नवरात्र व्रत शक्तिस्वरूपा महादुर्गा, वैभवस्वरूपा महालक्ष्मी र ज्ञानस्वरूपा महासरस्वती मातालाई प्रसन्न पार्न तथा उपरोक्त शक्तिहरुको प्राप्ति गर्नको लागि गरिने कठिन व्रत वा भनू एक प्रकारको तपश्चर्या हो । वर्षभरिमा नवरात्र चार महिनामा हुन्छन भन्ने धार्मिक मान्यता रहेको भए पनि शारदीय तथा वासन्तीक नवरात्रमा मात्र सो व्रत गर्ने परम्परा रहेको पाइन्छ । दुईटा नवरात्रहरु गुप्त रहेका छन् । जसमा शिद्ध शाक्त र वैष्णवहरुले आ आप्नो इष्टदेउताको पूजन–अर्चन गर्दछन ।
शारदीय नवरात्र हाम्रो देशमा असोज महिनाको शुक्ल पक्षको परेवाको तिथि देखि मनाइन्छ । शारदीय नवरात्रलाई केही भू भागमा चाड़को रूपमा मनाउने गरिन्छ भने केही भू भागमा व्रतको रूपमा मनाइने गरिन्छ । अर्को नवरात्र जसलाई वासन्तिक नवरात्र भन्दछन, चैत्र महिनाको शुक्लपक्षको परेवाको तिथिदेखि मनाइन्छ । श्रीमद्देवी भागवतको तृतिय स्कन्धको छबीसांै अध्यायको श्लोक संख्या ३ र ४ मा स्पष्ट रूपमा भनिएको छ–शरत्काले विशेषेण कर्तव्यं विधिपूर्वकम्, वसन्ते च प्रकर्तव्यं तथैव प्रेमपूर्वकम् । (शरत्कालको नवरात्रमा विशेष गरेर यो व्रत गर्नु पर्दछ, त्यसै प्रकार प्रेमपूर्वक वसन्त ऋतुको नवरात्रमा पनि यो व्रत गर्नु पर्दछ ।
शक्तिपूजक गृहस्थहरुले दशैंको नव दिनसम्म बडो श्रद्धा, विश्वास तथा कठिन तपस्याको रुपमा नवरात्र व्रत बस्ने गर्दछन् । यस व्रतमा महाशक्तिको रुपमा भगवती दुर्गा देवीको विभिन्न नाम तथा विग्रहको पूजा गरिन्छ । वास्तवमा महाशक्ति नै परब्रह्मको रुपमा प्रतिष्ठित रहेको कुरा शास्त्रहरुमा वर्णित रहेको पाइन्छ । उनी नै विभिन्न रुपले अनेकविध लीला गर्ने गरेको कुरा पुराणहरुमा वर्णित छ ।
उनकै शक्तिले ब्रह्मा विश्वका सृजन, विष्णु पालन तथा शिवले संहार गर्दछन । अतः यिनी नै विश्वको सृजन, पालन तथा संहार गर्ने आदिनारायणी शक्ति हुन । यी महाशक्ति नौ दुर्गा तथा दश महाविद्याहरुको रुपमा प्रतिष्ठित रहेकी छिन । यिनी नै देवी अन्नपूर्णा, जगद्धात्री, कात्यायनी, ललिता तथा अम्बा हुन । गायत्री, भुवनेश्वरी, काली, तारा, बगला, षोडसी,त्रिपुरा, धूमावती, मातङ्गी, पद्मावती, दुर्गा आदि देवीहरु यिनै भगवतीको रुप हो । यिनी नै शक्तिमती र शक्ति हुन । परमात्मस्वरुपिणी महाशक्ति नै विविध शक्तिहरुको रुपमा सर्वत्र क्रिडा गर्दछिन–शक्तिक्रिडा जगत् सर्वम् । श्रीमद्देवीभागवतमा भगवतीले स्वयं उद्घोष गदृछिन–सर्वं खल्विदमेवाहं नाँयदस्ति सनातनम् (श्रीमद्देवीभा. १ । १५ । ५२) । अर्थात समस्त जगत् म नै हु, म बाहेक अन्य कुनै पनि सनातन तत्त्व छैन ।
यस प्रकारको महिमा भएको भगवतीको पूजन शुक्ल पक्षको परेवा तिथिबाट आरम्भ गरेर नवमी तिथीसम्म गरिन्छ । यतिका दिनसम्म भक्तको दिनचर्या कठीन हुन्छ । उपवास,नड्ड कपाल न काट्ने, भूमी शयन, वल्कल वसन, पूर्ण ब्रह्मचर्यको पालन तथा रात्री जागरण भक्तहरुको धैर्यको कठीन जा“च लिन्छ । दशैंकोठामा प्रथम दिन विधि पूर्वक घटास्थापना गरि सके पछि पुजा स्थानमा श्री दुर्गासप्तशतीको पाठ गरिन्छ । श्री दुर्गा सप्तशती संस्कृत भाषामा विभिन्न ऋचा, स्तोत्र, मंत्र तथा कथाको रुपमा रहेको पाइन्छ । श्री दुर्गा सप्तशतीमा सप्तश्लोकी दुर्गा, श्री दुर्गाष्टोत्तरशतनामस्तोत्रम्, देवि कवच, अर्गलास्तोत्र, कीलक, वेदोक्त रात्रिसूक्त, तन्त्रोक्त रात्रिसूक्त,श्रीदेव्यथर्वशीर्षम् नवार्णविधि तथा सप्तशती न्यासको पाठ दुर्गा पाठको पूर्वाड्डको रुपमा गरिन्छ । त्यस पछि वास्तवीक पाठ शुरु हुन्छ । मुख्य पाठमा जम्मा तेरह अध्यायहरु रहेका छन् ।
ती अध्यायहरुलाइ भगवतीको तीन चरित्रहरुमा विभाजन गरिएको छ । प्रथम चरित्रको पाठ महाकालीको अराधना तथा उनको प्रसन्नताको लागि गरिन्छ । यसमा प्रथम अध्यायको मात्र पाठ हुन्छ जसमा मार्कण्डेय ऋषीले सूर्य पुत्र सावर्णि भगवतीको अनुग्रहले कसरी मन्वन्तरको स्वामी हुन पुगे,राजा सुरथले शत्रुहरुवाट पराजित भएर आफ्नो राज्य गुमाइ सक्दा पनि माता भगवतीको अराधनावाट फेरि आफ्नो गुमी सकेको राज्यश्री प्राप्त गर्न सफल भए भने कथाको साड्डोपाड्ड वर्णन छ । यसै अध्यायमा मधु कैटभ नामक दुइ भयानक राक्षस भाइहरुको भगवान विष्णुद्वारा बध भएको बारेमा कथा वर्णित छ ।
प्रथम चरित्र पछि मध्यम चरित्रको पाठ गरिन्छ । प्रथम चरित्रमा दोश्रो, तेश्रो तथा चौथो अध्याय पर्दछन । यी तीन अध्यायहरुमा महिषासुर बधको कथा वर्णित छ । मध्यम चरित्रको पाठ भगवती महालक्ष्मीको अराधना तथा प्रसन्नताको लागि लागि गरिन्छ । यस प्रसड्डमा चिक्षुर, चामर,उदग्र, महाहनु, असिलोमा, बाष्कल, बिडाल, दुर्धर, दुर्मुख आदि महान राक्षसहरुको बधको कथा वर्णित छ ।
यी दुइ चरित्र पछि उत्तर चरित्रको पाठ हुन्छ । उत्तर चरित्रमा पञ्चम अध्याय देखि तेरह अध्यायसम्म जम्मा आठवटा अध्यायहरुका पाठ हुने गर्दछ । उत्तर चरित्रको पाठ श्री महासरस्वतीको अराधना तथा प्रसन्नताको लागि गरिन्छ । यस प्रसड्डमा चण्ड–मुण्ड, धूम्रलोचन, रक्तबीज, निशुम्भ, शुम्भ जस्ता भयानक राक्षसहरुको बधको कथा वर्णित छन । तदन्तर देवताहरुद्वारा देवीको स्तुती तथा देवीद्वारा देवताहरुलाइ वरदान, देवी चरित्रको पाठको माहात्म्य, तथा अन्त्यमा राजा सुरथ र वैश्यलाइ देवीको वरदानका कथाहरु वर्णित छन ।
तीनवटा चरित्रको पाठ गरि सकेपछि फेरि विनियोग, ऋष्यादिन्यास, करन्यास, ह्दयादिन्यास, अक्षरन्यास, दिङन्यास, देवीको ध्यान गरेर नवार्ण मन्त्रको जाप गरेर ऋग्वेदोक्त देवीसूक्त,तन्त्रोक्त देवीसूक्त, प्रधानिक रहस्य,वैकृतिक रहस्य, तथा मूर्तिरहस्यको पाठ पढे पछि क्षमा प्रार्थना गरेर पाठको समाप्ति गरिन्छ । दुर्र्गाद्वात्रिंशन्नाममाला, सिद्ध कुञ्जिका स्तोत्र तथा दुर्गा मानस पुजा ऐच्छिक पाठ हो । दुर्गा पाठका अन्यान्य अरु पनि पाठका प्रकारहरु अस्तित्वमान छन् ।
वासन्तिक नवरात्रमा अन्य पनि धार्मिक उत्सव तथा व्रत–उपवासहरु हुने गर्दछन् । तराई प्रदेशमा कार्तिके छठ झैं कठिन व्रत यसै नवरात्रको बीचमा चैते (चइती) छठको रूपमा पर्दछ भने पुरूषोत्तम रघुनाथ रामको जन्म दिवस पनि यसै व्रतको नवमी तिथिमा पर्दछ– (रामनवमी) । रामनवमीको दिन तराई प्रदेशमा श्रीरामचन्द्रजीको पूजा–अर्चना तथा जताततै रामनवमीको मेला लाग्ने गर्दछ । यो मेला पनि भव्यताका साथ सम्पन्न हुन्छ । वैष्णव र शाक्त अर्चनाको यो अद्भूत व्रत हो जसलाई मधेशमा ठूलो आस्था र भक्तिपूर्वक मनाइने गरेको छ ।