निर्माणको अन्तिम चरणमा रहेको औद्योगिक क्षेत्र बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र ‘सेज’ भित्र चरम भ्रष्टाचारको नमुना रहेको पाइएको छ । निर्माण समाग्री कम गुणस्तरको प्रयोग गरेका कारण सेज भित्र निर्माणधिन ९ करोडको प्रदर्शनी भवन ढलानकै क्रममा भत्किएपछि रहस्य बाहिर आएको हो ।
प्रदर्शनी भवन भत्कँदा मोरङ जिल्ला सुनबारी नगरपालिका वडा नं ६ बस्ने २० वर्षीय अर्जुन मुर्मुरे र २६ वर्षीय मोहन मुर्मुरे गरी दूईजना घाइते समेत भएको प्रत्यक्षदर्शीले बताए । स्वदेशी उद्योगलाई प्रवद्र्धन र आयातलाई प्रतिस्थापन गर्ने उद्देश्यका साथ सो क्षेत्रमा नेपाल सरकारको ५ अर्ब लगानीमा अन्य सम्रचनाहरु प्नि निर्माण अन्तिम चरणमा पुगेका छन् ।
८ सय ३३ विगाहा क्षेत्रफलमा निर्माण भएको ५ वटा ब्लक सहितको सेजभित्र हाल ‘ए’ ब्लकमा उद्योगका लागी चाहिने विद्युत, सडक, खानेपानी, प्रशासनिक भवन, बैंक, बिमा, हुलाक, स्वास्थ्य चौकी, भन्सार, आवास, मुख्यद्वार, सुरक्षा चौकी, चमेनागृह, बालबालिकाका लागि ‘डे केयर’, सार्वजनिक शौचालय लगायतका आवश्यकीय संरचना निर्माण भइसकेको छ । प्रदर्शनी हल निर्माणको क्रममा सोमबार साँझ ढलानको क्रममा पिलर र छत सहित भवण भत्कीदाँ झण्डै ९ करोडको भवण सखाप भएको स्थानीय महेश दास थारुले बताए । गुणस्तरहिन निर्माण समाग्री प्रयोग गरेका कारण भवण भत्किएकोमा स्थानीयहरुले यसको विरोध समेत गरेका छन् ।
स्थानीयले ठेकदारको लापरबाहीले निर्माणाधीन प्रदर्शनी हल भवन भत्किएको आरोप लगाए । निर्माणको जिम्मा प्रतिष्ठा निर्माण कम्पनीले लिएको छ । सम्झौतामा सो हल हल एक हजार २ सय ५० वर्ग मिटरको बन्ने उल्लेख छ । उद्योगका लागि आवश्यक भौतिक संरचना निर्माणमा सेजले पाँच अर्बभन्दा बढी खर्च गरिसकेको छ । हालको छत भत्किएपछि प्रहरीले सह–ठेकेदार इटहरीका ४५ वर्षीय प्रदिप बजगाईलाई पक्राउ गरेको छ ।
सरकारले निर्यात प्रवद्र्धन, व्यापार घाटा कम गराउन र देशमै रोजगारी सिर्जना गर्न सात प्रदेशसहितका मुलुकभर १४ वटा सेज घोषणा गरे पनि भैरहवापछि सिमरा सेज तयार भइरहेको हो । ३ सय ४३ विगाहा क्षेत्रफल रहेको ‘ए’ ब्लकमा ६८ वटा प्लट छुट्याएर गार्मेट प्रोशेसिङ्ग जोन तोकिएको छ । ३५ वटा उद्योग रहने यस ब्लकका सबै प्लट बुक भइसकेको जनाइएको छ । निजी क्षेत्रका उद्योगीले ७ अर्बसम्म लागनी गर्न लागेका ए ब्लकमा मात्रै झण्डै ८ हजार युवाले रोजगारी पाउने अनुमान नेपाल सरकारको छ ।
तर निर्माणको जिम्मा लिएको प्रतिष्ठा निर्माण र गौरी पार्वती जेभिको संयुक्त पहलमा करिब ९ करोड रुपैयाँ लागतको ठेक्का सकार गरेका ठेकेदार कम्पनी र सेज कार्यालयका इन्जिनियर, प्राविधिक तथा कार्यालय प्रमुखको अवैध आर्थिक लाभका कारण निर्माण कै क्रममा भवण भत्किएको स्थानीयको आरोप छ । पिलरको उचाइ बढी हुँदा ढलान भएको भवनको टेकोमा समस्या आएर भत्किएको सिमरा सेजका इन्जिनियर यज्ञराज जोशीले चाही बचाउ गर्दै भने । जबकी ठेकेदारले जग बसाल्दा, पिल्लर निर्माण गर्दा ढलानका लागी आरएमसी समेत स्वीकृत नगराई ढलान हुँदैन । सबै प्रकृया पुरा गरिएको भनिए पनि भवण भत्किनु आफैमा गुणस्तरहिन निर्माण समाग्रीको प्रयोग गरिएको नमुना रहेको उनीहरुको तर्क छ ।
सेज भित्र निर्माण भएका विद्युत, सडक, खानेपानी, प्रशासनिक भवन, बैंक, बिमा, हुलाक, स्वास्थ्य चौकी, भन्सार, आवास, मुख्यद्वार, सुरक्षा चौकी, चमेनागृह, बालबालिकाका लागि ‘डे केयर’, सार्वजनिक शौचालय लगायतका आवश्यकीय संरचना समेत गुणस्तरहिन निर्मााण समाग्रीले बनाएको हो की भन्ने यो घटनाले उजागर गरेको छ । नेपालबाट निर्यात हुने कतिपय वस्तु विदेशबाटै आयात गरी नेपाल हुँदै भारततर्फ निर्यात गर्दा फाइदा हुने देखेर व्यापारीहरूले नेपाललाई अन्तर्राष्ट्रिय कारोबारको ट्रान्जिट बनाएको देखिन्छ । तर विशेष आर्थिक क्षेत्र ‘सेज’ का कर्मचारी र ठेकेदारको मिलोमतोमा निर्माण सम्पन्न भएका र निर्माण भइरहेका भवण समेत गुणस्तरहिन बनेको स्थानीय मेहलाल थारुको पनि तर्क छ ।
नेपालबाट जडिबुटी, आयुर्वेदिक औषधि, चाउचाउ, जुस, मन्जन, जस्तापाता, जुत्ताचप्पल, अदुवा, जुटका साथै पछिल्लो समय छड र सिमेन्ट निर्यात थालिएको छ । दुई ठूला देशसँग उत्पादन, दर र बिक्रीमा नेपालले निर्यात गर्नसक्ने धेरै वस्तु नेपालमा नरहेकाले सेजको अधिकांश हिस्सा अधिकतम प्रयोगमा ल्याउन सकिने र आयात प्रतिस्थापनमा बल पुग्ने ठानिएको छ ।
तर निर्माणको चरणमा हरेक ठेक्कामा कमिशनको चक्करले राज्यको सम्पतीमा मात्र कर्मचारी र ठेकेदारको रजाई भई सरकारको लक्ष्यमा आधात पर्न सक्ने पनि स्थानीयको भनाइ रहेको छ ।
यता यस विषयमा प्रतिष्ठा निर्माण कम्पनीका प्रमुख ठेकेदार ध्रुव रिजालले भने ठेक्काको क्रममा नक्सामा त्रुटि भएका कारण ढलानको क्रममा छत भत्किएको दावी गरे ।