मुख्यमन्त्री लालबाबु राउतले समृद्धिको लाति नीति र नियत दुबै स्पष्ट हुनुपर्ने बताउनु भएको छ ।
राष्ट्रिय योजना आयोगले आईतबार जनकपुरमा आयोजना गरेको १५ औ योजनाको आधारपत्र सम्बन्धि प्रादेशिक परामर्श बैठकलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले नियत स्पष्ट नभए पछि नीति कार्यान्वयन नहुने उल्लेख गरेका थिए ।
मुलुकले यस १४ वटा पाँचवर्षिय आवधिक योजना बनाइ सके पनि उपलब्धि हासिल गर्न नसक्नुको कारणहरु औल्याउदै अगामी दिनमा अघि बढनु पर्ने बताउनु भएको थियो । तलदेखी माथि सम्म व्याप्त कुशासन, भ्रष्टाचार जस्ता समस्याहरुले लक्ष्य प्राप्तिमा अवरोधक बनि रहेको उल्लेख गर्नु हुँदै उहाँले त्यस्ता कुशासन अन्त्य गर्ने काम आफैबाट शुरु गर्नुपर्ने उल्लेख गर्नु भयो ।
१३६ वटै स्थानीय तहका प्रमुख उप प्रमुखहरुको उपस्थिति रहेको उक्त बैठकमा मुख्यमन्त्री राउतले संविधानले प्रदत गरेको अधिकारलाई नै टेकेर प्रदेश र स्थानीय सरकारले सहकार्य गरे केही वर्ष भित्रै प्रदेशलाई समृद्ध प्रदेश बनाउने प्रतिबद्धता जनाउनु भएको थियो ।
रकम छर्ने साना योजनाहरुले समृद्धिको बाटो पहिल्याउन नसक्ने जिकिर गर्नु हुँदै उहाँले अबको विकास ठोस प्रकारको हुनु पर्ने बताउनु भयो ।
केन्द्रितकृत मानसिकताले अहिले पनि संघीयतालाई धरापमा पार्न खोजि रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले आफनो काम कर्तव्यले संघीयतालाई बलियो बनाउने जिम्मेवार प्रदेश र स्थानीय सरकारको हाथमा रहेको दावी गर्नु भएको थियो ।
मुख्यमन्त्री राउतले कृषि , उद्योग र पर्यटन मुख्य आधार भएको प्रदेश नं। २ का लागि त्यसै अनुरुपको योजनाहरु निर्माण गरि दिन योजना आयोग संग आग्रह समेत गर्नु भएको थियो । उहाँले हुलाकी सडक, सुनकोशी, कमला डाइभर्सन, स्पष्ट औद्योगिक नीति जस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्न आग्रह गर्नु भएको हो ।
कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, प्रदेश नीति आयोगका उपाध्यक्ष डा। हरिवंश झा सहितका वक्ताहरुले आफनो मन्तव्य राख्नु भएको थियो । कार्यक्रम योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलको अध्यक्षतामा समपन्न भएको थियो ।