एसएलसी पास गरेदेखि नै राजनीतिमा होमिएका निखिल बर्णवाल विगत ८ वर्षदेखि राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । हाल उनी सघीय समाजवादी फोरम नेपालको भातृ संगठन समाजवादी विधार्थी फोरम नेपालको केन्द्रिय सचिवालय सदस्य हुन ।
ठाकुरराम बहुमुखि क्याम्पसको स्ववीयु सभापतिको उम्मेदवार समेत रहेका बर्णवाल मास्टर डिग्रीसम्मको अध्ययन पुरा गरि विधार्थीहरुको हकहित तथा ठाकुरराम बहुमुखी क्याम्पसको स्तर उन्नतीको लागी समन्वय गरेर परिवर्तनको लागी अहोरात्र खटिरहेका छन् । स्ववीयु सभापतिको उम्मेवदार बनेका उनी गरिब, दलित तथा जेहेन्दार धेरै विधार्थीहरुलाई समेत आफ्नो पहलमा होस्टेलमा बस्ने वासको व्यवस्था मिलाईदिएका छन् ।
क्याम्पसको सरसफाईदेखी यसको व्यवस्थापनका लागी डस्टबिन बितरण देखि विधार्थीहरुलाई खानेपानीको समेत व्यवस्थापन गरी धरातल हुदै गईरहेको भवनलाई वीरगंज महानगरपालिकाको सहयोगमा रंगरोपनको समेत काम गराएका छन् ।
ठाकुरराम क्याम्पसमा किताबको धेरै अभाव भएकोले नगरपालिकासंग पहल गरेर मधेशी सहिद संस्थान पुस्तकालय खोेल्ने अगामि उदेश्य राखेका उनले सो पुस्तकालयमा नेपालका वर्तमानमा प्रकासनमा आउने हरेक पुस्तक सहित मधेश आन्दोलन लगायत देशमा भएको परिवर्तनका पुस्तकहरु समेत राख्ने विधार्थी नेता बर्णवालको भनाई छ । यिनै बर्णवालसंग स्ववीयु निर्वाचनको सन्दर्भमा मध्य नेपालले गरेको वृस्तृत कुराकानी :
१) स्ववीयु चुनाव हुन्छ कि हुदैन ?
स्ववीयु निर्वाचन हनु वा नहुनु त्रिभुवन विश्व विद्यालयको हातमा छ । त्रिभुवन विश्व विद्यालयले निर्वाचन गराउनुपर्छ । कुनै ब्वरो उम्मेदवार नआएकोले चुनाव हुन नदिने षडयन्त्र भईरहेको छ । स्ववीयुको निर्वाचन हुन नदिनका लागी विभिन्न चलखेल मैले पाएको छु । नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी पार्टीको समेत चुनावमा समायोजन भएको छैन । कुलपति प्रधानमन्त्री भएको हुनाले यदि कडाईका साथ लगियो भने समयमै चुनाव गराउन सकिन्छ । तर त्यस्तो स्थिति अझै देखिएको छैन । नाटकीय रुपले निर्वाचन हुनुपर्छ भन्ने मात्र हो । नेविसंघ विघटन हुनु र अध्यक्षले राजिनामा दिएर चुनावबाट भाग्नु भनेको निर्वाचनबाट डराएर भाग्नु हो ! ठाकुरराम बहुमुखी क्याम्पसको चुनाव भएको करिब १० वर्ष भईसकेको छ । ठाकुरराम क्याम्पस एकदमै धरातल हुने स्थितिमा छ । त्यसकारण चुनाव हुनुपर्छ । हुन्छ भन्ने यकिनका साथ भन्न सकिन्न् ।
२) कहिले तपाईको पार्टीले बिरोध गर्ने भने कहिले अर्काे पार्टीले, आखिर कहिले हुने हो स्ववीयु चुनाव ?
हामीले निर्वाचनको कहिले पनि बिरोध गरेका छैनौं । विगतको दिनमा पनि निर्वाचन बरु अघि सारौँ तर भंग नगरौँ भन्ने हाम्रो भनाई थियो । त्यो बेला पनि नेविसंघको असन्तुष्ट पक्षले क्याम्पसमा आगजनी गरे तर हामी मधेशवादी दलको भएको हुनाले हामी नै पक्राउ परेका थियौं । हामी निर्वाचन चाहन्छौं, निर्वाचनको बाधक हैनौँ ।
३) ठाकुरराम क्याम्पसको चुनाव तोकेकै समयमा गराउन यहाँको भूमिका के छ ?
स्ववीयु चुनाव गराउनको लागी निरन्तर क्याम्पस प्रशासनसंग पहल गरिरहेका छौँ । क्याम्पस प्रमुख पनि निम्ति भएको हुनाले वहाँले पनि आट गर्न सक्नु भएको छैन् । असक्षमता प्रतिक्रिया मात्रै देखेको छु ।
४) विभिन्न वाहानामा स्ववीयु निर्वाचनको समय सर्दा ठाकुरराम क्याम्पस तथा विधार्थीहरुलाई के कस्तो असर परिरहेको छ ?
निर्वाचन सर्नु भनेको विधार्र्थीहरुको आन्दोलन खाईपकाई गर्ने हो । आन्दोलनमा विधार्थीहरु अग्र भूमिकामा हुन्छ तर चुनाव र आन्दोलनमा अखिर कहिले सम्म विधार्थी सहिद हुने ? स्ववीयु निर्वाचन गराएर विधार्थीहरुको हकहित तथा क्याम्पसको प्रगतिबारे सोच्नुपर्छ । किनभने, ठाकुररामको सभापति नभएकाले विभिन्न समयमा विधार्थी तथा क्याम्पसलाई पनि धेरै नोक्सानी भईरहेको अवस्था छ । त्यसकारण विधार्थीहरु शैक्षिक जिवन स्तर उकास्न सही वातावरण तथा शैक्षिक स्रोत साधनको विकास गर्ने स्ववीयु सभापति चाडै नै चुनाव मार्फत ल्याउनुपर्छ ।
५) ठाकुरराम बहुमुखी क्याम्पसको स्ववीयु निर्वाचन गराउन विधार्थीहरुको भूमिका कस्तो हुनुपर्छ ?
निर्वाचन गराउनको लागी विधार्थीहरुले समन्वयकारी भूमिका खेल्नुपर्छ । सबै संगठनले समन्वय गरेर एकअर्कामा निर्वाचन हुनुपर्छ । क्याम्पस प्रशासन, कार्मचारीसंग समन्वय गरेर स्ववीयु निर्वाचन गराउनुपर्छ ।
६) कुनै पनि देशको आमूल परिवर्तनमा युवाहरुकै अग्रणी भूमिका देखिएको छ, तर विधार्थीहरुको नेतृत्व गर्ने युवा नेता नै नेतृत्व तहमा आउन नसक्नुलाई यहाँले कुन रुपमा लिनु हुन्छ ?
केही सत्ता र भत्ताको पुजारी जस्तै नेपाली कांग्रेस, मेरो बुवाको पालामा पनी उही नेता र हाम्रो पालामा पनि उही नेता भए । हामी प्रजातन्त्रमा बस्दा पनि राजतन्त्र जस्तो महशुस हुन्छ । प्रजातन्त्रको अर्थ भनेको सानो–ठुलो सबैलाई नेतृत्व तहमा ल्याउने हो । तर यहाँ आज पनि कुलिनतन्त्र जस्तै अवस्था छ । आज पनि कांग्रेसको सरकार आउदा देउवा र कोईराला परिवार प्रधानमन्त्री बन्ने तथा कम्युनिष्टको सरकार आउदाँ प्रचण्ड, माधव नेपाल, केपी ओली, झलनाथ खनाल प्र्रधानमन्त्री बन्ने खेल हुने गरेको छ । आखिरमा विधार्थी तहका नेताहरु कहिले अगाडी बढ्ने ?
७) युवाहरु कस्ता खालका भूमिकामा बढी सकृय छन् ?
युवा एउटा यस्तो शक्ति हो जसलाई जले जसरी घुमाउँन सक्छ त्यसरी नै घुम्छन । हाम्रो देशमा ४० प्रतिशतभन्दा बढी युवाहरु छन् तर पनि १६ देखि ४० वर्षसम्म उमेर हकबन्दी गरिएको छ । यो जनसंख्या ४० प्रतिशत रहदाँ पनि राजनीतिको मूलधारमा युवाहरु आएका छैनन् । त्यसकारण युवाहरु स्थान नपाएर कतै न कतै भटकि रहेको अवस्था छ । अहिले पनि सरकार वा सम्बन्धीत निकायले युवाहरुको लागी रोजगारको व्यवस्था गरिदिदाँ युवाहरु सचेत हुने अवस्थामा हुन्थे । अहिले बेरोजगारीका कारण विभिन्न नसालु पद्धार्थका सिकार भएका छन । युवाहरु प्रविणता तह कटाएर भर्खर बौद्धिक जमातमा प्रवेश गरिरहेका हुन्छौं । हामीलाई नेतृत्व गराउने को ? युवाहरुलाई सहि बाटोमा ल्याउने कसले हो ?
८) युवा नेताहरु कुनै पनि एउटा पार्टीबाट नेतृत्व नगरी पार्टी बदलिरहेका हुन्छन् । युवाहरुको यस्तो क्रियाकलापले कसरी नेतृत्व तहमा आउन सक्छन ?
पार्टी बदलिनु अहिलेसम्म मैले धेरै कमै युवालाई हेरेको छु । टिकट नपाउँदा केही युवाहरु पार्टी बदलेका होलान । प्रजातन्त्रमा सबैको स्वतन्त्रता भएको पार्टीको विचार र सिद्धान्तका आधारमा पार्टी बदलिनु स्वभाविक हो । त्यसकारण जसको जहाँ सिद्धान्त मिल्छ त्यो त्यहाँ जान सक्छ । युवालाई कसरी बचाएर रोजगारी दिलाउने, कसरी पढाई तर्फ धकेलि बौद्धिक वर्ग बनाउने र उनीहरुको भविष्य कसरी उज्जवल बनाउने कुरा तर्फ बढि केन्द्रित हुनुपर्छ । तबमात्र युवाहरु नेतृत्व तहमा आउन सक्छ ।