परिवर्तित युगमा जबसम्म स्वयंम् आत्मनिर्भर हुन सकिदैन । तब सम्म परिवर्तनको सिढी चढ्न अफ्ठ्यारो हुन्छ । आत्मनिर्भरता नै सफलताको प्रमुख कुरा हो ।
वर्तमानलाई परिवर्तनको युग पनि भनिन्छ । यस प्रतिस्पर्धी समयमा आएर पनि आफुलाई सक्षम बनाउन सकिएन भने सधै पिछडिएको समुहमा गणना हुनुको विकल्प छैन । त्यसैले पनि सचेत हुनु आवश्यक छ । उद्यमीहरुमा पनि निखार र सक्षमताको प्रतिस्पर्धा आवश्यक पर्छ । उद्यममा प्रतिस्पर्धी हुन रुचाउने भिस्वा वीरगंज –१५ की राधिका के.सी पनि एक हुन् । २०३६ सालमा पोखराको कास्की जिल्ला माझठाना सौरे–१मा जन्मिएकी के.सी विवाह वीरगंज निवासी अजय कुमार सुद संग भएको बताइन् ।
भिम बहादुर खत्री र पूर्ण माया खत्रीकी छोरी राधिकाका एक छोरा र दुई छोरी छन् । उनलाई माइतीको सहयोग र श्रीमानको साथ रहेकको उनको तर्क छ । राधिका आर्कषण ब्यूटीपार्लरकी संचालिका हुन् । यस अंकमा आफ्नो सिपमा रमाउने तिनै महिला उद्यमीसँग मध्य नेपाल सन्देशले गरेको थप कुराकानी :-
१) अहिलेको समयमा आफ्नो सीपमा रमाउने महिला उद्यमीहरुको अवस्था कस्तो छ ?
अहिलेको समयमा महिला उद्यमीहरुको अवस्था त्यति राम्रो छैन । किनभने नेपाल सरकारले महिलाहरुको लागि दिएको बजेट सही ठाउँमा गएको पाइन्न । कमिशनको आधारमा महिला उद्यमीहरुलाई सिपमुलक तालिम दिइन्छ । बजेट सही समयमा नआउँदा फ्रिज भएर गएको उद्यमीहरुमा न्युन भएको पाइन्छ । उद्यमी महिलाहरुलाई पनि केही गर्रौ भन्ने चाहना हुन्छ तर उनीहरुलाई कसरी दक्ष बनाउने र आफनो खुट्टामा कसरी उभ्याउँने भन्ने सोच नेपाल सरकार र सरोकारवाला निकायहरुको भूमिका त्यति रहेको देखिन्न ।
२) तपाई विगत कति वर्षदेखि यस पेशामा अबद्ध रहनु भएको छ ? साथै घरपरिवार को साथ र सहयोग कतिको छ ?
म यस पेशामा आएदेखि आजसम्म २० वर्ष भयो । मैले ६ बर्ष पोखरा ब्यूटिपार्लर खोलेर प्रशिक्षण दिए । अहिले १३ वर्ष विरगंजमा प्रशिक्षण दिदै आइरहेकी छु । घर परिवारको साथ लिई नै अगाडी बढ्ने हो । एक हातले ताली बज्दैन । ६ वर्ष माइतीबाट माईतीको सहयोगले यस क्षेत्रमा आएर सिक्न पाए । सिक्नै क्रममा नै काम पनि गरे । त्यहि बीचमा विवाह पनि भयो । मैले श्रीमान्बाट एकदम पूर्ण सहयोग र सपोर्ट पाएँ । बच्चा सगंसगंै घर परिवारको पनि जिम्मेवारी साथै आफनो पेशालाई निरन्तरता दिनलाई सफल भएको छु ।
३) महिला उद्यमी बन्नलाई यहाँ कसको प्रेरणाबाट अगाडी बढ्दै आईरहनु भएको हो ?
मेरो प्रेरणा भनेको मेरो आफ्नो आमा–बुवाको साथ हो । यो सिप सिक्न घचघचाइ रहनु हुने मेरो आफ्नै दिदी तारा के.सी । अहिले उहाँ पनि पोखरामा पार्लर खोली प्रशिक्षण दिदै हुनुहुन्छ । विवाह पछि श्रीमान्को माया साथ पाए ।
४) यहाँले अहिलेसम्म कतिजनालाई प्रशिक्षण दिइसक्नु भएको छ ?
बाह्र बर्षदेखि मैले फाइल पल्टाएर हेर्ने हो भने लगभग चारसयको हाराहारीमा प्रशिक्षण दिईसकेको छु । तिनीहरु मध्ये लगभग दुइसय जनाले आफनो गुजारा चलाईरहेका छन् । तेह्र जना विरगंजमा नै पार्लर खेलेर बसेका छन् । बाँकी काठमाडौं, गोलबजार, हेटौडा, नारायणघाट साथै देश विदेशमा पनि गएर उतै यस्तै काम गरिरहनु भएको छ ।
५) राधिका जी, यो पेशा सुरुवात गर्नको लागि कतिको संर्घष गर्नु प¥र्यो ?
कठिनाइ त भोग्नु नै प¥र्यो । मैले विरगंजमा पार्लर खोल्ने बेलामा ३३ वटा सम्म पार्लर थियो । सर्घष को कुरा गर्नुपर्दा कति आरोप आक्षेपहरु पनि आए । लिङ्करोड अवस्थित होटेल एभरेष्टको छेउमा आर्कषण ब्युटी पार्लर खोलें । भित्रैबाट बदनामी काम हुने जस्तो आरोप पनि लागेको थियो । एकजना पत्रकार बहिनी सुरुवातीमा यहि समाचार संकलन गर्न म काँहा आउँनु भएको पनि थियो । वास्तबमा मान्छेले यस्तो झुटो नचाहिँदो आरोप पनि लगाउँने गर्छन् । तर आफू निर्दोष हुनुपर्छ । हल्ला सबै सेलाएर जान्छन् । त्यो समयमा म कहाँ आउने बहिनी अहिले सबै कुरा बुझेर मसँग मित्रवत व्यवहारमा हुनुहुन्छ । धेरै संघर्ष गरेर यस क्षेत्रमा आएँ । जसले जस्तो कर्म गर्छ । त्यस्तै कर्मको फल पनि भोग्छ । आज म सन्तुष्टि छु ।
६) हिजोआज गल्ली–गल्लीमा च्याउँ झै पार्लर उम्रेको देखिन्छ । तपाईहरुको व्यवसायमा कस्तो असर परेको छ ?
जुन १५ दिने, १ महिना, ३ महिना सिकेर प्रमाणपत्र नलिई पार्लर खोलेका छन् । त्यो पार्लरले गर्दा असर परेको छ । असर पर्नुको कारण र कमजोरी भनेको हामी ब्यूटिशियन दिदीबहिनीको जुन संघ थियो । त्यो संघ फुटेर तिन वटा संघ भैै सक्यो । एक–अर्काको संघको दिदीबहिनीहरुले यताउँता आउँनुस भन्ने । तर कता दिदीबहिनीहरु जाने त ? यो कमिकमजोरीले गर्दा हामीलाई एकदमै बाधा पुगेको छ । फेरी पनि ग्राहकहरुले मुल्याङ्कन गर्छन् । वास्तवमा काम र सौन्र्दय भनेको के हो ? वास्तवमा ब्युटिसियन छुट्याएर आउँन सक्नेहरुले एकदमै राम्रो सेवा दिन सक्नु भएको छ । छुट्याउन नसक्नेले उल्टो परिणाम पनि पाउँनु भएको छ ।
७) महिला–महिला बिच सूचना कसरी प्रवाह गर्न सकिन्छ ?
महिला– महिला विच सूचना प्रवाह गर्नको लागि पत्रपत्रिका, रेडियो मार्फत ठाउँ–ठाउँमा जानकारी दिने । घरभित्र मात्र सिमित नभएर बाहिर निस्कनुस् । आफु सक्षम बन्नु । सम्बन्धित ठाउँमा गएर जानकारी लिन पनि जरुरी छ साथै सम्बन्धित ठाउँका सम्बन्धित निकायहरुले पनि समयमा नै जानकारी दिन पनि जरुरी छ ।
८) तपाई जस्तै सफल उद्यमी बन्न चाहने महिलाहरुलाई के सल्लाह–सुझाव दिन चाहनुहुन्छ ?
घर परिवारको गुजारा चलाउँनको लागि आफनो चाडपर्व अथवा आफनो इच्छा लागेको बेलामा आफुलाई आवश्यक पूर्ति गर्नको लागि आफैले गर्न सक्ने यी एउटा सिपमुलक कार्यक्रम अथवा सिप सिकेर आफनो खुट्टामा उभिनुको मजा बेग्लै हुन्छ । कसैको भर पर्नुपर्दैन । जुन हाम्रो मधेशमा अहिले पनि घुम्टो ओढेर घरभित्र बस्ने महिला हुनुहुन्छ । उहाँहरु बाहिर आउनुस् । केही गर्नुस् । सिप सिकेर अगाडी बढनुस् भन्न चाहन्छु । गरिब, असहाय असक्षम महिलाहरुको लागि नेपाल सरकारले एउटा कोटा ल्याओस । बजार–बजारमा मात्र नभएर ग्रामिण भेगमा पनि तालिमहरु पुगोस् । बजारका टाठाबाठाहरुले बजेट आफनो मातहतमा लिने । कमिशनको आधारमा काम गर्ने । सम्बन्धित ठाउँमा नपुग्ने । यी सबमा अनुगमन होस् र ग्रामिण परिवेशका महिलाहरुले पनि अवसर पाउन् ।