वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरा स्थित चिनीमिल आवासक्षेत्र भित्रको पशुपति मन्दिरमा शिवरात्रीको दिन शनिबार मेला लाग्ने भएको छ ।स्थानीयवासीको भेलाले पिपराको पशुपतिनाथ मन्दिर परिसरमा शिवरात्रीका दिन शनिबार आरती, कुश्ती र सांस्कृतिक कार्यक्रम सहित मेला लगाउनने गरेको छ।
मेलामा नेपाल र भारतका प्रख्यात कुश्ती प्रतियोगिता सहित मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रमको पनि आयोजना गर्ने निर्णय गरिएको हो । कुश्ती प्रतियोगितामा भारतका २० जना र नेपालका ४० जना कुश्तीबाजहरुको सहभागिता रहने बताइएको छ ।
शिवरात्रीको दिन शनिबार बिहान साढे ११ बजेदेखि कुश्ती प्रतियोगिता हुने र साँझ ५ बजे आरती र प्रसाद वितरणको साथै साँझ ६ बजेपछि सांस्कृतिक कार्यक्रमको आयोजना हुने स्थानीय बाबुनन्द पटेलले जानकारी दिए ।
मेला र प्रतियोगिताको मन्दिर व्यावस्थापन समितिका शम्भु प्रसाद चौरसियाले उदघाटन गर्ने कार्यक्रम तय गरिएको छ ।मेलाको व्यावस्थापन र सुरक्षाका ग्यालेक्सी युवा क्लब पिपरा, नवदुर्गा पूजा समिति, बौद्धिमाई युवा क्लब, राष्ट्रिय युवा क्लब, पिपरा युवा समाज, सुनौलो सम्झना युवा क्लब, जय माँ अम्बे युवा क्लब र चिनीमिल आवास क्षेत्रका युवाहरुलाई खटाईने निर्णय पनि भेलाले गरेको छ ।
यस्तै मेलाको प्रचार प्रसारका लागि पत्रकार नीरज पिठाकोटे, जगत राई र विश्वेश्वर पटेल गरी तीन सदस्यीय समिति पनि गठन गरिएको छ ।