नेपालमा विकासको संकट छ । नेपाल राष्ट्र दिन परदिन असफल र जटिल बन्दै गएको भान हुन्छ । मानवीय र प्राकृतिक दुबै कारणले प्राचीन, सुसंस्कृत, सफल, धनी र श्क्तिशाली सुन्दर, शान्त र विशाल नेपाल यतिखेर हरेक कुरामा कमजोर बनाइदै लगिएको छ । असफल शब्दको अर्थ नेपाली शब्दकोषमा सफल नभएको, कार्य सिद्धि नभएको, फेल भएको, अनुर्तीण सफल नहुनुको भाव तथा स्थिति, विफलता भन्ने उल्लेख छ । नेपालको यथास्थिति हेर्ने हो भने आशा भन्दा निराशा बढी छ । धैर्यता, गुणभन्दा निकै बढी अर्धैयता र अवगुण छ ।
परम्परा र आधुनिकता बीच ठूलो खाडल छ । न यता,न उता, न तल न माथिको अनौठो र आश्चर्य लाग्दो परिस्थिति छ । समाप्त हुने बेलामा यस्र्त देखिन्छ । देशको विद्यमान अवस्था असंगम, असजिलो,असंचय, असत, अशान्ति,असमय,असमर्थ, असमवयस्क, असमान, असमायोजन, असंंप्रज्ञात,असम्मत, असम्मान,असहयोग, असहाय, असहिष्णु,असध्य, असामरिक, असाधरणअसाध्य, असामयिक, असामान्य सिवाय केही छैन । आस भन्दा त्रास बढी छ । अविनास भन्दा विनास बढी छ । जलवायु परिवर्तनको चुनौति जारी रहदाँ ‘माटोलाई ढुङ्गाको भर, ढंगालाई माटोको भर’ हराउदै गएको छ । मानिसले मानिसलाई शोषण,दमन चरम देखिन्छ ।
आकाशमा कालो बादल मडारिए पनि दिन बाँकी छ भनेर चित्त बुझाउन बाहेक अर्को विकल्प छैन । गरिबी,बेरोजगारी,मंहगीले जनजीवनलाई कष्ठपूर्ण बनाउदै लगिरहेको छ । दुई चार वटा ठूला अत्याधुनिक भवन, चिल्ला गाडी, दुई चार जना धनी देखिदैमा देशको विकास भएको मान्न सकिदैन । मानवीय विकासको अवस्थाले देश विकाशलाई ऐनाले झै छर्लङ्ग पार्छ । यथास्थिति निकै डरलाग्दो र पेचिलो बन्दै गएको छ । यस्तो अवस्थामा परिवर्तन कि त जलवायु परिवर्तन प्राकृतिक प्रकोपको उथलपुथलले गर्न सक्दछ । कि त राजनीति जनक्रान्तिले नक्सा र चरित्र बदल्न सक्दछ । समय आएपछि राजनीतिक क्रान्ति र प्राकृतिक प्रकोप अनियन्त्रित ढंगले अघि बढ्दछ ।
कोर्ष बदलेर नै छाड्दछ । यथास्थिति सधै रहिरहने अवस्थामा हुदैन । अति भए पछि खति हुन्छ नै । नेपालको वर्तमान अवस्थामा टड्कारो रुपमा प्रस्तुत राजनीतिक अपविज गठबन्धन संस्कृति, वैचारिक संघर्ष र वर्ग संघर्ष ओझेलमा पर्दैजानु,राष्ट्रिय अनुशासन, चरित्र, नैतिकतामा तरलता आउँनु राष्ट्रपति र प्रधानमन्त्री निर्वाचनमा देखिएको राजनीतिक हत्कण्डा राजनीतिक दलहरुको संगठन कमजोर हुदै जानु, आपसी विश्वास घट्द जानु, आस्थाको राजनीतिलाई अवसरवादले खाईदिनु, समाजवादोन्मुख वयवस्थाको नारा दिएर दलाल पूँजीवादको विकास हुदै जानु, संविधान रक्षा भन्दा भन्दै संविधानको अपव्याख्या, असंवैधानिक कार्य संवैधानिक असन्तुलन, संविधान परिवर्तन कार्य राजनीतिक विभेद उचित कामकालागि राजनीति सहमति,राष्ट्रिय सहमति नहुनु,अनुचित कार्यमा राजनीति सहमति हुदै जानु आदि इत्यादी विकृुति विसंगतिले राष्ट्रिय अस्तित्वमाथि धावा बोलीरहेको छ ।
भूराजनीतिक असन्तुलन,असुरक्षा,विदेशी स्वार्थ रक्षाको प्रवृत्ति देखिनु, जनता र राष्ट्र विराधी क्रियाकलापमा शासन सत्तामा रहेकाहरु हत्तारिनु यावद विकृति, विसंगति, असंगतिले राष्ट्र निमार्णको ऐतिहासिक कार्य प्रति उदासिन्ताको अवस्था कायम भएको छ । अवस्थाले देश असफल हुदै गएको प्रष्ट छ । अफिल राष्ट्रलाई सफल कसरी पार्ने भन्ने चिन्ता र चासो तलब, सहुलियत सुविधा लिएर बसेका दलाल पूँजीवादी संसदीय व्यवस्थाका जनप्रतिनिधि, सरकारी पदाधिकारीमा देखिदैन् ।
केही विपक्षी पार्टीहरुले सुधारका लागि निकालिएको विरोध आवाजको पनि कुनै मतलव कसैलाई छैन । संचितमा रहेको धरौटी रकम, विकास बजेट रकमान्तर गरेर साधारण खर्च गर्ने सरकारको नीति र प्रवृतिले देश र जनतालाई सर्वनास नै पारेर चौराहामा पु¥याउने देखिन्छ ।
विकृति विसंगतिका वारेमा जति लेखे पनि, जति बोले पनि सुधार नहुने अराजकताको अवस्था निकै डरलाग्दो बन्दै गइरहेको छ । राष्ट्र असफल भएपछि अस्तित्व समाप्त हुनसक्ने कुरातर्फ इमान्दार देशभक्त क्रानितकारी सार्वभौम नेपाली जनताहरु अति डराउनुपर्ने अवस्था आएको छ । राजनीति तानातान र हानाहानक अवस्थाले केही परिवर्तन दिन सक्दैन । ढनट्ने,छल्ने, ठग्ने,बेइमानी गर्ने प्रवृति विकसित भएको छ ।
खुलेयाम महिलाहरु वेश्यावृतिमा लाग्दै आएका छन् । शासन सत्ता, व्यवस्था, सरकार कहाँ छ ? भन्ने महसुस र अनुभूति हुने अवस्था छैन । अब वाध्यतावस स्वस्फूर्त रुपमा पीडित सम्पूर्ण नेपाली जनता जुट्नु र उठ्नु बाहेक अर्को विकल्प छैन । देश बचाउने र आफू पनि बच्ने हो भने ऐक्यवद्ध नहुनुको विकल्प छैन ।