साना–साना बालिकाहरुमा पछिल्लो समय निकै चाडो पनि महिनावारी हुने गरेको छ । पहिलो पटक महिनावारी हुँदा धेरै बालिकाहरुलाई यसको बारेमा थाहा पनि नहुने गरेको पाइन्छ । यस्तै अवस्थाबाट गुज्रिएकी ठाकुरराम बहुमुखी क्याम्पसकी प्राध्यापक पल्लबी हरलालकासँग मध्य नेपालले गरेको बिशेष कुराकानी :
१ तपाईको पहिलो महिनावारीको अनुभव बताइ दिनुुस्न ।
मेरो १३ बर्षमा पहिलो महिनावारी भयो । अहिलेको अवस्थामा बच्चाहरुलाई पहिला नै तयारी गरिदिन्छौं । महिनावारी हुने वित्तिकै दाग लाग्ने किन ? मलाई कुनै आइडिया थिएन । मेरो मनमा धेरै प्रश्न थियो । मलाई के भको छ ? ममीसंग म कतै लडेको छैन । कहाँबाट रगत्त आयो ? भनी सोधें । अनि ममिले बुझाउनु भयो । तिमीलाई केही पनि भएको छैन । कसैलाई भन्नु हुदैन । तिमीलाई महिनवारी भएको हो । यो हरेक महिनामा हुन्छ । एक दम पेट पनि दुख्ने भयो । त्यो वेला पहिलो महिनावारीमा प्याड प्रयोग गरे । पहिलो पल्ट महिनवारी हँुदा ममीले मलाई के भन्नु भयो भने अब महिनवारी भएको वेला यसरी कपडा लिने र २–३ दिन स्कुल नगएर घरमा बस्नभन्नु भयो । यो महिनवारी भएको कुरा कसैलाई बताउनु हुदैन भन्नु भयो । म कक्षा ८ मा थिए । हेल्थको च्याप्टर आयो । त्यसमा महिनावारी, कण्डम, पिल्सको बारेमा केही थाहा भयो । त्यति खेर एकदम उत्सुख भए । हाम्रो पुरुष शिक्षक हुनुहुन्थ्यो । तर त्यो सरले के गर्नु भयो भने यो च्याप्टर नै पढाउनु भएन । त्यो उत्सुकता मनमा निरन्तर थियो । ममीसंग केही कुरा सोध्दा धेरै कुराको जवाव नै थिएन । ममी भन्नु हुन्थ्यो । यसरी बस्नु पर्छ । कसैलाई भन्नु हदैन ।
यो प्रोसेस चल्दै गयो । त्यसपछि क्याम्पसमा गएपछि आफै थाहा भयो । कहिले काही त क्याम्पसमै महिनावारी भइहाल्थ्यो । दागहरु लाग्यो । एक चोटी मलाई एकदमै लाज लाग्यो । महिनावारी क्याम्पसमा भएको थियो । अब केटाहरु जिस्काउँछन् कि भनी । फेरि दोस्रो पल्ट ६ मनिामापछि मसंग फेरि घटना भयो । मैले के गरें भने त्यहि युनिफममा बाहिर निस्के । अफिसबाट प्याड लिए, हल्का धोए, त्यहि दागलागेको लुगामा गए । मलाई के फिल्ल हुन थाल्यो यो प्रकृतिले बनाएको चक्र हो । म किन डराउने, म किन लजाउने, तर केटाहरुले जिस्काउँदा धेरै समस्या आउथ्यो । दाग लागे पनि म एकदम सामना गर्थे । क्याम्पस देखिनै मेरो बोल्ने बानी भयो । विहेपछि त अझ मान्छे परिपक्क भइहाल्छ । त्यसपछि लुकाउने डराउने कुरा नै भएन । यो दागको कारण र महिनावारीको कारण कहिले इन्ब्यालेन्स फिल भएन ।
२) महिनावारी भनेको तपाईले बुझेको कुरा के हो ?
महिनावारी एउटा वाइलोजिकल प्रक्रिया नै हो । हरेक महिना महिलामा प्रजन्न अंग रक्तश्राव हुने प्रक्रिया हो । महिनावारी भइसकेपछि एउटा महिला गर्वधारण गर्ने सम्भावना बढेर जान्छ । महिनावारी भएको बेलामा महिलामा सरसफाईको कमी हुन सक्छ । महिनावारी अरुलाई जिवन दिने एउटा प्रक्रृया हो । महिनवारीको बारेमा केटीहरुलाई कश्रा ८ देखि नै जानकारी गराउनु पर्छ ।
३ महिनावारी भएको बेलामा जातिय र ठाउँ अनुसार प्रथा छ तपाईले यसलाई कसरी लीनु भएको छ ?
म एउटा शिख समुदायको छोरी हो । हाम्रो समुदायमा महिनावारीलाई वार्नु पर्दैन । महिनावारी भएको पहिलो दिनदेखि नै भान्साकोठामा जान मिल्छ । सुरुको दिनदेखिनै गुरुद्धारामा पनि जान मिल्छ । हाम्रो समुदायमा महिनावारी भएमा काम गर्न कुनै रुकावट हुदैन । तर मेरो विहे मेरो विवाह एउटा मारवाडी समुदायमा भएको हो । यो समुदायमा महिनावारी भएको दिनदेखि चार दिन्नसम्म घरको काम, भन्साकोठा र पुजाकोठामा केही गर्न मिल्दैन । हरेक समुदायको महिनावारीलाई लिएर आफ्नै मान्ने प्रकृयाहरु हुन्छन् । म चाहरे पनि हरेक समुदायको नियमहरु बदल्न सक्दिन । त्यसो गर्न पनि हुँदैन ।
४) तालिम दिदै जादा कतिको खुलेर कुरा गर्छन् ?
हाम्रो समाजमा महिनावारी बारे चेतनाको लेवल कम छ । केटिहरु यसबारेमा कोरा गर्न असहज मान्छन । उनिहरु कुरा लुकाउ छन् । कुरैगर्न चाहदैन् व्यासक महिलाहरु खुलेर कुरा राख्छन् ।केटिहरुलाई मैले प्रशिश्रण दिदा सुरुमा त उनिहरु लाज मान्छन । पछि खुलेर बोल्छन ।
५) सबैको सहज पहुँचमा पुयाउन प्याड वितरण कसरी गर्दा उपयुक्त हुन्छ ?
महानगरपालिका बिगत २ बर्षदेखि समुदाय विद्यालयमा महिनावारी हुने बालिकाहरुलाई प्याड वितरण गर्ने एउटा अभियान नै चलाएको छ । अहिले पनि चलिनै रहेको छ । ७, ८ बर्षको बच्चाहरुलाई प्याड देखाउँदा मेम यो के हो ? भन्छन् र बालिकारुलाई प्याडको बारेमा थाहा नै हुँदैन । हाम्रो समाजका धेरै महिलाहरु प्याडको पहुचभन्दा धेरै टाढा छन् । अहिले पनि गाउँका महिलाहरु कपडा नै प्रयोग गर्छन् । मेरो लक्ष्य गाउंँमा हुन्थ्यो । अहिले पुरा भएको छैन । म के चाहन्छु की वीरगंजमा मात्र नहोस् । गाउँंहरुमा प्याड सम्बन्धी प्रशिक्षण दिन जाँदा प्याड देखाउदा महिलाहरु यो के हो भनी प्रश्न गर्छन् । सरकारले हरेक महिलाकहा प्याड पुग्ने प्रकृया सिकाउनु पर्छ । जसले गर्दा महिनावारीको बेला सरसफईमा बृद्धि होस् । महिनावारी सम्बन्धी चेतना बढाउने र प्याडको प्रयोग बढाउने गर्नु पर्छ ।
६) यो प्रशिश्रण कार्यक्रममा कहिलेदेखि लाग्नु भएको हो ?
प्रशिक्षणमा चार बर्षदेखि लागेको छु । मेरो श्रीमान्को पनि एउटा संस्था छ । जस्ले महिनावारी र प्याडको बारेमा शिक्षण कार्यक्रमको आयोजना गर्छ । जस्मा म प्रायः जसो प्रशिक्षण दिन जान्छु । यस कार्यक्रमलाई समाजका सबैले सहयोग गरिदिय धेरै राम्रो हुन्थ्यो । तर कसैसंग कुनै किसिमको सहयोग माग्न जादा समुदायको फाईदाभन्दा आफ्नै फाईदा बढी होस् भन्ने सोच पाइन्छ । सम्पूर्ण सहयोगी हात जस्तै मिडिया, स्थानीय सरकार डाक्टर समाजका बौद्धिक, उद्योगी व्यापारी व्यक्तिहरुले परस्पर सहयोग गरी फोटो फिचर डक्युमेन्ट्रीको माध्यमबाट काम गरे । मैले महिनावारी प्रकियालाई पाँच कभककष्यल मा विभाजन गरेको छु । (१) ग्रोइङ्गि (२¬) निद्रीयसन (३) फिजियोलोजी अफ मिन्सुरेसन (४) हाइजिन अफ मिन्सुरेसन (५) प्रिपेरिङ्ग अफ मिन्सुरेसन एक नम्बरमा बालिकाको उमेर बिस्तारै बढ्दै जान्छ । महिनावारीको समय पुग्दासम्मको समय हो । महिनावारीको समयमा के खाने के नखाने । हामी महिनावारीको बेला मात्र रगतनै देखा पर्छ । तर धेरै प्रकिया पुरा गरेर यो महिनावारी हुन्छ । अभरीले कसरी काम गर्छ । फिलपिन प्युवको के काम हो ? यो कुराको जानकारी गराउँ छ । चोथो नम्बरमा पर्छ हाईजिन अफ मिन्चुरेसन भएमा प्याड कसरी प्रयोग गर्ने, कति दिनमा बदल्ने वा कपडा प्रयोग गरेको छ भने कुन तरिकाबाट कपडा तयार गर्ने ? सो कुरा सिकाउँछ ।