राजनीतिको यात्रा २०४७ सालदेखि सुरु गरेका अजय चौरसिया अहिले वीरगंज महानगरपालिकाको वडा नं.–११ का वडाध्यक्ष हुन् । २०५४ मा पनि स्थानीय निकायको चुनाव लडेर पराजित भएका उनी २०६० सालमा भने सरकारद्धारा मनोनित वडाध्यक्ष भएरै छोडे । राजनीति गर्दा पनि निष्ठामा रहेर काम गर्नु पर्छ भन्ने मान्यता राख्ने उनी पहिले स्थानीय निकाय हुँदा पनि निर्वाचन जितेकै व्यक्ति हुन् । अहिले गणतन्त्र आएपछि पनि पहिलो चुनावमा पराजित भए पनि हार नखाई पुनः २०७९ को स्थानीय तहको निर्वाचनमा जनताको माया र विश्वास बटुल्ल सफल भएका निर्वाचित वडाध्यक्ष हुन् । उनै वीरगन्ज महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष अजय चौरसियासँग वडाको विकास निर्माण र स्थानीय राजनीतिको सन्दर्भमा केन्द्रित रही गरिएको बिशेष कुराकानी :
१) पाँचवर्षे कार्यकालमा वडालाई समृद्ध बनाउने तपाईका योजनाहरु के–के छन् ?
म राजनितीमा आइसकेपछि मेरो चाहना मेरो वडालाई राम्रो बनाऊ भन्ने नै हो । जनताको हितको लागि काम राम्रो गरौं भन्ने हो । अहिले वडाका पुरानो बस्तीहरुमा जिर्ण भएका सम्पूर्ण सडकहरु निर्माण गर्नु पर्ने छ । पुरानो बस्तीहरुमा जति विकास हुनुपर्ने हो त्यति भएको छैन । त्यसकारण मेरो दृष्टि चाँही जनतालाई विशेष दुुःख कहाँ छ ? त्यहाँ के गर्न सकिन्छ भन्ने हो । सोही अनुसारको कामलाई प्राथमिकता दिन्छु । गरीब, विपन्न, युवा तथा महिलाहरुको लागि सीपमूलक तालिम दिई महिलाहरुलाई आय–आर्जनको क्षेत्रमा वृद्धि गराई सक्षम बनाउनु हो । श्रीपुर क्षेत्रमा वर्षात्को समयमा पानी जम्ने समस्या भएकोले समधानको लागि झाँजी खोलामा खसाल्ने योजना गरेको छुु । वडा भित्रको सार्वजानिक जग्गा अतिक्रमण गरी बनाएका घर, टहरा भत्काई सडकलाई फराकिलो पार्ने मेरो योजना छ ।
२) निर्वाचित भएको ९ महिनाको अवधिमा के–के काम गर्नु भएको छ ?
निर्वाचित भएपछि पहिले प्रदेश सरकार र केन्द्रको बजेटबाट विभिन्न कामहरु गरेको छु । रानीघाटमा शिव मन्दिर, श्रीपुर स्कूलमा पुरानो जिर्ण रहेको देवकोटा अध्ययन केन्द्रलाई नष्ट गरेर पुनः निर्माण गरें । श्रीपुर स्कुलमा अधुरो रहेको २ तले भवन पूर्ण निर्माण भएको छ । श्रीपुुर गाउँमा जिर्णरहेको पुुरानो धर्मशाला बनाउन पनि सफल भइएको छ । त्यहि प्राङ्गणमा एउटा टावर पनि जडान गरेको छुु । प्रदेश सरकारबाट ल्याएको बजेटबाट काम सुुरु भएको छ । जुन श्रीपुर पुुरानो शिव मन्दिर छ । केन्द्रद्धारा संचालित गरीब परिवारको छाना लगाउन ६० घर परिवारलाई छाना लगाउँने व्यवस्था गरेको छ । प्रदेश सरकारद्धारा गरीब, विपन्न, दलित परिवारलाई घर बनाई दिनकोलागि पनि पहल गरेको छुु ।
३ कुन शिर्षकलाई बढी प्राथमिकतामा राखेर बजेट विनियोजन गरिरहनु भएको छ ?
वडामा सिमित बजेट भएता पनि विभिन्न बाटो लगायत शिर्षकमा बजेट छुुट्याएको छ । त्यस्तै महिलाहरुको लागि सिलाई कटाई, व्यूूटिसियनको लागि बजेट छुुट्याएको छ । जेष्ठ नागरीकहरुलाई जाडोबाट बचाउन, पानीबाट बच्नका लागि उहाँहरुलाई कसरी राहत दिने यो शिर्षकमा पनि बजेट छुुट्याएको छ । फोहोर व्यवस्थापनका लागि बजेट छुट्याएको छ ।
४ शिक्षाको क्षेत्रमा के गरिरहनु भएको छ ?
स्कुलको सरसंग निरन्तर संवाद भइरहेको छ । स्कुुलको हेडसर बनाउनका लागि बजेटबाट पैसा दिईरहेको छ । स्कुलको लागि सिपमूलक शिक्षाको अवधारणा आएको छ । त्यसकोलागि पनि प्रदेश सरकारबाट सहयोग पाएको छुु । जति सकेको छुु त्यति पहल गरेको छुु । श्रीपुुर स्कुलमा पुुरानो डेस्क र बेन्च छ । वीरगंज महानगरपालीकाले ७ सय ५० ओटा कुर्सि, टेबल, बेन्च बनाइरहेको छ । श्रीपुुर स्कुुललाई १ सय ५० आवश्यकता छ । त्यसको लागि व्यवस्था गर्दै छु । स्कुुलमा समस्या भयो भने मसंग सलाह लिनुु भनेको छुु ।
५. तपाईले ११ नं. वडाका महिलाका लागि चाही के कार्यक्रम ल्याउनु भएको छ ?
अहिलेको परिस्थिति मोडेल तिर गइहालेको छ । पहिला धुुपबती, अचार बनाएर जीविकोपार्जन गरिन्थ्यो । अहिले कम्प्यूटर सिक्ने तिर मानसिकता छ । व्युटिसियनको तालिम भइरहेको छ । त्यस्मा ३० जना सिक्ने महिलाहरु छन् । यो तालिमबाट महिलाहरुलाई दक्ष बनाउन फेरि पनि निरन्तरता दिन वाचा गरेको छुु ।
६) तपाई निर्वाचित भएपछि काम गर्ने क्रममा कस्ता समस्याहरु आइपरेका छन् ?
मकहाँ आउले मान्छे सायदै मेरो बिरोधी भएर जान्छ । काम गर्ने सिलसिलामा बहिरबाट बिरोध हुदैन । म राजनीतिक दलहरुसंग समन्वय गरेर काम गर्छु । मैले गर्ने कामको अवगत गराउँछुु । काम पुरा गर्छु । अहिले पनि तत्काल म विभिन्न कामहरु गरिरहेकै छु ।