वीरगंजमा हुन गईरहेको अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । महायज्ञको लागि वीरगंजको आर्दशनगर रगंशालामा निर्माण भईरहेको पण्डालको कार्य अन्तिम चरणमा पुगेको हो । आर्दशनगरस्थित ठाकुर राम बहुमुखी क्याम्पसको व्वाय होस्टेल र गर्ल होस्टेलमा पण्डाल बनाउने तिव्र रुपमा भईरहेको छ ।
वीरगंजको विभिन्न क्षेत्रमा करिब साढे चार लाख स्क्वार्य फिटको पण्डाल निर्माण भईरहेको छ । गर्ल होस्टलमा मात्र १ लाख ६० हजार स्क्वार्य फिटमा पण्डार बनाउने काम भईरहेको पण्डाल निर्माणको जिम्मा पाएको जगदीश साउण्ड तथा टेण्ड सेवा वीरगंजका प्रोप्राईटर जगदीश साहले बताए । आर्दशनगर रगंशालामा एकसाथ २५१ कुण्डीयमा हराजौ अटने गरी ९० हजार स्क्वार्यर फिटको पण्डाल निर्माण भईरहेको छ ।
पण्डाल निर्माणमा करिब २५ हजार भन्दा बढी बाँस लागेको छ र ४२ जना मजदुर दिनरात लागि परेका छन । उनले रगंशाला, ठाकुराम बहुमखी क्याम्पस, बाल मन्दिर, घण्टाघर स्थित विपी उद्यानको खाली जग्गा गरि करिब साढे चारलाख स्क्वायर फिटको पण्डार बनाउने काम भईरहेको छ ।
घण्टाघर स्थित लागेको मेला हटने वितिकै तिव्र रुपमा पण्डाल निर्माण गर्ने काम अघि बढाएर १६ गते भित्र फाईन दिने छौ उनले भने, अन्य विजुली, साउण्ड सर्भिसको कामहरु पनि अगाडी बढीरहेको बताए । महायज्ञमा सहभागि हुन आउने पाउनुका लागि ठाउँ ठाउँमा स्वागत गर्नको लागि शंकराचार्य गेटदेखि पावर हाउस चौक सम्म विच विचमा पनि पाईप पण्डाल निर्माण गरिने छ ।

त्यसैगरी गर्ल होस्टेलमा एकसाथ १५० वटा शौचालय निर्माण भईरहेको छ । शनिबारसम्म शौचालयको निर्माण कार्य पुरा सम्पन्न हुन्छ, निर्माण गर्न ठेक्का लिएका कम्पनी अनुसार शौचालयको लागि पक्की ढकाल सहित सिट राख्ने काम पुरा भईसकेको छ, छेउमा घेरा हाल्ने काम मात्र बाकी छ, शनिबार सम्म फाईनल हन्छ । नगरको करि साढे पाँच किलो मिटर सडक निर्माण गर्ने काम भईरहेको आयोजक समितिले जनाएको छ । भत्कीएको पिच टालटुल गर्ने देखि लिएर कच्ची भएको सडकलाई पनि विच सडक बनाउने काम भईरहेको वीरगन्जका मेयर विजय कुमार सरावगीले बताए ।

महायज्ञमा करिब ६ देखि ७ लाख सम्म आन्तरिक तथा बाहिरी पाहुनाहरु आउने भएकोले उनीहरुको भव्य स्वागत गर्न महायज्ञ तयारी समिति कुनै करस बाकी नराख्ने जनाएको छ । स्वागत गर्न शान्तिकुन्च हरीद्धार भारतबाट करिब एक सय २५ भन्दा बढी स्वयंसेवकहरु आएका छन भने अरु पाउने क्रम जारीरहेको शक्तीपीठ वीरगन्जका संयोजक समेत रहेका मेयर सरावगीले बताए ।
यज्ञ सफल बनाउन स्थानिय स्तरबाट करिब २ हजार जना स्वंमसेवकको रुपमा लाग्न स्वेच्छाले आउन तयार रहेका छन भने अन्य बाहिरबाट पनि करिब २ हजारको स्वयमसेवकको सहभागिता हुने छ । सुरक्षाको दृष्टीकोणले करिब ६ सय भन्दा बढी सुरक्षाकर्मी खटाउने योजना रहेको मेयर सरावगीले बताए । राष्ट्रलाई सक्षम, समर्थ एवं समृद्ध बनाउनको लागि पहिलो पल्ट नेपालमा गायत्री महायज्ञ गर्न लागिएको छ । यही फागुन १९ गतेदेखि २२ गते सम्म चार दिन महायज्ञको संचालन भईरहेको छ ।