दुर्गा व्यूटिपार्लरका संचालिका राधा शर्माको जन्म धनुषा जिल्लाको विकट गाउँ लालगढमा भएको हो । वीरगंजका प्रमोदराज शर्मासगं २२ वर्ष अगाडी विवाह भएपछि उनी वीरगन्ज आएकी हुन् । एक छोरा र एक छोरीकी आमा राधा घर बाहिर निस्केर केही गर्न हुन्न भन्ने विगतको मान्यता तोड्दै आफू व्यवसाय गर्न सक्षम भएकी छन् । नेपाल व्यूटिसियन संघ पर्साको नगर अध्यक्ष समेत रहेकी उनी सीप सिकेर महिला पनि समाजमा केहि गरेर देखाउन सक्छन भन्ने उदाहरण मध्ये एक पनि हुन् । २०६२ सालदेखि सौदर्य पेशामा आबद्ध रही व्यूटिसियन पेशा अंगाल्दै आएको बताइन् । आम्दानी पनि ठिकै हुने र घर व्यवहारमा पनि सहयोग हुने भएकोले महिलाहरुका लागि यो पेशा पनि नराम्रो नभएको उनको तर्क छ । महिलाले पनि आयस्तर बढाउन सक्ने भएकोले महिला, दिदी बहिनीहरुले कुनै न कुनै सीप सिकेर सामाजिक काम र आफ्नो लागि धेरै कार्य गर्न सक्ने उनको तर्क छ । महिलाहरुका लागि सौदर्यकर्ममा लागेर स्वरोजगार बनेकी दुर्गा व्यूटिपार्लकी संचालिका उनै राधा शर्मासंग गरिएको बिशेष कुराकानी ः
१ ब्यूटिसियन पेशामा आवद्ध हुने प्रेरणा कसरी पाउनु भयो ?
व्यूटिसियन पेशामा आउनलाई प्रेरणा चाहि मनदेखि नै आएको हो । साच्चिकै भन्ने हो भने हाम्रो जेठानीलाई अफर आएको थियो । तर उहाँलाई यो पेशामा रुचि नभएर मैले त्यो मौका पाएको हो । मैले आफ्नो सासुलाई आमा मलाई सिखाईदिनुस् न भने । जस्तो गरेर मैले सासुलाई लुकेर विस्तारै भन्न गए । त्यतिखेर हामीलाई घरबाट निस्कने बाटो नै थिएन । एकदमै हामी पहाडी मूलको भएर पनि पुरै देहातभन्दा पनि देहातको संसकारमा थियौं । यस्तो दबाएर राख्ने पनि होइन । तर घरमा नै सबै थोक पुर्यादिने । तर सासुलाई भनेपछि सासुले मान्नु भयो । सिक्ने मौका सासु मार्फद पाएँ । त्यसैले मेरो सासु मेरोलाई प्रेरणाको अर्को श्रोत हो । उहाँको स्वीकृति नभएको भए म आज यो पेशामा नहुन पनि सक्थें कि ?
२) पार्लर संचालन गर्दा परिवारको साथ सहयोग कतिको पाउनु भएको छ ?
पार्लर संचालन गर्दा सुरुवातमा कतिलाई मन परेको थिएन होला । तर मेरो सासुले धेरै साथ दिनुभयो । उहाँले मलाई पैसा पनि लुकाएर दिनु भयो । मैले सुरुवातमा लगभग २ हजारमा संचालन गरेको होइन । दुइ हजारले त्यतिखेर एउटा पार्लरको ऐना पनि आउँदैन थियो । त्यसैले मेरोलागि सासुको भूमिका धेरै सह्रानीय छ ।
३) यो पेशामा आउँदा कस्ता समस्याहरुको सामना गर्नु भएको छ ?
समस्याहरु त धेरै आए । तर बाहिरबाट होइन । मेरो घरबाट समस्या आयो । मेरो स्वम् आफ्नै मान्छेले पनि सिसाफुटाइ दिने । अर्को कुरा कहिलेकाही कम्पनीका मान्छे आउँदा त्यहाँ शंखा पनि भयो । पुरुष मात्र किन आउँछन् ? महिला किन आउदैनन् भन्ने कुरा पनि हुन्थ्यो । तर पनि मैले पिस्तारै पिटाइ खाएर हुन्छ कि के गरेर हुन्छ काम गर्दै जाँदा आज यहाँसम्म आइपुगेको छु ।
४) आफ्नो पार्लरको आम्दानीबाट कतिको सन्टुष्ट हुनुहुन्छ ?
सुरुवातमा देखावटी २ हजारबाट काम थालेको हो । मैले सोचेको थिएन । म याहाँसम्म पुग्छु भनेर । मैले सोचेको पनि थिएन । पार्लर पेशा भनेपछि मलाइ लाग्दैनथ्यो कि यो पेशा गरेपछि मान्छे र सम्मान र पैसा पनि हुन्छ भनेर । मेहनत त्यतिकै छ । मलाई चाही राम्रो छ । दुईवटा छोरा छोरी पढाइरहेको छु गौतम मा वि.मा ।
५) पेशामा तपाईले कति जनालाई दक्ष बनाउनु सक्नु भयो ?
यसरी भन्नुपर्दा मैले सिटिइभिटीको पनि तालिम दिन्छु । यसरी चाही गन्न सकिन्न । एउटै तलिममा २० जनासम्म हुन्छन् । तालिमहरु धेरै चलाइयो । मोरो आफ्नो पार्लरबाट लगभग ५० देखि ६० जना सिकेर गएका छन् । यसरी हेर्दा धेरैलाई सीप सिकाइयो पनि । कोही काठमाण्डौं, जनकपुर, वीरगंज नेपालगञ्जमा पार्लर खोलेर बसेका पनि छन् ।
६ व्यूटिसियनको साथै गृहिणी पनि हुनुहुन्छ । समय व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
एउटा महिलालेभन्दा बढी कसले समय मिलाएर हिड्छ होला र ? कसरी भन्ने त्यो कुरा त्यो शब्दमा व्ययान गर्न सकिदैन । बिहान ५ बजे उठेर यो र त्यो ग¥यो । स्वम् एउटै घरमा श्रीमान् श्रीमती अफिस जाने हुन्छ । तर श्रीमान् सुतिरहेकै हुन्छन् । श्रीमान्भन्दा श्रीमती पहिला उठेर घरको सबै काम सकेर श्रीमान्को कपडा समेत आइरन गरीसंगै अफिस जान पर्छ । छोरा मान्छेभन्दा छोरी मान्छेको अफिसमा पनि धेरै काम हुन्छ । छोरी मान्छेले घर र परिवार मिलाएर हिड्नु पर्छ । दुःख सुःख त आइनै रहन्छ नि ।
७) व्यूटिपार्लरहरु च्याउझंै उम्रिरहेका छन् । यसको मापडण्ड पनि छैन । स्थानीय सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ ?
पार्लर च्याउ जस्तो भएपछि सबै पार्लरलाई गाह्रो भएको छ । त्यो पनि सहि कुरा हो । तर मेलै चाही अरु पार्लर च्याउ जस्तो उम्रे भनेर पार्लर चलेन अरुले पार्लर नसिकोस् भनेर भन्न पनि मिलेन । किन भने विस्तारै हामीले छोड्ने अवस्था आउँछ । नयाँहरु उम्रिदै गर्छन् । पुरानो हाँगा भाँचिदै गर्छ नयाँ पात आउदै गर्छ भने जस्तै हो । अब हामी पनि झर्ने बेला भयो । अब हामीले सल्लाह दिने कुरा भएन । अलिकति सिमित तरिकाले गरिदिदा अलि कति राम्रो हुनथ्यो ।
८) व्यूटिसियन बन्न ध्याउन्नमा रहेका दिदी बहिनीलाई के सुझाव दिनु हुन्छ ?
मैले चाही स्वयम् पढेको कुराभन्दा भोगेको कुराहरुबाट धेरै जान्छु । आफ्नो जिवनमा भएको घटनाले मान्छेले धेरै कुरा सिक्ने मौका पाउँछ । सैद्धान्तिक कुराभन्दा पनि प्रयोगात्मक कुराले बढि भूमिका खेल्छ । पार्लर भनेपछि हरेक महिलाहरु एक आपसमा जोडिएका हुन्छौं । कोही डिभोर्सी छ उसको लागि पार्लर ठिक छ । अब पढेलेखेका दिदिबहिनी छन् । उसले जागिर गर्दा आम मानिसको हेर्ने दृष्टिकोण सकारात्मक हुन्न । तर पार्लर गर्दा यो सुरक्षित पेशा पनि हो । कसैले औला ठड्याउन पनि सक्दैन ।
९) अहिले पिछडिएका महिलाहरुलाई तालिम निःशुल्क दिने सोच पनि छ ?
आजभन्दा १८ वर्ष अगाडी कसैको साथ मिल्दैनथ्यो । मेरो सासुको साथले म यहाँसम्म आइपुगें । कुनै पनि एकल महिला वा श्रीमान्बाट पीडित महिला जो अलग भएर बसेका छन् । त्यस्तालाई निःशुल्क तालिम दिएर दक्ष बनाउने चाहना छ । त्यस्तो खाले कोइ छ ? भने ६ महिनाको कोर्ष गराएर उसको भविष्य बनाउन तयार छु । अहिले छ महिने तालिम गराए वापत ५० हजार लिने चलन छ । २० जनासम्मलाई तालिम दिन सकिन्छ ।