ठाकुरामको स्ववीयु निर्वाचन भित्रै भित्रै भाँडिने प्रयास भईरहेको विधार्थी नेता एजाजबाबु राँकीले बताएका छन । यही फागुन १४ गते हुने भनिएको ठाकुररामको स्ववीयु निर्वाचनको माहोल तातिएसंगै दलहरुबिच एकअर्कालाई चुनवी विषयलाई लिएर दोषारोपण शुरु भएको छ ।
नेविसंघका विधार्थी नेता बद्री तिवारीले भने स्ववीयु निर्वाचन गराउने त्रिभुवन विश्वविद्यालको हातमा रहेकाले त्रिविले हालसम्म समय नदिएकाले स्ववीयु निर्वाचन हुन नसक्ने भएको बताए ।
विगतको दिनमा फोरमले नै क्याम्पसमा आगजनी गरेर चुनाव भाडभैलो गरेको नेविसंघका पूर्व केन्द्रिय सदस्य समेत रहेका विधार्थी नेता तिवारीको आरोप छ । उनले भने, नेविसंघ कहिले पनि चुनावबाट न भागेको छ न, त भाग्छ नै । स्ववीयु चुनाव गराउनको लागी क्यामपस प्रमुख तथा जिल्ला प्रशासन कार्यालयमा दबाब दिएर केही नहुने हुदाँ स्ववीयु निर्वाचन गराउनको लागी नेविसंघको केन्द्रिय कार्यालय समितिले त्रिभुवन विश्व विद्यालयको रेजिष्टारलाई पत्र पठाई सकेको छ ।
तर यता समाजवादी विधार्थी फोरम नेपालका जिल्ला अध्यक्ष एजाजबाबु राँकीले हार्ने डर भएर भित्र भित्रै चुनाव नगराउने पक्षमा नेविसंघ रहेको आरोप लगाए ।
नेविसंघ स्थानीय तहदेखि प्रदेश र केन्द्रको चुनावमा हारेको डरले स्ववीयुमा पनि हार्ने निश्चित भएको देखेपछि स्ववीयु निर्वाचन नहुन दिन नेविसंघका केन्द्रिय अध्यक्षलाई चुनावको मुखमा राजीनामा दिलाएर चुनाव भाड्ने काम गरेको अध्यक्ष राँकीको आरोप छ ।
स्ववीयु निर्वाचनमा समाजवादी विधार्थीको योगदान बढी रहेकाले फोरमको पुुरै पाईन्लन नै जित्ने उनले दाबी गरे । सोही माहोल देखेर नेविसंघले चुनाव भाड्ने उदेश्यले नै केन्दिय अध्यक्षलाई राजीनामा दिलाएको उनको आरेप समेत छ । विग्तका दिनमा पनी कांग्रेसले आग्जानी गरेर चुनाव भाडेका थिए । क्याम्पस प्रशासनलाई समेत अवगत भएको हो । हामीले आगजानी गरेका छैनौँ ।
अध्यक्ष राकीँको भनाई काट्दै नेता तिवारीले चाडै नै चुनाव गराएर र त्यो चुनावमा नेविसंघ जितेरपनी देखाउने उनले दाबी गरे ।