पर्सागढी नगरपालिका वडा नं.–३ घरभएका पर्सागढी नगरपालिकाको नगरप्रमुख गोकर्ण पाठक विद्यार्थी जीवनदेखि नै राजनीतिमा होमिएका कर्मठ नेता हुन् । उनी २०३८ सालदेखि नै राजनीतिकमा सकृय छन् । पार्टीको विभिन्न पदहरुमा बसेर पार्टीका गतिविधि र जनताका काममा लागेका उनी २०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालिन विरुवागुठी गा.वि.स.को अध्यक्ष भई ५ वर्ष जनताको काममा लागि परेका जनप्रतिनीधि पनि हुन् । २०७४ को निर्वाचनमा झिनो मतले पराजित भएका उनी २०७९ को निर्वाचनमा भने अहिलेको पर्सागढी नगरपालिकाको नगरप्मुखमा निर्वाचित स्थानीय सरकारकै प्रमुख हुन् ।लामो समयदेखि राजनीतिमा सकृय रही पछिल्लो मुलुकको संरचनामा स्थानीय सरकार प्रमुख रहेका उनै नगरप्रमुख गोकर्ण पाठकसंग पर्सागढीको नगरपालिकाको समृद्धि र विकास लगायतका बिषयमा केन्द्रित रही गरिएको विशेष कुराकानी :
१) विद्यार्थी जीवनबाट नै राजनीतिक क्षेत्रमा आकर्षित हुनुको कारण के हो ?
म २०३७ सालमा काठमाण्डौमा बसिरहेको अवस्थामा अमृत साइन्स क्याम्पसमा विद्यार्थीहरुको ठूलो आन्दोलन भएको थियो । त्यस बेलामा देश तथा समाजमा भैरहेका विसंगति, विकृतिहरु, विभेदहरुलाई हटाउन युवाशक्ति नै लाग्नुपर्ने महसुश मलाई पनि भयो । तत्कालिन पञ्चायत कालमा प्रधानपञ्चहरुको गतिविधि, काम कर्तव्य जनमुखि थिएनन् । उनीहरुका गतिविधिबाट असन्तुष्ट भएर समाज परिवर्तनको लागि हामी जस्ता युवाहरुले झन आवश्यकता खड्किएको पनि महसुस भयो र म पनि राजनीतिक क्षेत्रमा आकर्षित भएको हुँ ।
२) तपाईको ५ वर्षे कार्यकालमा नगरपालिकालाई समृद्ध बनाउने योजनाहरु के के छन ?
विकासका समग्र पक्षहरु शिक्षा, स्वास्थ्य, आर्थिक विकासका पक्षहरु, कृषि, पशुपालन, भौतिक पूर्वाधार, पर्यटन क्षेत्रको विकास, सुशासनको समग्र पाटोलाईसगै लिएर पर्सागढी नगरपालिकालाई राम्रो र समृद्ध बनाउने सोच र योजनाको साथ अगाडी बढेको छु ।
३) बेरोजगार महिला तथा युवाको समस्यालाई समाधान गर्न कस्तो योजना बनाउनु भएको छ ?
पर्सागढी नगरपालिका जिल्ला सदरमुकामबाट टाढाको ग्रामिण क्षेत्रमा रहेको नगरपालिका हो । यहाँ बेरोजगार युवा तथा महिलाहरुलाई रोजगार बनाउन सीपमूलक कार्यक्रमहरु ल्याएका छौं । रोजगार सृजनाको लागि हाम्रो आफ्नै पालिकामा औद्योगिक ग्राम भन्ने परियोजना चलिरहेको छ । त्यसले पनि एक हदसम्म मानिस स्वालम्वन बनाउन तालिमहरु संचालन गर्ने कामहरु गरिरहेको छ । यस बाहेक हामीले पनि आफ्नो बजेट मार्फत सीपमूलक कार्यक्रमहरु पलम्बर, सिलाइ कटाई, मोटरसाइकल तालिम,कमप्युटर तालिम जस्ता विभिन्न सीपमूलक तालिमहरुमा बढीभन्दा बढी महिला र युवाहरुलाई समावेश गर्ने योजना गरेका छौं । आगामी दिनहरुमा पनि यि सीपमूलक तालिमहरुलाई निरन्तरता दिदै महिला तथा युवाहरुलाई बढीभन्दा बढी समावेश गरी स्वाबलम्बी बनाउने लक्ष्य राखेको छु ।
४) तपाई नगरप्रमुख पदमा निर्वाचित भए पछि के–के काम गर्नु भएको छ र के गर्न बाँकी छ ?
शिक्षा क्षेत्रमा हाम्रो नगरपालिकामा २५ वटा खाली दरबन्दीको पदपूर्ति गर्नका लागि व्यवस्थापन समिति गठन गरेर पदपूर्तिको प्रक्रियामा लागिरहेको छु । नगरपालिकाको स्रोतबाट स्वयम सेवक शिक्षक परिचालन गर्नकालागि बजेट विनयोजन गरेका छौ । स्वयम् सेवक शिक्षकको न्युक्तिको लागि पनि अन्तिम चरणमा पुगेको छ । केही नीतिगत कुरा, ऐन कानुन बनाउने कामहरु भएको र राजपत्रमा प्रकाशित भएर कार्यान्वयन नभएको अवस्थामा रहेकोलाई राजपत्रमा प्रकाशित गरी कार्यान्वयन गर्ने काम गरे । त्यसपछि केही नियमावली र कार्यविधीहरुलाई बनाइसकेको छौ । यसलाई कार्यन्वयनमा लाने तयारी छौ । स्वास्थ्य क्षेत्रमा आधारभुत स्वास्थ्य संस्थाहरु खोलिएको तर दर्ता गर्ने काम गरेका छौ । केही स्वास्थ्यका महत्वपूर्ण सामाग्रीहरु प्रदेश र विभागबाट ल्याएर त्यसकोलागि भौतिक पूर्वाधार तयार गरी प्राविधिकहरुको व्यवस्थापन गर्ने तयारीमा छौ । जनतालाई सेवा पु¥याउनको लागि नगरपालिकाका नागरिकहरुलाई अपे्रशन गर्दा आवश्यक पर्ने रगत उपलब्ध गराउन सहज होस भनेर ब्लड बैकमा केही रकम दिएका छौ । पालिकाभित्रका नागरिकहरुले आफ्नो परिचय खुल्ने परिचयपत्र कार्ड भएमा ब्लड बैकबाट निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको छौं । विकासका भैपरी आउने बाटाघाटा, पुलपुलेसा कामहरु अगाडी बढाइरहेका छांै । नयाँ बाटो निर्माण गरेको छौ । कृषि सडकका रुपमा २ वटा बाटो बनाएका छौं । एउटाकोस्तर उन्नति गरेका छांै अर्को बनाउने चरणमा छांै ।
५) तपाईको पालिकाको शिक्षाको गुणस्तर अभिवृद्धि गर्न कस्तो योजना गनुभएको छ ?
हाम्रो पालिकामा ४ स्तरका विद्यालयहरु छन् । जसमध्ये ३ वटा १२ कक्षा संचालन भएका विद्यालयहरु छन् भने अन्य आधारभूत, प्राथमिक, १ वटा जिरो दरबन्दीमा कक्षा ३ सम्म संचालित विद्यालय गरी जम्मा ३० वटा विद्यालयहरु छन् । शिक्षाको गुणस्तरमावृद्धि गर्न नगरपालिका भित्रका खुलेका सरकारी विद्यालयहरुको विद्यार्थी संख्या र विद्यालयको अवस्था हेरेर आवश्यक विद्यालयहरुलाई समायोजन गरिनेछ । शिक्षक पद परिपूर्ति गर्न जनशक्ति आपूर्ति विभागमा कुराकानी गर्ने र अपुग जनशक्तिहरु नगरपालिकाको स्रोतबाट व्यवस्थापन गर्ने । विद्यालयमा भएका जनशक्तिहरुको अधिकतम प्रयोग गरी राम्रो अध्यापन गराउने स्वयम् बेला बेलामा पालिकाका विद्यालयहरुमा गएर विद्यालयको भौतिक पूर्वाधारको अवस्था, विद्यार्थी उपस्थिति, शिक्षक उपस्थिति अनुगमन गरेको छु । मेरो कार्यालय सहयोगी र शिक्षा शाखाबाट पनि अनुगमन नियमित भइरहेको छ । आगामी ५ वर्षमा पर्सागढीका सरकारी विद्यालयहरुलाई विद्यालय जस्तो बनाउने योजना गरेको छ ।
६) तपाई हाल सम्म काम गर्दा के कस्ता चुनौतिहरु देखा परेका छन् ?
अहिलेसम्म धेरै अप्ठ्याराहरु, आर्थिक संकटहरु देखा परिरहेका छन् । किन कि ईच्छाशक्ति हुदाँहुदै पनि यो पालिका आफैमा विशुद्ध अनुदानबाट चलेको छ । थोरै आफ्नो आन्तरिक स्रोत छ । दक्ष जनशक्ति व्यवस्थापन प्रमुख चुनौतिको रुपमा देखिएको छ । दक्ष जनशक्ति हामीसंग कम छ । यसलाई समस्यालाई आन्तरिकबाट नै समाधान गर्ने सोचका साथ अगाडी बढेका छौ । त्यस बाहेक अन्य बाह्य समस्याहरु खासै आइपरेका छैनन् । सन्तुलित ढंगले सबै किसिमका भावनाहरुलाई समेट्दै गए खासै गाह्रो हुदैन । चुनौति भनेको पछ्यौटेपन हो । यसमा सबै पक्षलाई चिर्दै अगाडी बढ्ने योजना छ ।
७) धेरै ठाउँमा विपक्षी दल र नेताहरुको असहयोग हुने गरेको सुनिन्छ । तपाईको पालिकामा के छ अवस्था ?
काम गर्ने मामलामा सबैको साथ र सहयोग पाएको छु । म निर्वाचित भएर आएपछि हिजो रहेका कर्मचारीहरुबाट नै काम गराइरहेको छु । कतिपय स्थानीय तहका पालिकाहरुमा नयाँ नेतृत्व आएपछि कर्मचारीहरु हेरफेर गर्ने काम गरेका छन् । तर मैले यस्तो किसिमको प्रवृति नगरी भएको जनशक्तिहरुलाई नहटाई उनीहरुको अधिकतम प्रयोग गरेर काम गरेको छु । खासै मैले असहयोगको अनुभूति गरेको छैन । अन्य राजनीतक दलका साथीहरुले पनि मेरो काम र मलाई असहयोग गरेको छैन । सबै पालिकामा सबै दलका मिश्रित वडाध्यक्षहरु हुनुहुन्छ । तर पनि सबैबाट राम्रो सहयोग पाइनै रहेको छु । असहयोगको कुनै वातावरण मेरो पालिकामा छैन ।
८) तपाईको पालिकामा कृषकहरुको आयआर्जन वृद्धि गर्न के गर्दै हुनु हुन्छ ?
कृषि क्षेत्रमा ३ वटा अभियान चलाएका छांै । किसानलाई प्रोत्साहन अनुदानको रुपमा किटनाषक विषाधी छर्नका लागि निःशुल्क इलेक्ट्रोनिक ट्याङ्की, इलेक्ट्रिक मोटर, पशुपालन कृषकलाई दुधमा अनुदान कार्यक्रम, तरकारीजन्य बिउ बिजन, हिउँदे धान वितरण गर्ने योजना छ । त्यस बाहेक सशक्त अनुदानमा आएका रकम मकै प्रबर्धन कार्यक्रम, हिउँदे धान प्रबर्धन कार्यक्रम पनि संचालन गरेका छौं । किसानहरुलाई विभिन्न तालिम गराउदै लैजाने व्यवस्था मिलाउने काम गरिएको छ ।
९) गरिब, विपन्न समुदायका जनताहरुको आर्थिक अवस्था सुदृढ गर्न कस्ता योजना कार्यान्वयन गर्दै हुनु हुन्छ ?
पहिला पालिकाको इकाई मार्फत सीप सिक्ने वातावरण बनाउने छौं । खरको छानो मुक्त पालिका बनाउन बजेट विनियोजन गरिसकेका छौं । शिक्षा क्षेत्रमा उपमेयर कार्यक्रमकबाट जेहेन्दार गरिब, दलित, विपन्न विद्यार्थीलाई छात्रावृति वितरण गर्न पनि बजेट विनियोजन भएको छ । यो योजनालाई निकै सकृयताका रुपमा कार्यान्वयन तहमा पु¥याएर जनतालाई अनुभूति हुने गरी कार्यसम्पादन गर्छौं ।
१०) स्वास्थ्य सेवाका सन्दर्भमा पर्सागढीवासीले कस्तो सेवा पाउँदैछन् ?
हाम्रो पालिकामा ५ वटा स्वास्थ्य संस्थाहरु छन् । ती मध्ये २ वटामा वर्थिङ्ग सेन्टर संचालन भइरहेको छ । ४ वटा आधारभूत स्वास्थ्य संस्था छन् । पालिकाका हरेक स्वास्थ्य संस्थामा नेपाल सरकारबाट सूचिकृत गरेका औषधीहरु उपलब्ध गराएका छांै । नियमित खोपहरु पनि चलिरहेको छ । पालिकाका उमेर समूहका बालबालिकाहरुलाई विद्यालयमा बुष्टर डोज खोप कार्यक्रम पनि गरिरहेका छौं ।
११) पर्सागढीवासीलाई थप के सन्देश दिन चाहनु हुन्छ ?
पर्सागढीको समग्र हितको लागि मलाई जनताले विश्वास गरेर यहाँ पठाउनु भएको छ । उहाँहरुलाई धन्यवाद नदिइरहन सक्दिन । आम मतदाताले मलाई चुन्नु भएको ठानेको छु । सबैलाई धेरै नै आभार व्यक्त गर्न चाहन्छु । विकास निर्माणका पक्षमा सबै राजनीतिक दल, संघ–संस्था, नागरिक समाज र पर्सागढीवासीको सदैव साथ सहयोग पाइरहे म इमान्दारीपूर्वक यो पालिकाको समृद्धिको लागि खरो गरी उत्रिने छु ।