पटेर्वा सुगौली गाउँपालिकाका उपाध्यक्ष ममता महतोको पर्सा जिल्लाको लागि नौलो नाम होइन । नेपाली कांग्रेस पार्टीबाट राजनीतिक क्षेत्रमा होमिएका उनी अहिले नेपाली कांग्रेस पार्टीमा प्रदेश सभा समितिको रुपमा समेत काम गरिरहेको छन ।पटेर्वा सुगौली गाउँपालिकाको उपाध्यक्ष पदमा पहिलो कार्यकाल पुरा गरेकी उनले स्थानीय तहको दोस्रो निर्वाचनमा पुनः निर्वाचित भई दोस्रो कार्यकाल पनि सक्रिय रुपमा सम्हाल्न प्रयासरत नै रहेको उनले बताईन ।पटेर्वा सुगौली गाउँपालिकाको उपाध्यक्ष ममता महतो संग मध्य नेपाल सन्देशले गरेको विशेष कुराकानी ः
१) दोस्रो कार्यकाल उपाध्यक्ष पदमा बसेर काम गर्दा कस्तो महसुस गदै हुनुहुन्छ ?
वस्तावमा उपाध्यक्ष पदमा बसेर काम गर्न धेरै नै गाह्रो छ । मैले उपाध्यक्ष पदमा बसेर एक कार्यकाल बिताइसकेको छु । त्यसैले काम गर्ने केही तरिकाहरु सिकेको पनि छु । पालिकामा आफुभन्दा माथिको पदमा अध्यक्ष पनि छन । अध्यक्ष र उपाध्यक्ष बीच समन्वयन गरेर हरेक काम गरेमा सहज हुन्छ । राजनीतिक रुपमा काम गर्न कुनै सिमा हुदैन तर संविधानको कुरा गर्ने हो भने उपाध्यक्षको काम कर्तव्य अध्यक्ष भन्दा फरक नै हुन्छ ।
२) पालिकाको उपाध्यक्षले गर्ने काम क्षेत्रहरु के के छन त ?
मुख्यतय संविधान अनुसार पालिकामा न्यायिक मेलमिलाप समितिको संयोजक भएर धारा २४७ को भाग क र ख भित्र समावेश गरिएका नीति नियम अनुसार काम गर्नुपर्ने हुन्छ । त्यो बाहेकका मुद्दाहरु न्यायिक समितिले चलाउन नमिल्ने किसीकको छ ।धेरै मुद्दाहरु मेलमिलाप केन्द्रको माध्यामबाट पुरा गर्नुपर्ने हुन्छ । योजना तर्जुमाको क्षेत्रमा पालिकाको मुहार फेर्ने विकासको निम्ती योजना ल्याउने र क्षेत्र,टोलटोल,गाउँगाउँबाट आएका योजनाहरुलाई प्राथमिकिकरण गर्ने काम हो ।गाउँपालिकाको अर्थतन्त्रलाई बलियो बनाउनको निम्ती राजस्व परामर्श समितिको संयोजक भएर काम गर्नुपर्छ । अहिले नेपालको अवस्था हेर्नुपर्दा दातृ निकायसंग समन्वयन नगरी काम गर्न सक्ने अवस्था छैन । स्थानीय तहमा पनि उपाध्यक्षले विभिन्न एन.जिओ.,आइ.एन.जिओ संग समन्वयन गरेर काम गर्नुपर्छ । महिला विकासका कामहरु,अपाङ्ग समितिको संयोजक भएर पालिकामा काम गर्नुपर्नेछ ।पालिकाको कृषि क्षेत्रका किसानहरुको उत्पादन बढाउनका लागि मलखाद, बिउबिजनको व्यवस्थापन गर्नु जस्ता केही तोकिएको कामहरु जिम्मेवारीपूर्वक प्रमुख भएर काम गर्नु दायित्व हो ।यी कामहरु सम्पन्न गर्न संविधानले दिएको अधिकारलाई प्रयोग गरी काम गर्नुपर्ने हुन्छ ।
३) न्यायिक समितिमा कस्तो मुद्दाहरु धेरै आउने गरेका छन ?
न्यायिक समितिमा धेरै जसो मुद्दाहरु जग्गा खिच्लो, लेनदेनका आउने गर्छन । कुटपिटका, कुलोका, आली धुरीका मुद्दाहरु आउने गर्छन । महिला हिंसा, घरेलु कुटपिटका मुद्दाहरु पालिकामा धेरै भएको सुनिए पनि न्यायिक समितिमा एका दुई मात्र आउने गर्छन । कतिपय महिलाहरुको नागरिकता छैन । नागरिकता भएका महिलाहरु पनि आफ्नो हक अधिकारका लागि कहाँ गएर बोल्दाँ न्याय पाइन्छ भन्ने विषयमा जानकारी नभएर पनि न्यायिक समितिमा पुग्न सकेको छैनन । श्रीमान श्रीमती बीचको मुद्दाहरुमा मेलमिलाप केन्द्रबाट नै मिलापत्र गरेर घरजम गरेर बसेको अवस्था पनि छ ।
४) तपाईले पहिलो कार्यकालमा गर्ने इच्छा हुदाँ हुदै छुटेका विषयहरु के छन त ?
पहिला पनि महिलाको शिक्षा क्षेत्र र महिलाको आर्थिक अवस्थालाई उन्नति गर्न र समाजमा रहेको महिला हिंसा र विभेदलाई अन्त्य गर्ने सोचका साथ अगाडी बढेको हो । तर पनि शिक्षालाई केही हद सम्म सुधार गर्न सकेका छौ । अहिलेका छोरीहरुले राम्रो संग अध्ययन गरिरहेका छन । पढन पनि राम्रो नै छन । भोली गएर उनीहरुको जीवनस्तर पनि राम्रो नै हुन्छ । अहिलेको अवस्थामा पनि महिलाको आर्थिक अवस्थामा उन्नती गर्न सकेको छैन । शैक्षिक अवस्था कमजोर भएर, महिलाहरुमा सिप दक्षता हिम्मत आँट नभएको कारण निर्णय गर्न सक्ने क्षमतामा कम भएको पाइन्छ । हामीले चाहेर पनि महिलाको आर्थिक अवस्थामा सुदृढ गर्न निम्ती पहल गर्दा गर्दै पनि त्यति उन्नति गर्न नसकेको अवस्था छ । महिला हिंसालाई न्युनिकरण गर्नका लागि दाइजो प्रथालाई अन्त्य गर्नुपर्ने जरुरी देखिएको छ । अहिले समाजमा दाइजो प्रथाको विकृति झन बढ्दै गइरहेको छ । समाजमा व्याप्त दाइजो प्रथालाई अन्त्य गर्न छोरीहरुलाई उच्च शिक्षा हासिल गर्ने अवसर दिने र हरेक अभिभावकहरुले छोरीहरुलाई आत्म निर्भर बनाउने वातावरण मिलाउनु पर्छ । तब मात्र पछि गएर छोरीहरुले राम्रो घर पाउनेछन । भोलिका दिनमा दाइजो प्रथाको विकृतिलाई अन्त्य गर्न सफल हुन्छौ ।
५) न्यायिक समितिले न्यायिक क्षेत्रमा कसरी काम गरी रहेको छ ?
वस्तावमा नेपालको संविधान अनुसार न्यायिक समितिको अभिन्न अंगको रुपमा मेलमिलाप केन्द्रलाई लिएको छौ । न्यायिक समितिको कार्य सम्पादनलाई सहजिकरण गरिदिने माध्याम मेलमिलाप केन्द्रको रुपमा रहेको छ । यो हरेक वडा कार्यलयले वडामा नै व्यवस्थित गरेर राख्नुपर्ने हुन्छ । संविधान त एउटा कार्यविधी छ । त्यही कार्यविधीलाई टेकेर न्यायिक समितिको कार्यसम्पादनमा मेलमिलाप केन्द्रको अहंम भूमिका हुन्छ । समाजमा भैरहेको घटनाहरु, गलत प्रवृतिहरु समाधान गर्नका निम्ती र समाजलाई व्यवस्थित गर्नका निम्ती पनि मेलमिलाप केन्द्रले भूमिका खेलेको हुन्छ । न्यायिक समितिबाट मेलमिलाप गराउदाँ भोलीका दिनमा त्यही मुद्दाहरु दोहोरीने अवस्था कम हुन्छ । पहिलो पक्ष र दोस्रो पक्षको समय र आर्थिक पक्ष पनि बचत हुन्छ । पालिकामा आउदाँ कुनै फिस लाग्दैन । अदालतमा जाँदा लाग्ने खर्च पनि बचत हुन्छ । पालिकाबाट दुबै पक्षको मेलमिलाप गराउने सोचले छलफल गराउने भएकोले उचित न्याय पाउँनेछन । अदालतमा मुद्दा चल्दा लामो समय सम्म चल्न पनि सक्छ । पीडितले उचित न्याय नपाउन पनि सक्छन । तर न्यायिक समितिमा आउँदा ६ महिना भित्रमा नै समस्या समाधान गरिसक्ने गरेका छौ । गरिब, आर्थिक अवस्था कमजोर भएका र जिल्ला अदालत सम्म पहुँच नभएका व्यक्तिहरुलाई मेलमिलाप केन्द्र सहज रहेको छ । जनताले न्यायिक समितिबाट उचित न्यायको अनुभूति पनि पाएको छन ।
६) न्यायिक समितिमा आएका मुद्दाहरु कत्तिको अदालत सम्म पुगेका छन ?
मैले न्यायिक समितिमा बसेर काम गरेको एक कार्यकाल बितेर पनि दोस्रो कार्यकालमा काम गर्ने अवसर पाएको छु । न्यायिक समितिमा दर्ता भएका मुद्दाहरु अदालत सम्म पुग्ने संख्या अति नै न्युन छ । हामीले मेलमिलाप समितिमा दर्ता भएका मुद्दाहरुलाई सकेसम्म पालिकामा नै मिलाउन प्रयासरत हुनेछौ । यदी एकादुई जग्गा सम्बन्धी मुद्दाहरुमा न्यायिक समितिले गरेको निर्णय चित्त नबुझेर अदालत सम्म जाने गरेको छन । भने बाँकी सबै मुद्दाहरु पालिकाको न्याय समितिबाट नै मेलमिलाप भएर समाधान भएका छन ।
७) हिंसाबाट पीडित महिलाहरुलाई न्यायिक समितिमा मुद्दा लिएर आउन कस्तो व्यवस्था गर्नुभएको छ ?
हामीले बोर्डबाट पीडित महिला, जेष्ठ नागरिक, बालबालिकालाई न्यायिक समितिमा लाग्ने फि २ सय रुपैयाँ नलिई निःशुल्क मुद्दा दर्ता गराउने निर्णय गरेका छौ । पालिकामा मुद्दा दर्ता गराउँदा नागरिकताको आवश्यक्ता पर्दछ भने मुद्दाको प्रकृति हेरेर घरेलु हिंसा छ भने नागरिकता बिना नै छिटो र सहज रुपमा दर्ता गर्ने वातावरण मिलाउने प्रयास गरेका छौ । यदी कोही निवेदन लेख्न नजान्नेको लागि निवेदन पनि लेख्ने व्यवस्था गराएको छौ ।
८) तपाईको पालिकालाई समृद्ध बनाउने योजनाहरु के छन त ?
पटेवा सुगौली गाउँपालिकाका महिलाहरुलाई प्रत्येक महिना प्याड बैक स्थापना गरेर निःशुल्क सेनेटरी प्याड वितरण गर्ने सोचेका छौ । यसपालीको योजनाबाट तिलगंगा आखाँ अस्पतालको शाखा खोल्नका लागि सम्झौता गरिसकेका छौ । भने अस्पतालाई भवन निर्माण गर्नका लागि पालिकाले जग्गा उपलब्ध गराइसकेका छौ । अर्को वर्ष भवन बनाउने योजना छ । तिलगंगा आखाँ अस्पतालको शाखा यसै वर्ष खोल्ने योजना गरेको छौ । पालिकाको भवन निर्माण गर्न ४ कठ्ठा जग्गा अनुदानमा उपलब्ध गराएका छौ । अहिले ८ देखी १२ कक्षा सम्म अध्ययन गर्ने छात्र विद्यार्थीहरु र युवाहरु बढी भन्दा बढी कुलतमा फसेको अवस्था छ । वीरगंजको सानो पाइला संस्था संग समन्वय गरेर युवाहरुलाई कुलतमा लाग्न नदिन कार्यक्रम संचालन गर्ने सोचमा छौ । यहाँका ८० प्रतिशत जनता कृषि पेशामा आधारित छन । खेती गर्ने किसानहरुको खेती लगाउने मोडलमा परिवर्तन गरेर दैनिक जीवनमा प्रयोग हुने नगदे बाली तर्फ उन्मुख गराउने र अनुदान पनि दिने, पशुपालन गर्ने किसानहरुलाई ५ वटा भन्दा बढी पशुपालन गर्ने किसानहरुको पशुको बिमा गराइदिने, पशुपालनकालागि चाहिने औषधी,डाक्टरको पाालिकाले व्यवस्था मिलाउने । हाम्रो पालिकामा चाहिने दक्ष जनशक्ति उत्पादन गर्न शिक्षा मन्त्रालय संग र सि टी भिटीसंग समन्वयन गरेर टेक्निकल कलेज खोल्ने र डिप्लोमा तह सम्म अध्ययन गराउन पहल गरिरहेका छौ । पालिकाको आयस्तर बढाउन पर्यटकीय क्षेत्रको रुपमा विकास पनि गर्ने योजना गरेका छौ ।