन्त्य कथा र अध्यात्मिक कथा मार्फत प्रदान गरिने शिक्षा निकै महत्वपूर्ण हुन्छ र सकारात्मक विचारले भरिएका कथाहरुले उनीहरुलाई सकारात्मक मार्ग दर्शन हुन सक्छ । त्यसका लागि अभिभावकले नै अगाडी सर्नु पर्छ ।
आफ्ना सन्तानलाई आफुले माया गर्ने कुरा अभिभावकले सन्तानलाई प्रस्ट रुपमा राख्नु जरुरी छ । विशेष गरि काममा बढी ब्यस्त हुँदा कतिपय अवस्थामा छोराछोरीसंग महिनौ राम्ररी कुरा गर्ने अवसर नजुट्न सक्छ, । त्यो अवस्थामा फोन गरेर अथवा छोटो समय निकालेर भए पनि आफ्नो माया दर्साउने मौका छोड्नु हुदैन । छोरा छोरीको कोठा अथवा झोलामा सानो पत्र अथवा कार्ड लेखेर आफुले माया गर्ने कुरा उनीहरुलाई सरप्राइज रुपमा प्रस्तुत गर्दा उनिहरु खुसी हुन्छन् । यस्ता सानो कुराले सम्बन्ध विकासमा ठुलो भूमिका खेल्छ । सन्तान तपाईको लागि कति जरुरी छन् ?
भने कुरा तपाईले उनिहरुलाई प्रस्ट रुपमा आभास हुने वातावरणको सृर्जना गर्नुपर्छ । घरमा खाना खादा सकभरसंगै खाने गर्दा राम्रो हुन्छ । उक्त समयमा टेलिभिजन हेर्ने, फोनमा कुरा गर्ने जस्ता क्रियाकलाप नगर्नु गर्नु र उक्त समयलाई पूर्णरुपमा पारिवारिक बनाउनु निकै सादन्र्भिक हुन्छ । आफ्ना छोरा छोरीलाई उपनाम दिएर बोलाउंदा यसले प्रेमलाई प्रकट हुन सहयोग पुग्छ ।
तर अरु साथीहरुको अगाडी र स्कुलमा उनीहरुलाई विशेष नामभन्दा उनीहरुको नामबाट बोलाउंदा नै राम्रो हुन्छ । बालबालिकालाई नाम दिदा उनीहरुलाई मनपर्ने खालको नाम छनोट गर्नु पर्छ । एउटा विद्यार्थी सफल हुनका लागि पहिलो भुमिका आमाबाबुको हुन्छ । विद्यार्थीको आमाबाबुले कस्तो वातावरणमा बालबालिका हुर्काएका हुन्छन् ? त्यसले पनि प्रभाव पार्छ । शिक्षकले त विद्यार्थीलाई नर्सिङ गर्ने काम मात्र गर्छन् । विद्यार्थीको पारिवारिक वातावरण बुझेर नर्सिङ गर्ने हो भने त्यो विद्यार्थी राम्रो हुन्छ ।
अहिले शिक्षक देख्दा विद्यार्थी तर्सिने वातावरण हट्छ, नत्र भोली यसले शिक्षक विद्यार्थी विचको अन्तर सम्बन्धमा ठूलो खाडल पैदा गर्छ । यो जमाना सोचेभन्दा पनि अगाडी गइसकेको छ । सन्ततिले त झनै त्योभन्दा अगाडी हुने कोशिस गर्छन् ।
हात हातमा मोबाईल र फेसबुकबाटै उनिहरुले आफ्नो हरेक चाहना छानी सकेका हुन्छन् । त्यस्तै कुन स्कुल पढ्ने भन्ने कुरा उनिहरुलाई आमाबुवाको सल्लाह चाहिँदैन । त्यसैले अभिभावकले सकेसम्म छोराछोरीलाई मनपर्ने स्कूलमा पढाउनु पर्छ । छोराछोरीको ईच्छा बुझ््न सकिएन भने उनीहरुलाई समाल्न सकिदैन । विद्यालयको भरमा मात्र पर्नु हुदैन ।