सहरी क्षेत्रमा बिनामाटो थोरै ठाउँमा खेती गर्न मिल्ने प्रविधि टावरग्रानिक्स खेती हो। यस प्रविधिमा परम्परागत खेतीभन्दा ९० प्रतिशत कम पानी प्रयोग हुन्छ।
यस खेती प्रविधिबाट सागजन्य तरकारीको राम्रो उत्पादन हुन्छ। अकबरे खुर्सानी, टमाटर, काउली, ब्रोकाउली, काँक्रो, बन्दागोभीजस्ता तरकारी यस प्रविधिको प्रयोगमा धेरै फस्टाउने छ। स्ट्रबेरी, पेपिलोमेलनजस्ता सानो बोट हुने फलफूल पनि यसमा राम्ररी फल्छ। यो खेती प्रणालीले परमपरागत खेतीभन्दा तीन गुणा छिटो फल दिन्छ किनभने बोटले माटोमा निर्भर नभई सिधै जराबाट पानी र पोषण तत्व पाउँछ।
धेरै मेहनत नगरी आफूलाई चाहिने तरकारी आफैं उत्पादन कसरी गर्न सकिन्छ भनेर खोज्दै जाँदा टावरग्रानिक्स नेपालका सहसंस्थापक प्रलिसा अधिकारीले टावर खेतीको अवधारणा सोचिन्।
‘कृषिको विद्यार्थी भएकाले र कौसी खेतीसम्बन्धी अनुभव भएकाले शहरी व्यक्तिहरूको लागि टावर खेती प्रविधि उपयुक्त हुने सोच आयो,’ प्रलिसाले भनिन्, ‘स्वादको सन्दर्भमा अझ पोषिलो र विषादीरहित हुने हुनाले हामीले यो प्रविधि भित्र्यायौं।
कोभिडलगत्तै अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी महासंघ ९आइएफआरसी०ले विश्वव्यापी रूपमा लिमिटलेस आइएफआरसी इनोभेसन प्रोजेक्टको लागि नवीन सोचको खोजी थाल्यो। यस प्रोजेक्टमा प्रलिसाले टावर खेतीको अवधारणा लिएर सहभागिता जनाइन्। टावर खेतीलाई प्रविधि अनुकूल बनाउन उनले साथी आश्रय दवाडीको सहयोग लिइन्।
उनीहरूले घरमै टावर खेतीको प्रोटोपाइप निर्माण सुरू गरे। दवाडीले पाइपमा मोटर र टाइमर जडान गरी यसलाई अटोमेटिक बनाए।
‘हामीले यो प्रविधि विकासका क्रममा बाटाभित्र मोटर र पाइप जोड्यौं र टाइमर सेट गर्न मिल्न डिभाइसलाई बिजुलीसित जोड्यौं,’ टावरग्रानिक्स नेपालका सहसंस्थापक आश्रय दवाडीले भने, ‘महिनामा ८ युनिट बिजुली खपत गर्ने एउटा टावरलाई हामीले धेरै प्रयासपछि अटोमेटिक बनाउन सफल भयौं।’
उनीहरूको यो प्रविधि आइएफआरसीको ‘लिमिटलेस इनोभेसन प्रोजेक्ट’मा विश्वभरिका प्रोजेक्टमध्ये दोस्रो बन्न पुग्यो। उनीहरूलाई आइएफआरसीले आर्थिक सहयोग गर्यो।
अहिले उनीहरूले आइएफआरसीको कौसीमा नै टावर खेतीको पाइलट फार्म बनाएका छन्।
प्रलिसाका अनुसार यो टावर खेती प्रविधि हाइड्रोपोनिक्स र एरोपोनिक्स प्रविधिको हाइब्रिड हो। हाइड्रोपोनिक्स भनेको पानीमा गरिने खेती हो र एरोपोनिक्स भनेको बोट हावामा उमारिनु हो। टावरग्रानिक्स खेती प्रविधिमा हावामा उम्रने बिरूवालाई थोरै पानीबाट उमारिने हुनाले यो हाइब्रिड प्रविधि हो।
आफू कृषिको विद्यार्थी भए पनि यस्ता प्रविधिको बारेमा विस्तृत रूपमा पढाइ हुने नगरेको प्रलिसाले बताइन्।
‘मैले हाइड्रोपोनिक्स र एरोपोनिक्सबारे कलेजमा एक हरकमात्र पढेकी थिएँ र स्वअनुसन्धान गरेर यो प्रविधि निर्माणमा जुटेकी हुँ,’ उनले भनिन्, ‘विश्वविद्यालयले यस्तो नयाँ कृषि प्रविधिका कुरा कोर्समा समेट्नुपर्छ र विद्यार्थीलाई प्रयोग गर्न सिकाउनुपर्छ।’
टावर खेती प्रविधिमा के(के सामग्रीको प्रयोग हुन्छरु
टावरग्रानिक्स नेपालले एक सेट टावर खेती प्रविधिको मूल्य १८ हजार रुपैयाँ तोकेको छ। उक्त सेटमा ७० लिटरको बाटा, ४० वाटको पम्प, पाइप, टाइमर डिभाइस, आठ वटा कम्पार्टमेन्ट, मल, बिऊ, नेट(पट, लेका बल्सजस्ता सामान आउँछ।
एउटा टावर ६ फिट उचाइको हुन्छ जसमा ३२ वटा बोट राख्ने ठाउँ हुन्छ। आवश्यकताअनुसार यसको उचाइ वा कम्पार्टमेन्ट थप्न मिल्छ। यसले मासिक ८ युनिट बिजुली खपत गर्छ।
बिनामाटो खेती गर्न मिल्ने स्वचालित टावर खेती प्रविधि कसरी प्रयोग गरिन्छ
समभार सेतोपाटी