नेपाली समाजमा पछिल्लो समयमा आत्महत्याका घटनाहरु बढिरहेका छन् । विश्वमा प्रतिबर्ष १० लाखभन्दा बढि मानिसहरुले आफ्नो बाच्ने औषत आयुुलाई आत्महत्याको कारण छोट्याइरहेको पाइएको छ । यो तथ्याङ्गलाई आधार मान्ने हो भने हरेक ३ सेकेण्डमा एकजनाले आत्महत्याको प्रयास भइरहेको देख्न सकिन्छ ।
यसको अतिरिक्त म बाँचेर के गर्ने ? भन्ने सोच जन्माउने ४० सेकेण्मा १ जना रहेको र त्यसैमध्येले आत्महत्या गर्ने गरेको पाइएको छ । हरेक देशको तथ्याँक आंकलन गर्ने हो भने आत्महत्याको शिकार हुने उमेर भनेको १५ देखि २५ बर्षसम्मको बढी रहेको पाइएको छ । अर्काे उमेर समूह भनेको १५ देखि २९ बर्षसम्म हो ।
नेपालको हकमा भन्ने हो भने प्रत्येक बर्ष झण्डै ४ हजार ७ सय जनाले आत्महत्याको बाटो रोजेको देखिन्छ । हामीले उठ्ने बित्तिकैदेखि सुन्ने रेडियो टेलिभिजन, पत्रपत्रिका होस् वा सामाजिक संजालमा दिनहँु जसो समाचार बनेर आउने घटनाक्रमले मानवीय सोचाइमा नकारात्मक प्रभाव पारिरहेको छ । समय परिवर्तनशिल छ ।
समय परिवर्तनसँगै समाज परिवर्तन हुनु स्वभाविक हो । तर समाजमा भएका वा हुने गरेका हत्या, हिंसा वा आत्महत्याका घटनाहरु दिन प्रतिदिन बढ्दै जानुले यस्ता घटना घट्न कमजोर मन, मष्तिस्क भएका प्रेरित गर्नै कारण के हुनसक्छ भन्ने कुराको खोजी हुन आवाश्यक छ । हाम्रो घर, परिवार अनि समाजमा हुने हरेक मानविय गतिविधिले अब कस्तो समाज कतातिर जादैछ भन्ने तर्फ औल्याईरहेको हुन्छ भने मानविय व्यावहारले मान जीवनमा प्रत्यक्ष असर पारिरहेको अवस्था छ । हिजोआज हाम्रो समाजमा घटिरहने घटनाको एउटा भयानक रुप बनेर आत्महत्याको क्रम बढिरहेको प्रति चासो लिने मात्रै होइन ।
अब यसको न्यूनिकरणको लागि कारण खोज्न र समाधान गर्न जरुरी छ ।
हिंसाको कारण ः नेपालमा आत्महत्याको तुलना गर्ने हो भने पुरुषको तुलनामा महिलाहरुको संख्या बढि छ । नेपालमा औषत आत्महत्या गर्ने संख्या बर्षभरिमा ८ हजार ६ सय ४० रहेको एक तथ्याङ्गले देखाईरहँदा सबै भन्दा बढि आत्महतया गर्ने महिलाको संख्या रहेको देखाँउछ ।
आत्महत्याका अनेकौ कारण मध्येको एक कारण मानसिक रोगलाई लिन सकिन्छ । प्राय मानिस कुनै न कुनै मानसिक तनावको बिचमा आफ्नो दिन बिताईरहेको हुन्छ हो फरक यति होला कसैले तनावलाई सरल तरिकामा दिनु हुन्छ भने कसैले सानो भन्दा सानो तनावलाईपनि सुल्झाउन नसकिरहेको देखिन्छ । तर जसरी हामीले बुझे बुझाएपनि वास्तवमा आत्महत्या एक सामाजिक मनोवैज्ञानिक तथा जैविक कारणहरु नै पर्दछन् भने महिलाहरुको हकमा भने घरेलु तथा सामाजिक हिंसाका कारण, समाजले गरेको अपमान आत्मसम्मानमा ठेस, झुटो आरोप एवम् दाईजोजस्ता शारिरक मानशिक तनावकै कारण आत्महत्याको निमिक्त प्रोत्साहित गरेको बुझाई छ ।
एक्लोपन तथा आर्थिक अभाव ः स्वभावैले मानिस सामाजिक प्राणी भएकै कारण समाजमा स्वतन्त्रपुर्ण जीवन बिताउन चाहनु स्वभाविक हो । घरपरिवारका सदस्यसँग रहँदाको जनजिवन र एक्लै रहनुपर्दाको पिढा वास्तवमै असाह् हुने गर्दछ । घरपरिवारसंग होस् वा पतिपत्नि बिचको असमझदारी व्याबहार, कुनैकारण वा मृत्यले अलग रहेको व्यात्ति वा आफ्नै संतानबाट बिभिन्न कारण बिरत्तिएर भौतारिन पुगेका सदस्यहरुले पनि अन्तिम बिकल्पको अस्त्रको रुपमा आत्महत्या नै अंगालेको घटना थुप्रैछन् भने आर्थिक अभावका कारण वितृष्णीएर आत्म हत्या भएका घटनाहरुपनि हाम्रो समाजमा बढिरहेको तथ्याङ्गले देखाउँछ ।
नकारात्मक सोच अर्थात उदासीनता ः जन्मपछिको मृत्यु स्वभाविक हो, । मानिस जन्मेपछि एकदिन मर्ने संसारको सबैभन्दा ठुलो सत्य हो । अर्काे सत्य मानिस मृत्युसँग बाच्ने उपायको खोजीमा कति न कति समय खर्च गरि नै रहेको हुन्छ । अर्थात सबै भन्दा ठुलो डर भनेको मानिसलाई मृत्युसँग नै लाग्ने गर्छ र त हरेक सेकेण्ड मानिसले आफुलाई महत्वपुर्ण बनाउने प्रयास गरिरहेको हुन्छ ।
सामानयतय मानसिले आपुले गर्ने क्रियाकलापमा नकारात्मक परिमाण प्राप्त भयो भने बाचेर के गर्ने, म केहि गर्न सकिनं भन्ने उदाीनताले पिरोल्न थाल्छ । दिर्गरोग अथवा लागुपर्दाथ सेवनले पनि आत्मबल कमजोर पारिरहेको हुन्छ । जटिल रोग अर्थात म मर्देछु भन्ने किसिमको रोगलेपनि मानिस मर्ने सोचलाई बिकशित गर्दछ । प्राय मानिसलाई आत्महत्याको बाटोमा सक्रिय बनाउने कारण मध्येका मुख्यकारण सफल्ता हात नलाग्नु, निराशा प्रदा गरोने वयावहार हुनु आदि ईत्यादि पर्ने गर्दछन् ।
के छ त न्युनिकरणको उपाय ः आत्महत्या न्युनिकरण गर्ने बिषयमा अहिलेको समाज अर्थात हामी गम्भिर हुन आवश्यक छ । आत्महत्या एक दुखद अकालको दुर्घटना हो । जस्को न्युनिकरणको लागि पारिवारिक घुलमेल आफ्ना परिवारका सदस्यले के गर्देछन् भनने कुराको जानकारी । उनिहरुको मनोभाव बुझ्ने वा बुझाउने माहौलको निमार्ण, सकेसम्म परिवारका हरेक सदस्यको कुरा सुन्ने मनन गर्ने कुनै समस्या देखिए समाधान गर्ने प्रयास गर्ने, खबरदारी गर्ने साथीसंगतको व्यावहारमा निगरानी राख्न सकनु पर्दछ ।
त्यस्तै पत्रपत्रिका संचार माध्यमबाट सकारात्मक सुचना, प्रकाशन र उत्साहित वा निरुत्साहित पार्ने बिषय बस्तुको ध्यान पु¥याउन सक्नु पर्दछ । आत्महत्याको समस्या केवल घर परिवारको मात्रै समस्या नभई गाउँ, समाज स्थानीय सरकार, प्रदेश सरकार तथा केन्द«ीय सरकारसँग पनि जोडिएका थुप्रै घटना हाम्रा सामु विद्यमान छन् । तसर्थ मानवीय संवेदनशीलतामा राज्यका हरेक निकायले सामाजिक एव्म आर्थिक व्यवहारमा ध्यान दिन सक्नु पर्छ ।