नेपाल र नेपालीको उन्नतिमा प्रवल सम्भावना खेतिपाती र पर्यटनमा छ । यतिखेर खेतिपाती र पर्यटन दुबैमा सन्तोषजनक अवस्था छैन । विश्वभर फैलिएको कोभिड महामारीको नकारात्मक प्रभावबाट पर्यटन उद्योग, व्यवसायमा ठूलो संकट आयो । अर्को विपत्ती आइनपर्ने हो भने पर्यटन व्यवसायले नेपाल र नेपालीको अर्थतन्त्र धान्न सक्दछ । आर्थिक संकटमा लगभग परिसकेको घोषणा गर्न मात्र रहेको अवस्थामा पर्यटनमा ध्यान केन्द्रित हुन सके आर्थिक संकट छर्न सक्दछ । जलवायु परिवर्तनको जोखिममा नेपालको भू भाग हिमाल,पहाड र तराई पनि परेको छ ।
हिउँदे
बाली बिग्रिएको छ । नेपाल एक कृषि प्रधान देश हो । खेतिपातीबाट हेने आय आर्जनले बहुसंख्यक नेपालीको जीवनगरजरा सहज ढंगले हु्न सक्दछ । परापूर्वकालदेखि खाई जीविकाको रुपमा रहेको प्रमुख व्यवसाय,पेशा खेतिपाती यतिखेर ओझेलमा पुगेको छ । खेतीपातीलाई उपेक्षा गरेर अन्य पेशा,व्यवसायमा मानिसहरु आकर्षित हुदाँ खेतिपाती बैकल्पिक बन्न पुगेको खछ । खेतिपाती गर्ने मानिसले आफूहरु दुःखमा रहेको महसुस गर्न पुग्दा यता न उता भएको छन् । खेतिपातीबाट गुजरा चलाइरहेका घर परिवारले यतिखेर खेतिपातीबाट टाढीएर दुःख बेसाईरहेका छन् ।
विदेशबाट खाद्यान्न आयात बन्द भयो भने भोकभोकै बस्नपर्ने अवस्थामा पुगेको छ । प्राचीन कालमा देखिएको कृषि परम्परा छाडेर खेतबारी बाँझो पारेर अन्य पेशा,व्यवसाय र वैदेशिक रोजगारीमा गए पनि निश्चित भएर घरव्यवहार भने टार्न सकिरहेको छैनन । क्षणिक रुपमा खेतीपाती छाडेर अन्य व्यवसायमा संलग्न हुदाँ हिजोको जस्तो सुखी शान्ति कोहि छैन । बुढापाकाहरुले जय जवान, जय किसान भन्दै आएका छन् । उत्तम खेती हो भन्ने ठोकुवा गर्दै आएका छन् । मानिसले बाँच्नका लागि खाद्यान्न खानु पर्दछ । मानिस नखाइ बाँच्नै सक्दैन ।
बाँच्नका लागि आवश्यक पर्ने खाद्यान्न खेतबारी उब्जाउनु नै पर्दछ । किसानी पेशा स्वाभिमान र परिश्रमी पेशा हो । खेती किसानी गर्नेले आफू बाँचेर अरुलाई बचाउँछ । खेतीपाती गर्न अहिलेको जस्तो क मगर्दै जाने हो भने ढिलो चाँडो एक दिन भोक भोकै पर्नु पर्दछ । खेतीपाती नगर्नाको परिणाम त्यतिखेर देखिन्छ । नेपाल यस्तो देश हो । राष्ट्रलाई आत्मनिर्भर र उन्नतिशील बनाउन खेतीपातीबाट प्रचुर संभावना छ । विश्वका खेतीपातीमा केन्द्रित रहेका देशहरु निकै सुखी सम्पन्न छन् । विश्वमा आधुनिक खेती प्रणाली छाड्दै गईरहेका छौ ।
कृषि प्रधान देशमा २५ अर्बको खाद्यन्न आयात हुदै आएको छ । स्वदेशमा खेतीपाती गरेर आत्म निर्भर हुने नीति, कार्र्यक्रमलाई प्रभावकारी बनाउन सकिएन भने ‘भएर पनि दुःख पाउने’ अवस्थामा अवश्य पुग्दछौ । नेपालमा आधुनिक खेती प्रणाली,व्यवसायिक खेती प्रणाली अपनाउने थोरै किसान परिवारले आधुनिक खेती प्रणाली अंगालेर जीवनयापनलाई सुखी बनाउने प्रयत्न गर्नु पर्दछ । २,४ जनाले व्यवसायिक र आधुनिक खेतीबाट राम्रो आय आर्जन गर्दैमा त्यसको प्रतिफल सबैले पाउने कुरा आएन । नेपाल जस्तो प्राकृतिक विविधता भएको देशमा खेतीपातीमा विविधता छ । विश्वमा नहुने र नपाईने धेरै कुराको खेती नेपालमा हुन सक्दछ ।
दिनभर आफूलाई आवश्यक पर्ने सबै खाद्यान्न उब्जाएर जोगाएर, खटाएर खाने कृषि प्रधान देशका नेपालीहरुको प्रचलन थियो । सबै प्रकारको प्राकृतिक गुण र पौष्टिकता भएको खाद्यान्न, फलफूल, तरकारी, साग सब्जी सिजन अनुसारका वस्तु खानाले स्वास्थ्यका दृष्टिले निकै फाइदा हुन्छ । भोजनमा विविधता आवश्यकता पर्दछ । हिजो आज तयारी खानेकुरा खाने प्रचलनले मानिसहरुको स्वास्थ्य बिग्रिदै गई घरघरमा विरामीको संख्या वृद्धि हुने आफैले आफ्ना खेतीबारीमा उब्जाएको नानाथरिका खाद्यान्न, तरकारी, फलफूल दैनिक रुपमा खानाले मानिसको स्वास्थ्य स्थिति बलियो भई रोगब्याधिबाट मुक्त रहन सकिन्छ । बजारमा उपलब्ध तयारी वस्तुले मानिसहरुको स्वास्थ्यमा निकै हानी पु¥याइरहेको हामी सबैले महसुस गर्दै आइरहेको छन् ।
हाम्रो स्वास्थ्य बिग्रियो भने जति कमाए पनि जोगाउन सकिदैन । औषधी उपचारमा नै कमाएको सबै रकम सकिन्छ । हर बखत घर परिवारमा अशान्ति र तनाब रहन्छ । घर परिवार सुःखशान्तिका साथ रहने हो भने कृषि पेशा खेतीपातीलाई निरन्तरता दिनैपर्छ । तर यतिखेर यो विषय मानिसहरुका लागि ‘भालुलाई पुरान’ बनेको छ । खेती प्रणालीमा सुधार,आर्थिक बलियो आधार हो । कृषिलाई पहिलो प्राथमिक्तामा राखेर अन्य पेशामा व्यवसायलाई सहायक बनाएर सदासर्वदा सुखी बन्न सकिन्छ । सबैको लागि खेति गर्ने खेतबारी उपलब्ध गराइ खेतीमा जुटाउने राष्ट्रिय कृषि नीति हुनुपर्दछ । खेतीपाती गर्ने कृषक संगै खेती गर्दै आएको खेतीबारी घडेरीमा बिक्री गरेर घन कामउने होडबाजीले भोलीका दिनमा ठूलो संकट निम्त्याउन सक्दछ ।
नेपालका अहिले सम्मका सरकारले कृषि क्षेत्रमा पनि ट्रायल एण्ड बेसिस पद्धति छ यो खतराको कुरा साबित हुदैछ । आधुनिक खेतीपातीको नाममा परम्परागत खेती पद्धति र विधिलाई त्याग्दै जाँदा माटोको उर्बराशक्ति बिग्रिदै गएको छ । खेती प्रणाली अपनाउँदा सबैका लागि सधैका लागि आधुनिकता र परम्परागत बीच सन्तुलन मिलाएर हुनुपर्दछ । ‘विउबाट विउ नहुने’नयाँ उब्जनिका लागि नयाँ विउ चाहिने हाईब्रिड वर्ण शंकर कृषि प्रणाली र पद्दतिले कृषि क्षेत्रमा अध्यारो छाएको छ । सबैले अनिवार्य रुपमा आधुनिक खेती प्रणालीद्धारा दैनिक आय आर्जन गर्ने वातावरण, नीति निर्माण गर्न सके राष्ट्रिय आय आर्जन र व्यक्ति आय आर्जन वृद्धि सुखी नेपाली, समृद्ध नेपाल भन्ने नारा साकार पार्न सकिन्छ । सबैजनाले कुराको खेती छाडेर, खेतीको कुरा गर्ने बेला आएको छ ।
यो समयको माग र आवश्यकता हो । खेती योग्य भूमि कहि कतै एक टुक्रा पनि बाँझो राख्न नमिल्ने, नीजि स्वामित्व र सामूहिक स्वामित्व नीति अन्तर्गत खेती गर्ने प्रणाली अगाल्न जरुरी छ । नेपाली उत्पादित माछा,मासु, फलफूल, खाद्यान्न आफूलाई खाना पु¥याएर विदेशी मुलूकमा निर्यात गर्न सक्ने प्रचुर संभावना छ । कृषि पर्यटनको संभावनालाई व्यवहारमा उतार्न बाँकी छ । यतिखेर जताततै खेती योग्य खेतीबारी बाँझो देख्दा मन नै खिन्न हुने अवस्था छ ।
कृषकहरुले आफ्ना परिश्रमी हातहरु खेतीपातीमा बढाएर नेपाली जति सुखी समृद्धि विश्वमा कोही हुन सक्दैन । शक्तिशाली सम्पन्नशाली हुन कृषिमा आत्म निर्भर अनिवार्य छ । कृषि प्रधान देश भन्ने कृषिमा परनिर्भरता अंगाल्ने कस्तो राष्ट्रिय विडम्बना ? वैज्ञानिक सामाजवादी व्यवस्थाले कृषि प्रधान देश नेपाललाई विश्वकै उत्कृष्ट र उदाहरणीय देश बनाउने आधार दिन सक्दछ । यथास्थितिको राजनीतिक व्यवस्थालाई भत्काए हामीले धेरै कुराहरु गर्न र जित्न नसक्ने पनि हुँदैन ।