वीरगंजमा आयोजना हुन लागेको अश्वमेध गायत्री महायज्ञलाई शान्तिपुर्ण रुपमा सफल बनाउन नेपाल तथा भारतका सुरुक्षा अधिकारीहरुसगं शनिवार वीरगंजमा छलफल भएको छ । नेपालमै पहिलो पटक हुन लागेको यस महायज्ञका लागी भारत लगायत ४० देशका भक्तजनहरुको उपस्थिति रहने छ । सोको व्यवस्थापन र भारतको विभिन्न प्रान्तबाट आउने भक्तजनहरुको सुरक्षा लगायतको विषयमा छलफल भएको वीरगंज महानगरपालिकाका मेयर एवं अश्वमेध आयोजन समितीका कार्यकारी अध्यक्ष विजय कुमार सरावगीले बताए ।
भक्तजनहरुको आवागनलाई सुगमता र सहज बनाउन यज्ञको अवधिभरी पन्टोका तथा आइसिपिको बाटोमा पनि सवारी साधनहरुको आवागमन खुलाउने विषयमा समेत छलफल भएको उनले जानकारी गराए । बैठकमा महायज्ञलाई शान्तिपुर्ण बनाउन सुरक्षाका सबै अगंहरुलाई परिचालन गर्नुको साथै सिसि क्यामरा, ड्रोन, सादा पोसाकका प्रहरी लागयतका विभिन्न प्राविधिक उपकरणहरुको यज्ञस्थलमा परिचालन गर्ने विषयमा समेत छलफल भएको थियो ।
भक्तजनहरुको सहजताका लागी सिमापारी रक्सौल स्टेशन र वारी इनर्वामा लगायतका आवश्यक ठाउँहरुमा सुचनाडेस्क स्थापना गरिने महायज्ञ आयोजक समितिले जनाएको छ ।
बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईले महायज्ञलाई सफल बनाउन सुरक्षाका सबै अगंहरुलाई आवश्यकता अनुसार परिचालन गर्ने प्रतिवद्धता जनाएका थिए ।
छलफलमा भारतको तर्फबाट भारतीय महावाणिज्य दुतावास वीरगंजका सुरक्षा कान्सुलर सुरेश कुमार, सिमावर्ती शहर रक्सौलका डिएसपि संजय कुमार, एसडिएम अमित कुमार, यसैगरी वीरगंज भन्सार कार्यालयका श्याम प्रसाद भण्डारी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक रेवती ढकाल, सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक पराक्रम राज भण्डारी, राष्टिय अनुशन्धान कार्यालयका आर वि चौधरी, विधुत प्राधिकरण वीरगंज वीतरण केन्द्रका प्रमुख मुनिन्द्र ठाकुर लगायतको उपस्थिती रहेको थियो ।