प्रत्येक बर्ष फेबुअरी २१ तारिखलाई विश्वभरी विभिन्न कार्यक्रम गरेर मातृभाषा दिवश भनी मनाउदै गर्दा आज हाम्रा मातृभाषाको बारेमा सोच्न पर्ने भएको छ । यसको बिषयमा हामी कति संवेदनशील छौं त्यसमा हाम्रो महत्व झल्कन्छ । भाषा आयोगको प्रतिवेदनका अनुसार नेपालमा बोलिने भाषाको संख्या १३१ पुगेको छ । पछिल्लो समय राना थारु, जो कन्चनपुरतिर बोलिन्छ, नार फु, मनाङमा, चुम भाषा गोरखामा, पाइपे भाषा डोल्पामा, सेराके भाषा मुस्ताङ्गमा गरेर ६ भाषा थप भई यो संख्या १३१ पुगेको हो । हिजोआज हामीले बोल्ने चलन चल्तिको भाषा र हाम्रा मातृभाषाको बारेमा परेको प्रभावको सन्दर्भमा निक्कै चर्चा परिचर्चा थालिनु पनि आवश्यक छ ।
विगतमाभन्दा केही बढि चर्चा हुने गरे पनि सबै वर्ग जाती तथा समुदायको आफ्नै आफ्नै भाषाको जगेर्ना आफै सजग नभइ हुँदैन । भाातृभाषा आजको चलनचल्तीको भाषा हो । जनसाधारणले बोल्ने मातृभाषा आर्गनिक हुन्छ । अर्थात मातृभाषामा कुनै मिसावट नहुने हँुदा बोल्दा र सुन्दा राम्रो मात्रै लाग्दैन । आफ्ना सन्ततिहरुको लागि भाषा ज्ञानका हिसाबले सहज पनि हुन्छ । त्यसैले यसको जगेर्ना गर्न सिक्नु पर्छ ।
संघीयता कार्यावन्यनसँगै हाम्रो मुलुकमा बोलीने भाषाहरुको संरक्षण, संवद्र्वन गर्न सबै प्रदेशमा र स्थानीय सरकारमा सरकारी कामकाजी भाषा निर्धारणको निमिक्त सिफारिस गर्न आयोग गठन गरिएको छ । हामीलाई थाहा छ हाम्रो देश अनेकांै घर्म संस्कृति तथा बहुभाषाको धनि मुलुक हो । हाम्रो प्रदेशमा चलनचल्तीमा बोलिने भाषाको संरक्षण गर्नु हाम्रो कर्तव्य पनि हो । संविधानको धारा ७ (१) मा देवनागरी लिपीमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजी भाषा हुनेछ (२) नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंखयक जनताले बोल्ने एक वा एकभन्दा बढि अन्य राष्ट्रिय भाषालाई प्रदेश कानुन बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने भनेर उल्लेख गरिएको छ । विश्वमा बोलिने भाषाको संख्या ६ हजार ८०९ रहेको छ ।
सबैभन्दा बढि बोलिने भाषा अंग्रेजी, चाईनिज, हिन्दी, स्पेनिश, रुसी, अरबी, बंगाली, लगाएतका छन् । नेपालमा बोलिने भाषाहरुमा नेपाली भाषा, मैथेली भाषा, लिम्बु भाषा, थारु भाषा, गुरुङ्ग, तामाङ्ग, मगर, शेर्पा, किराँती लगाएतका भाषा चल्तीमा छन् । नेपाली सांकेतिक भाषका रुपमा झानकोट, धान्तुक, जुम्ला लगाएत रहेका छन् । मुख्य भाषामा सबैभन्दा बढि नेपाली भाषा ४८.६१ प्रतिशत बोलिने गरिएको छ । त्यसै गरी मैथिली भाषा १२.३ प्रतिशत, भोजपुरी भाषा ७.५३ प्रतिशत, थारु भाषा ५.६ प्रतिशत रहेकाछन भने अन्य भाषाको प्रतिशत ५ भन्दा कम रहेको गणनाको तथ्याङ्गले देखाएको छ ।
नेपाल बहुभाषी देश भएर पनि वास्तवमा यहाँ कति भाषा छन् ? भन्ने तथ्याँकको बारेमा २००८ सालको जनगणनापछि मात्र हुन थालेको हो । तथापि सूचना लिने वा दिने क्रममा तथ्याँक सूचिमा सहि सूचना टिपोट भए भएनन् ? वास्तविक भाषा, बोलिने भाषा एकिनमा केही त्रुटी भएका भए पनि जनगणनाको तथ्याङ्ग नै अहिलेसम्मको हाम्रो सबैभन्दा विश्वासिलो आधार सर्वस्वीकार्य छ । हुनु पनि पर्छ, यसलाई अन्यथा मान्नु हुँदैन । भाषिक अवस्थालाई हेर्दा नेपाली भाषा नेपाल, भारत, भुटान, वर्मा लगाएत करिव ५० देशमा बोलिन्छ । तर विश्वभरी नेपाली भाषाका प्रयोगकर्ता करिव चार करोडभन्दा बढि मानिस रहेको पनि आँकलन गरिएको छ ।
नेपाली भाषालाई नै मातृभाषाका रुपमा बोल्नेहरु पनि अढाई करोड जति रहेको अनुमान छ । यी सबै तथ्याङ्गकलाई हेर्दा नेपालमा बोलिने भाषाहरु मध्ये जनताले बढि बोल्ने भाषा भनेको नेपाली नै रहेछ । नेपालका भाषाहरु विभिन्न लिपीमा लेखिन्छन् । कतिपय भाषाहरु एकभन्दा बढि लिपीमा पनि लेखिन्छन् । जस्तै लेप्चे भाषा, लिम्बु भाषा सिरिजङ्गा, तामाङ्ग भाषा तिब्बती र देवनागरिक लिपी, सन्ताल भाषा, ओलचिकी लिपीमा लेखिने प्रचलन छ । यसरी हेर्दा यहाँका भाषा र भाषासँग जोडिएका आफ्नै आफ्नै विशेषता रहेका छन् । नेपालका नेवारी, मैथिली, लिम्बु, भोजपुरी, अवधी, हिन्दी उदृ भाषाहरुको लेखन परम्परामा पनि राम्रो विकाश भएको छ । यस्तै तामाङ्ग, मगर, गुरुङ्ग, किराँती आदी भाषाहरुको बोलाईसँगै लेखाईमा कम भएता पनि पछिल्लो समय यसको संरक्षणको प्रयासहरु दिनानुदिन बढिरहेको छ । यो राम्रो पक्ष हो ।
नेपाल बहु भाषिक, बहु जातीय र बहु धर्म संस्कृतले भरिएको देश भएकोले विविध भाषा संस्कृति नै हाम्रो गहना पनि हो । जो सुन्न, हेर्न र प्रयोग गर्न निकै रमाञ्चक पनि हुनछ । यो नेपालीले गर्व गर्ने बिषय पनि हो । हाम्रो देशमा जस्तो विविध भाषा, धर्म संस्कृति र परम्परा विश्वका अन्य कुनै पनि देशमा यति धेरै छैन । यो मानेमा पनि नेपाली गौरवान्वित हुनै पर्छ । त्यसमा पनि हाम्रो मिलन र एकता यसैको द्योतक हो भन्ने प्रष्ट छ । तसर्थ नेपालका सबै मातृभाषाको विकाशको लागि जगेर्ना गर्दै नयाँ पुस्तालाई पनि हाम्रो पहिचानको अनुभूति गर्ने अवसर प्रदान गर्नु पर्छ । नेपालमा बोलिने भाषालाई विस्तापित होइन अब त झन स्थापित गर्नको लागि सबैको अहम भूमिका रहनुपर्छ ।