वीरगञ्ज महानगरपालिकाले १६ विगहा अतिक्रमित सार्वजनिक जग्गा खोजि गरि नक्शाङ्गन गरेको छ ।
सोमबार बीरगन्ज वडा नम्बर १९ मा ५ विघा ७ कट्ठा जग्गा , मंगलबार ७ विघा जग्गा गरि १२ बिगहा ७ कठ्ठा अतिक्रमित सार्बजनिक जग्गा आफ्नो नियन्त्रणमा ल्याएको थियोे र बुधबार ४ बिगहा थप अतिक्रमित जग्गाको पहिचान भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभएको छ । अतिक्रमित जग्गाको थप खोजी गर्न प्राविधिक को समूह खटाएर पहिचान गर्ने र त्यसको घेरा गरि संरक्षण गरिने पौडेलले बताए ।
बुधबार बीरगन्ज महानगर पालिकाको नगर प्रमुख राजेश मान सिंहले अतिक्रमित जग्गाको स्थलगत अनुगमन गर्नु भएको छ । सिंहले अतिक्रमित जग्गाको अनुगमन पछि न्एक् प्रबिधि बाट नाप नक्शा छुट्टयाइ घेरा गर्ने र थप अतिक्रमित जग्गाको खोजी निरन्तर गरिने बताउनु भयो । उहाँले बीरगन्जको आइ सि पी को पश्चिम पट्टि को यो जग्गामा चाडै सार्वजनिक उपयोग मा ल्याउने बताउनु भयो ।
स्थानीय केही व्यक्तिले अतिक्रमण गरेर कब्जामा राखेको जग्गा महानगरले धमाधम आफ्नो नियन्त्रणमा ल्याउने क्रमलाई जारी राखेको छ ।
बुधबार बीरगन्ज महानगर पालिकाको नगर प्रमुख राजेश मान सिंह , प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल ,वडा नम्वर १९ का वडाध्यक्ष मुकेश कुमार चौरसिया , वडा न १७ का वडा अध्यक्ष सन्जु छतकुली , प्रेस सल्लाहकार महेश दास , मेयर को सचिवालयका हरि पोखरेल, सत्यराज घिमिरे सहित प्राविधिकहरु को टोली ले अनुगमन गरेको छ ।
महानगरको टोलीले नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याएर तारबारका लागि खन्ने काम समेत गरेको छ ।
सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोली नक्सा लिएरै संभावित स्थानमा पुगेको हो ।
अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन दिनभर नापजाँच गरेर छुट्याउनुका साथै डोजर लगाएर सीमा छुट्याउने काम गरिएको छ ।