मानव सेवा आश्रम वीरगञ्जले प्रेम दिवसको अवसर पारेर वीरगञ्जको सडक पेटीमा वेवारीसे अवस्थामा वस्दै आएका दुई जनाको उद्धार गरेको छ ।
मंगलवार राती सवाँ १० बजे वीरगञ्ज भंसार नजिक अलपत्र अवस्थामा रहेका एकजना बृद्ध र आर्दशनगर स्थित दियालो लड्स प्लाजा होटल नजिक नाला छेउको गल्लीमा रात विताउने एकजना युवकलाई उद्धार गरेको हो ।
प्रेम दिवसको अवसरमा सडकमा अलपत्र परेका व्यक्तिको खोजीकार्यमा हिडेको मानव सेवा आश्रम वीरगञ्जको टोलीले वीरगञ्ज भंसार नजिक मुख्य सडक छेउमा बेवारीसे अवस्थामा रहेका एक जना बृद्धलाई उद्धार गरेको हो ।
भारतको वेतिया घर बताउने ती बृद्धा विगत एक बर्ष देखि वीरगंञ्ज भंसार एरियामा भिखमागेर हिडने गरेको र सडक छेउमा रात विताउने गरेको अवस्थामा रहेको स्थानीयले बताएको मानव सेवा आश्रम वीरगञ्जका देवेश गुप्ताले बताए ।
सडकमा बेवारीसे अवस्थामा भेटीएका ति बृद्धाले आफ्नी श्रीमतिको मृत्यु भएपछि घर छोडेर भागेको बताएको गुप्ता बताए । उनका अनुसार ति बृद्धाका ५ वटा छोरा रहेको समेत बताए । उनलाई वडा प्रहरी कार्यालय विर्ताको प्रहरी भ्यानमा राखेर मानव सेवा आश्रममा लगिएको थियो । उद्धार कार्यमा सामाजिक अभियन्ता प्रकाश थारु, महेश सिंह धामी लगायतको सहभागीता रहेको थियो ।
आर्दशनगर स्थित दियालो लड्समा एकजना युवक सडक पेटीमा रात बिताउने गरेको भन्ने सूचना पाएकोले उसलाई समेत उद्धार गरिएको मानव सेवा आश्रमका दिवेश गुप्ताले बताए । उनलाई वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षकको पहलमा उद्धार गरिएको गुप्ताले बताए ।
मानव सेवा आश्रमले सडक पेटीमा वेवारीसे अवस्थामा वसेका व्यक्तिहरुको खोजी गरेको अवस्थामा दुई जनालाई आश्रममा लगेको हो । वीरगञ्जको घण्टाघर नजिक सडक पेटीमा सुतेका दुई जनालाई भने रक्सौल जान ढिलो भएकोले सुतेको बताएपछि छोडिदिएको देवेश गुप्ताले बताए ।