१.
शंकर राउत(किसान)
वीरगंज १५,लक्ष्मनवा
हामीले जहिले पनि खेती गर्ने बेलामा खादमल पाइदैन । सरकारले मलमा अनुदान दिए पनि हामी साना किसानहरुले बाली लगाउने सिजनमा मल पाएका छैनौं । सरकारले रसायनिक मलमा अनुदान घटाए,बढाए पनि केही फरक पर्दैैन । हामीले बालीनाली लगाउने समयमा डि ए पी, युरिया र पोटास प्रशस्त पाउनु पर्छ । सरकारले सजिलै बजारमा मल किन्न सक्ने वातावरण बनाइदिनु पर्छ । जहिले पनि खेतीपाती गर्ने सिजनमा मल लिनको लागि दौडाधुप गर्नु परेको छ । तैपनि जति दौडे पनि मल भने पाउन सकेको छैन् । मलको मूल्य महङ्गो भए पनि समयमा नै पाउनु पर्छ ।
२.
इन्द्रा देवी(वडा सदस्य)
वीरगंज–१५,भेडियाही
सरकारले किसानलाई दिदैआएको अनुदानको मल कटौती नगर्नुपर्ने हो । किन भने हाम्रो देशमा जताबाट पनि किसानलाई नै घाटा छ । खेतीपाती गर्ने बेलामा खादमल पाइदैन । बाली लगाउने समयमा मल नपाएपछि खेतीबाट राम्रो उत्पादन हुदैन । उत्पादन नभएपछि खेतमा बालीलगाएर केही फाईदा हुदैन । खेती गर्न धेरै मेहनत छ । दिनभरी घाममा काम गर्नुपर्छ । धान बेच्न जाँदा तिन दिन चार दिन लाईनमा बस्नुपर्छ । सरकारले अनुदान किसानको लागि सहुलियत होस भनेर दिएको छ । तर साना,तल्लो वर्गका किसानहरुले अनुदान भएपनि मद पाउन गाह्रो थियो । अनुदानमा कटौती गर्दा मलको लागत मूल्य बढी हुन्छ । मूल्य बढी भए पछि सर्वत्र बजारमा मल आउनेछ । हरेक खेतीबाली लगाउने सिजनमा प्रशस्त मल पाउने छौं भन्ने आशामा छौं ।
३.दिनेश यादव(किसान)
वीरगंज–१५,लक्ष्मणवा
सरकारले मलमा अनुदान दिए पनि खेतीबाली लगाउने बेलामा मल पाउन सकेको छैन् । हामी साना किसानहरुलाई चाहिएको बेलामा कहिले पनि मल पाउदैन । सरकारले मलमा अनुदान कटौती गरेपनि किसानलाई प्रशस्त मात्रामा मल दिनुपर्छ । अहिलेको समयमा रासायनिक मल खेतमा नराखे राम्रो संग अन्न उत्पादन हुन नसक्ने भएकोले सरकारले मलमा अनुदान कटौती गरे पनि दुःखको कुरा छैैन । तर खेतीबालीको समयमा मल किसानले मल पाउनुपर्छ । रासायनिक मलमा अनुदान बढी हुदाँ पनि हामीले मल पाउन सकेको छैन । त्यसैले किसानलाई अनुदान घटबढले कुनै प्रभाव पर्दैन ।
४.
फेकवा खत्वे मण्डल(किसान)
वीरगंज–१५,भेडियाई
रासायनिक मलमा दिदैआएको अनुदान अहिले सरकारले कम गरेको छ । सरकारले अनुदानका मल दिए पनि हामी साना किसानहरुले खेतीबाली लगाउने समय मल पाइदैन् । विना मल नै बाली लागाउनु पर्ने हुन्छ । अनुदान घटाउने, बढाउने गर्नु भन्दा पनि कसरी मल प्रशस्त मात्रामा नेपालमा भित्रायाउने र किसानलाई बाली लगाउने समयमा सहज रुपमा उपलब्ध गराउने विषयमा ध्यान दिन जरुरी छ । खेतमा चाहिने जति मल कहिले पनि हाल्न पाइएन । अहिले गहुँ,मकै, मसुरो लगाउँने सिजन भए पनि मल पाएको छैन । खाद मल नभएर कम्पोष्ट मात्र हालेर बाली लगाएको छु । कम्पोष्ट मलले मात्र हुदैन केहि मात्रामा रासायनिक मल पनि हाल्नुपर्छ अनि मात्र उत्पादन राम्रो हुन्छ । मैले कम्पोष्ट मल नहालेको भए यसपालिको बाली राम्रो हुने थिएन । मैले पशुपालन गरेको भएर केहि हद सम्म गहुँ राम्रो भएको छ ।
५.
नरेश साह
वीरगंज, पर्सा
रसायनिक मल जति महगो भए पनि समयमा पाउनु पर्छ । सरकारले मलमा दिदैआएको अनुदान घटाए मलको मुल्य बढ्ने हो । रासायनिक मलको मुल्य बढाएर पनि किसानले सहज रुपमा आवश्यकता परेको बेलामा पाउन सकोस् । अगामी दिनमा खेतीबाली लगाउने बेलामा प्रशस्त मात्रामा मल पाउनेमा आशावादी छौं । नेपाल कृषिप्रधान देश भएपनि किसानलाई केहीको सुविधा छैन । रासायनिक मल भएन भने कुनै पनि बाली राम्रो संग फल्दैन् ।
६.
सागर कुशवाहा(किसान)
प्रसौनी गा.पा.–१,बारा
हाम्रो देश नेपालमा ८० प्रतिशत मानिस कृषि पेशामा आधारित छन् । यो कुरा सरकारलाई थाहा छ । तर पनि किन सरकारले किसान प्रति यस्तो नीति नियम लगाएको एकदमै गलत हो । यो देशमा झन गाह्रो भएको छ । अहिले चार महिना अगाडी गहुँ लगाउने बेलामा नेपालमा मल नै थिएन । मलको अभाव भएको थियो । नेपालमा एक बोरा युरिया मलको १ हजार २ सय पर्छ । त्यही युरिया मल २ हजार ५ सयमा किन्न किसान वाध्य भएका थिए । कतिपयले भारतबाट नेपालबाट मल ल्याउने क्रम्मा प्रहरीको पिटाई खानुपरेको छ । किसानलाई केही सेवा सुविधा समयमा उपलब्ध हुदैन । सरकारले त झन किसानहरुका लागि नयाँ नयाँ योजना ल्याउनुपर्छ । जुन अहिले सरकारले नियम ल्याएको छ ।