अन्तर्राष्ट्रिय महिला दिवसको इतिहास हेर्ने हो भने, सन् १८५७ मा अमेरिकामा गार्मेन्टमा काम गर्ने महिला श्रमिक हरूले “समान काम समान ज्याला”को लागि हडताल गरे र केही परिवर्तन प्राप्त गरेपछि सन् १९१० मा डेनमार्कको कोपनहेगनमा क्लारा जेट्किनको नेतृत्वमा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनद्वरा ८ मार्चलाई ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’का रूपमा मनाउने प्रस्ताव पारित गरिएको थियो !
श्रमजिवी महिलाहरुको हक हित र अधिकारसंग जोडिएर आएको, विद्रोह परिवर्तन र क्रान्तिकारी इतिहास बोकेको त्यो ऐतिहासिक दिन हो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउदै जाने क्रममा सन् १९७५ मा संयुक्त राष्ट्रसंघले श्रमिक शब्द हटाएर ‘अन्तर्राष्ट्रिय महिला दिवस’ नामाकरण गरी प्रचार गर्यो । त्यसपछि महिला दिवसलाई पनि फरक फरक ढंगले बुझन र मनाउन थालियो । एकाथरि महिला तथा संघ संस्थाहरुले आठ मार्चलाई धुमधामका साथ मनाउने तर महिलाहरुका विद्यमान समस्याहरुलाई गौण सम्झने र यथास्थितीमा रमाउने गरेको पाइन्छ भने अर्कोथरी महिलाहरुले यसलाई एउटा प्रेरणाको रुपमा लिंदै आठ मार्चको मुल्य, मान्यता र मर्मलाई आत्मसाथ गर्दै महिलामाथि हुने सबैप्रकारका विभेदको अन्त्यको निम्ति आन्दोलनकै एउटा मोर्चाको रुपमा मनाउँदै आइरहेका छन् । क्लारा जेट्किनले सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवस आरम्भ गरेकी थिइन् !
सुरुवात
पहिलो पटक सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डामा मनाइयो । संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पायो। सन् १९९६ मा राष्ट्रसङ्घले “विगत मनाउँदै, भविष्यबारे योजना गर्दै“ भन्ने विषयलाई आत्मसात् गर्यो। नेपालमा विसं २००७ सालदेखि उठ्दै आएको नेपाली महिलो आन्दोलनको जगमा वि.स २०१६ सालदेखि नेपालमा पनि ८ मार्च मनाइँदै आएको हो भने, विसं २०४६ सालपछिको परिवर्तनपछि मात्रै नेपाली महिलाले यस दिनलाई सहजताका साथ मनाउन पाएका हुन् ।
सन्देशः विश्वको मजदुर आन्दोलनमा महिलाहरूको क्रान्तिकारी भूमिकालाई यस दिवसले स्थापित गरेको छ। त्यही मजदुर आन्दोलनमा लाखौँ महिला सडकमा उत्रेर आफ्नो क्रान्तिकारी सौर्य, वीरता र बलिदानलाई अधिकार लिने लडाइँमा विजय प्राप्तिको दिनका रूपमा चिनाउँदै आएको ऐतिहासिक दिन नै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हो। महिला मजदुरको अधिकार स्थापित गर्ना विद्रोहको अभिव्यक्तिसहितको दिवस हो यो।
हामीले इतिहासमा पढेकाछौँ दास मुक्ति आन्दोलनमा हजारौँ महिला सहिद भए। किसान अर्धदासको मुक्तिका लागि लडाइँ हुँदा हजारौँ महिला विद्रोहका निम्ति तयार भए। सबैभन्दा शक्तिशाली मजदुर आन्दोलनमा महिलाको भूमिका अग्रणी रह्यो। समय क्रममा अगाडि बढ्दै जाँदा पन्ध्रौँ सोह्रौँ शताब्दीमा पश्चिम युरोपमा पुँजीवादी प्रणाली सुरु हुनथाल्यो। अठारौँ शताब्दीमा बेलायतको औद्योगिक क्रान्तिपछि उद्योगधन्दा र पँुजीमा भएको तीव्र विकासका क्रममा आएको परिवर्तनले पुँजीपतिहरूको स्थिति बलियो बनायो र अन्त्यमा सामन्तहरूका हातबाट सत्ता खोसियो। पुँजीपतिहरूको हातमा सत्ता केन्द्रित हुनथाल्यो। फलस्वरूप, उद्योगधन्दा, कलकारखानाको विकास भयो र त्यही अवस्थाबाट नयाँ युगले जन्म लियो।
यी बाहेक पनि महिलाहरूमा जागेको पुँजीपतिविरुद्धको घृणालाई अधिकार प्राप्तिका निम्ति सचेत मानसिकताको उन्नत संगठन निर्माणमा प्रयोग गर्नका लागि उनीहरू जुट्न थाले। त्यसैको परिणाममा असमान कानुन र ज्यालाविरुद्ध महिलाहरूको विशाल प्रदर्शन सडकमा उत्रियो। सामूहिक प्रयास, दृढ संकल्प र कठोर त्यागले संसारका तानाशाहहरूलाई झुक्न बाध्य बनायो। विश्वको नरसंहारकारी युद्धविरुद्ध शान्ति स्थापनाको आह्वान गर्दै करोडौँ महिलाले सडकमा जुलुस निकाले। त्यो संघर्ष एकता र विजयको प्रतीक थियो –अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अर्थात् ’८ मार्च’। यस गरिमामय दिवसलाई विश्वभरका उत्पीडित श्रमजीवी, मजदुर महिलाले आफ्नो पुँजीका रूपमा ग्रहण गरेको इतिहासले प्रत्येक वर्ष मुक्ति पर्वका रूपमा समानताका पक्षधरहरूले मनाउँदै आएको मात्रै छईन हाम्रो माग सम्बोधन गर्न सक्ने बनाएको दिनलाई सार्थक बनाउन पर्छ । महिला भएकै कारणले कोही पनि महिलाहरु कसैबाट प्रताडित हुनु पर्ने छैन । महिलालाई श्रृगारको बस्तुको रुपमा हैन एउटा पूर्ण मानवको रुपमा लिइनेछ ।
समाजको आँखामा महिलाको अवस्था
देखे, भोगे अनुसार अझैसम्म पनि विश्व भरिनै महिला हिँसा अत्याधिकछन् । महिलाहरु खुलेर हिड्न,बोल्न सक्ने अवस्थामा परिवर्तन आएतापनि पुरुष र महिलाले गर्ने कामको जिम्मेवारी, हेर्ने दृष्टिकोण र गरिने व्यावहार फरक प्रकारको नै छ । अहिले संसारका विकसित र मानव अधिकारको ग्यारेन्टी भएका भनिएका देशहरूमा पनि महिलाहरुलाई साधनको रूपमा प्रयोग गरिरहेका छन् । खुलेआम महिलालाई बेच्न र बेचीन बाध्य पारिरहेको छ । केही मात्रमा भएका परिवर्तन एउटा सरकारत्मक समानता बाहेक समग्रमा समानता आउनै सकेको छैन । हाम्रो देशमा हेर्ने हो भने पनि दिनानुदिन बलात्कारका घटना घटिरहेका छन् । दाइजोको निहुँमा जीउदै जलाइएका छन् । छोरी छोरी जन्माएको निहुँमा अनेक मानसिक, शारीरिक र सामाजिक यातना खेपीरहेका छन्, मरे पछि गर्ने काजक्रियाको लागि छोरा नै चाहिने, बंश र अंश धान्न छोरा नै चाहिने चलनको अन्त्य भएको छैन जसले गर्दा गर्भमा छोरी रहेको थाहा पाएपछि गर्भपतन गराउनेको संख्या उस्तै छ ।
अझै सम्म पनि छोरीहरुलाई बाहिर एक्लै हिड्न सक्ने अवस्था छैन । तर यो छोरीको कारणले होइन, समाजको हेरिने गलत कारणले हो । समाजबाट दास युगको अन्त्य भयो तर महिलाहरु अझै दासीनै छन् । यो सत्य हो । तर यसो भनिरहँदा अहिलेपनि सबै महिला त्यहिँ नै छन् जहाँबाट आन्दोलन शूरुभएको भन्ने त कदापी होईन, महिला आन्दोलन पश्चात थुप्रे परिवर्तन आएको भने सतय हो तर यो नै संतुष्टिको अन्तिम बिन्दु भने होईन भन्ने बुझाई अ ाजपनि छ । पितृसत्ता विरुद्धको वैचारिक अभियानमा, सामाजी मुल्यमान्यताको पर्खाल तोड्न र पुनारात्वन सोचमा सकारात्मक विज रोप्न अझ हामीले हाम्रो आन्दोलनको स्वरुप परिवर्तनको खाचो भने औल्याईराख्न यो दिवशमा संकल्ःप गर्न सक्नुपर्दछ भन्ने मान्यता हो । महिलाहरु राजनितीमा आउन त थालेका छन् सुखद पक्ष हो, । तर एक दुई जना महिलाहरुलाइ पदमा देखाउने र निर्णायक अधिकार पुरुषले नै लिने चलन अन्त्य भएको छैन ।
महिलालाई राजनीतिमा सबैभन्दा धेरै अधिकार दिन्छौ भन्ने राजनीति दलहरुले पनि पार्टी्भिभत्रै रहेको पितृसत्तालाई हटाउन सकिरहेका छैनन् । यो झन् गम्भीर समस्याको विषय बनिरहेको छ । धेरै अधिकारहरु प्राप्त गर्नु पर्ने भएकाले महिला आन्दोलनलाई पनि बर्गीय आन्दोलनको रुपमा अगाडि बढाऊँ । अन्तर्रा्ष्ष्ट्रिय महिला दिबसलाई उत्सवको रूपमा हैन आन्दोलनकै चरणको रुपमा मनाऊँन आवाश्यक छ !
अन्त्यमा साँच्चै भन्ने हो भने हामीले अन्तर्राष्ट्रिय महिला दिबसलाई खुशीयालीको रूपमा मनाउन त्यो दिन मात्र सक्नेछौ जुनदिन महिला र पुरुषमा रहेका प्राकृतिक असमानता बाहेक अरु कुनै पनि असमानता हुने छैनन् । समाजले निर्माण गरेका हरेक बिभेदको अन्त्य हुनेछ । प्राकृतिक रूपमा पाएका जिम्मेबारी बाहेक सबै जिम्मेबारी समान हुनेछन् । महिला भएकै कारणले कोही पनि महिलाहरु कसैबाट प्रताडित हुनु पर्ने छैन । महिलालाई श्रृगारको बस्तुको रुपमा हैन एउटा पूर्ण मानवको रुपमा लिइनेछ ।
अन्तर्राष्ट्रिय महिला दिवसको सबैमा शुभकामना ।