जनसंख्याको हिसाबले हेर्ने हो भने नेपालका सातै प्रदेश मध्ये मधेश प्रदेश नेपालकै सबैभन्दा बढि जनसंख्या भएको प्रदेश भएको २०७८ को तथ्याङ्गले देखाउको छ । पछिल्लो तथ्याङ्गलाई आधार मानेर हेर्ने हो भने ६१ लाख २६ हजार २ सय ८८ यो प्रदेशको जनसंख्या रहेको छ । २०७२ को संविधानको व्यावस्था अनुरुप संघियता संस्थागत भएपछिका सात प्रदेश मध्ये यो प्रदेशमा ८ जिल्ला रहेका छन् ।
बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सप्तरी र सिराहा समेटिएका छन् । क्षेत्रफलको हिसाबले सबैभन्दा कम क्षेत्रफल भएको पनि यहि प्रदेश हो । कोर्षिमा आभारित जीवनशैली यहाँको पहिलो आर्थिक विशेषता रहेको छ । उसो त मदेश प्रदेशमा पनि बारा र पर्सालाई औधोगिक क्षेत्रको हिसाबले चिनाएको छ । यो प्रदेशलाई मानवस्रोत, प्राकृतिक श्रोत, धार्मिक पर्यटन जस्था थुप्र्रै सम्भावना बोकेको छ । पर्सामा वन्यजन्तु आरक्ष रहेको छ भने पर्सा राष्ट्रिय निकुन्ज साथै जंगल सफारी गराउन सकने प्रवल सम्भावना बोकेको छ । देशभरी कुल १४ लाख २० हजार हेक्टर खेति योग्य जमिन छ भने मधेश प्रदेशमा कुल ३ लाख २६ हजार हेक्टर खेति योग्य जमीन छ । वार्षिक करिब १ लाख टन धान उत्पादन यहि प्रदेशमा हुने गर्दछ ।
उत्पादनको उर्भरभुमि ः उत्पादनको उर्भर भुमिको रुपमा यो प्रदेशलाई किन हेरिएको छ भनिरहँदा ।यस प्रदेशमा उत्पादन हुने धान, गहँु, दाल,तेल, फलफुल,उखु लगाएत नगदेबालीले पनि यस प्रदेशमा उलेखनीय परिमाण उतपादन गर्ने गरेको छ । यति मात्रै होईन यो प्रदेशमा कुल उतपालनको ५७ प्रतिशत माछा उतपादन यहिँ प्रदेशमा हुने गरेको छ । उत्पादनको मात्रै होईन पर्यटकिय क्षेत्रको हिसाबले पनि यो प्रदेश प्रदेश उत्तिकै सम्धावनाले भरिएको प्रदेश हो । जानकि मन्दीर, बाराको गढिमाई मन्दीर, रतनपुर जंगल, रौतहटका शिवनगर मन्दीर, बडेताल, जलेश्वर मन्दीर, पर्सा वीरगंजको माईस्थान, भुटनदेवी मन्दीर,बिन्दावासिनी जस्ता धार्मिक स्थल रहेको यस प्रदेशमा बाहिरका पर्यटकहरुलाई चिनाउन, लोभ्याउने प्रसस्तै स्थल रहेकाछन् । कुण्ड सागर, विकार कुण्ड, दशरथ सागर,भुतही पोखरी,सुर्यकुण्ड, घडिवडा पोखरी, पर्सादेखि सप्तरीसम्मका थुपै चर्चित स्थलहरु यसै प्रदेशमा रहेकाछन् ।
उद्योग व्यावसायीकरणको अवस्था ः उद्योग स्थापनाको हिसाले हेर्दा सम्म तथा समथर भुभाग रहेको यस प्रदेशको भौगोलिक अवस्था उद्योग संचालनको निमिक्त प्रसस्तै सम्भावना बोकेको छ यो प्रदेशले । भारतसँग सिमा जोडिएको कारण कच्चापर्दाथ आयतमा सहज वातावरण मात्रै बन्दैन उद्योग व्यावसाय गर्नेहरुको लागि उतपादन र विक्रीवितरणमा समेत सुविधा समपन्न रहेको छ ।
युवाहरुका लागि प्रसस्तै रोजगारी सृजना गर्ने, व्यापार तथा व्यावसायको वातावरण रहेको यस क्षेत्रको रुपमा पनि यो प्रदेशलाई हेर्न सकिन्छ । साना ठुला गरि थुप्रै उद्योग धन्दा रहेको यस क्षेत्रमा पछिल्लो साढेँ ५ बर्षमा ५ हजार ४ सय ८२ वटा नयाँ उद्योगहरु दर्ता भएकाछन् । यो वास्तवमै रोजगारीको मात्रै नभएर समृद्विको लागिपनि सुखद पक्ष हो । थप दर्ता भएका मध्ये सेवा मुलक,उद्योग ३ हजार पाँचसय २७, कृर्षि तथा वन्यजन्तुतर्फ १ हजार ७ सय ३४, उत्पादन तर्फ १ हजार १ सय २४, र पर्यटनतर्फ ४५ वटा थप उद्योग दर्ता भएकाछन् ।
शिक्षाको धरोहर मानिएको प्रदेश
ः
मधेश प्रदेश कणाली पछिको अशिक्षित दोश्रो प्रदेशको अंकमा आउनु अत्यन्तै दुःखद कुरा हो । भौगोलिक दृष्टिले सबैभन्दा सुगम मानिएको यो प्रदेश बाटोघाटोदेखि हरेक कुरामा सुविधा सम्पन्न प्रदेश हो । इतिहासलाई हेर्ने हो भने नेपालमा जतिबेला दरबार हाईस्कुल खुल्यो उतिबेला सिराहमा चन्द मावि पनि खुलेको हो । देशकै गुणस्तरीय कानुन पढाई हुने कलेज राजविराज ल क्याम्पस यसै प्रदेशमा छ ।
वीरगंजको ठाकुराम बहुमुखी क्याम्पस शिक्षा र वाणिज्य संकायमा देशैभरी प्रख्यात रहेको कलेज हो । जनकपुरको रामसागर रामस्वरुप बहुमुखी कलेज विज्ञान अध्ययनमा अत्यन्तै अब्बल मान्ने गरिन्छ । शिक्षाको क्षेत्रमा सबैभन्दा सुलभ अनि भौगोकि हिसाबले सम्पन्न यस प्रदेशका नागरिक अशिक्षितको रेखामुनि हुनु भनेको बत्ति मुनिको अध्यारो हो भन्ने कुरा कहिले र कस्ले बुझिदिने ?
मधेश प्रदेश भन्ने बित्तिकै गरिव मानसिकताले हेर्ने गरिन्छ । कारण सबैभन्दा सुगम क्षेत्र भएर पनि साक्षारतामा कणाली प्रदेश पछिको कमजोर प्रदेश भनेर बुझ्ने गरिन्छ । स्वभाविक हो, हरेक कुराको सम्भावनाले प्रसस्त मार्गनिर्देश गर्नसकने क्षमतावान यस प्रदेशको शिक्षा कमजोर छ । हामीलाई थाहा छ आज शिक्षा र प्रविधिले कति लामो फड्को मारिरहेको छ । र त समाजसँगै मानविय सोचमा परिवर्तन छ जस्को फल स्वरुप बिकाशको गति त्यहिँ दौडिएको छ जहाँ नागरिक शिक्षितछन् ।
यस प्रदेशमा भएका श्रोत र साधनको उचित प्रयोग गर्न स्थानियदेखि प्रादेशिक सरकारको प्रावकारी भुमिका आवाश्यक छ । शिक्षाको क्षेत्रमा निती तथा कार्यक्रमका आवाशयक योजना बन्न र बनेका योजना कार्यवनयनमा जोड दिन आवाश्यक छ भने अहिलेपनि थुप्रै बालबालिकाहरु शिक्षाबाट बन्चित छन् । जो स्कुल कलेजमा छन् तिनिहरुलाई उचित शिक्षाको अभाव दक्ष शिक्षकहरुको पहुँच र प्राविधिक शिक्षामा आवाश्यक बजेट आवाश्यकता छ । उत्पादनको क्षेत्रमा मल बिउ विजन लगाएत बजार व्यावस्थाको योजनालाई थप सुदृढ गराउन आवश्यक छ । पर्यटकीय क्षेत्रलाई व्यावस्थित बनाउन पहल आवशयक छ ।
हरेक कुरामा सुगम ठाँउ भएर पनि सबैभन्दा पछाडी यो प्रदेश हुनु प्रदेशवासीको लागि लज्जासपद हो । यसमा यो प्रदेशका सबै सरकार र सर्वसाधारणले पनि सजग भएर अगाडी बढ्नु पर्ने अवस्था देखिएको छ ।