गरिवोन्मुख राष्ट्र नेपालमा समाजवादोन्मुख नारा दिएर दलाल पूंजीवादीय व्यवस्था लादिएको छ । हुनेखाने वर्ग निकै कम र हुँदा खाने वर्ग निकै धेरै रहेको नेपाली समाज रोग, भोक र रोगले ग्रसित छ । सुखी, खुशी, सन्तुष्ट कोही छैन । आर्थिक बिछृंखलता, राजनीतिक अस्त व्यस्तता वेथिति, भ्रष्टाचार ढिलासुस्तीले शासन सत्ता, व्यवस्थाको भविष्य नै अन्धकारमय वन्दै गएको छ । देश र जनताको सर्वोत्तममुखी हितमा गर्ने सर्वाङ्गिण विकास गर्ने राजनीतिक गन्तव्यमा अवरोध उत्पादन भएको छ । यथास्थितिको व्यवस्थानमा तत्काल परिर्वतन नगर्ने हो भने देश र जनताले अहिलेकोभन्दा निकै विकराल अवस्थाको सामना गर्न पर्छ । समयको सदुपयोग गर्न सकिएन भने यो भन्दा अति दुःखद् अवस्थाको सामना गर्न पर्छ ।
सरकारको गलत नीति र नियतकै कारण नेपालीको नियति दुःखदायी हुने छ । विद्यमान दलाल पूंजीवादी संसदीय व्यवस्थालाई अविलम्व ढालेर वैज्ञानिक समाजवादी व्यवस्था निमार्ण र स्थापना गर्न राजनीतिकका निर्णायक र परिर्वतनका संवाहक शक्ति नेपाली सार्वभौम जनता एक जूट हुन नसके राष्ट्रनै असफल र समाप्त भएर जान सक्ने संकेत पनि छ । विदेशी हस्तक्षेप र प्रभाव अस्वाभाविक र असाधारण ढंगले अगाडी बढिरहेको छ ।
संसदवादी दलहरु भइरहेको उपलब्धिलाई रक्षा गर्ने र आवश्यकता हेरी नया परिवर्तन गर्न सक्ने अवास्थामा छैन । संसदवादी राजनीतिक दलहरुबाट जारी अभ्यास अनुत्पादक र विध्र्वसकारी सावित भइसकेको छ ।
चीन र भारत दुई विशाल र शक्तिराष्ट्रका वीचमा रहेको नेपाल यतिखेर कुटनीतिक असन्तुलनका साथै भूराजनीतिक असुरक्षाको अवस्थामा छ । देशको व्यवस्था र अवस्था जोद्दा २६ खर्ब आर्थिक भारको चपेटामा छ । शिक्षा र स्वस्थ्यमा राष्ट्रको उत्तरदायित्व र जिम्मेवारी नाजुक बन्दै गइरहेको छ । शिक्षा र स्वास्थमा भइरहेको व्यपारिकरण खतरापूर्ण र डरलाग्दो बन्दै गइरहेको छ । आम नेपाली जनताको स्वास्थस्थित निकै नाजुक अवस्थामा छ ।
यी सबै परिस्थिति सिर्जनाको प्रमुख कारण योजनावद्ध र दिगो विकासको पाइलामा आर्थिक समृद्धिको बाटो पहिल्याउन नसक्नु हो । उत्तम खेती प्रणालीमा आवश्यक सुधार गर्न नखोज्नु बैदेशिक रोजगारिका लागि युवाहरुको जुलुस नै जानु अनुत्पादक क्षेत्रमा लगानी बढ्नु राजनीतिक शासन व्यवस्थाले निर्दयी व्यवहार गर्नु यो राम्रो संकेत हुँदै होइन । यथास्थितमा देश अघि बढ्दैन भनेर समस्या नै समस्या तथा विकृति र विसंगतिको पर्खाल खडा हुनु भविष्य छर्लङ्ग देखिएको छ । संसदवादीहरु आफ्नो पार्टीको राजनीतिक स्वार्थ र आफ्नो व्यक्तिगत स्वार्थमा बढी चिन्तित छन् ।
तर पीडित जनताको विषयको आवाज र क्रन्दनलाई चिन्ता र चासो लिनै छाड्नु, नीतिगत भ्रष्टचारलाई पूर्ण संरक्षण गर्दै जानुले विषम परिस्थिति र संकटको निम्ता गर्नु सरह भएको छ । अझ पनि सुधार र परिवर्तनकोलागि स्थान र समय छ । यसका लागि दलाल पूजीवादी व्यवस्थाको सम्पूर्ण संरचना भताभुंग पारेर देश, काल, परिस्थिति अनुसार नेपाली हावा, पानी, माटो सुहाउँदो वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने बाहेक अर्को विकल्प छैन । सुख शान्ति र समृद्धिको कामना सहित आय शोषित, उत्पिडित नेपाली जनता एकिकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न अप्ठयारो बाटोबाट अगाडी बढ्न पनि तत्पर हुनु पर्छ । यो नै सही राजनीतिक, गन्तव्य, र सुखी नेपाली समृद्ध नेपाल बनाउने प्रभावकारी उपाय हुन सक्छ ।
सर्वप्रथम वहुदलीय संसदीय व्यवस्थालाई सदाका लागि नेपाली माटोबाट विदाइ गर्न सक्नु पर्दछ । संसदीय व्यवस्थाले वहुउपयोगी समाजवाद स्थापना गर्न सक्दैन अहिलेको जस्तो छरपष्ट यथास्थितिको अवस्थामा रहिरहने की यस यथास्थितिलाई समयानुकुल परिवर्तन गर्ने यो आम नेपाली जनताको चिन्ता चासो र रोजाइको विषय बन्नु पर्छ । याथास्थितिमा सामाजिक, आर्थिक, राजनीतिक अवस्था झन झन विग्रदै जानेछ । रोग, भोक र रोगले बढी जनता आक्रान्त हुनेछन् । सर्वहारा वर्गका लागि प्रचण्ड सरकारले सिन्को पनि भाँच्न सक्दैन । कुरा, गफ र भाषणमै समय वित्छ । नीतिगत भष्टाचार, संस्थागत भ्रष्टाचारको वर्णन गरेर साध्य हुने छैन । अमूल परिवर्तन सकारात्मक परिवर्तन आवश्यक परिवर्तनका लागि कुनै काम अघि बढ्न सक्दैन ।
दलाल पूंजीवादी संसदीय व्यवस्थाको राज्य संरचना गर्न समाजवादी क्रान्ति आवश्यक पर्छ । तर त्यसको लागि कसरी अगाडी बढ्ने भन्ने मात्र मुल बिषय हो । शिक्षा, स्वस्थ्य उत्पादन, रोजगारीको अवस्था राम्रो हुन संम्भव छैन । राजनीतिले विद्यमान समस्याको हल गर्ने हो । तर राजनीतिक दल, पात्र र प्रवृत्ति नै समस्याग्रस्त छ ।
अनि कसरी हुन्छ समृद्ध मुलुक । हिजो आज घर धेरै मानिसहरु बिरामी छन् । नाना थरिका रोगहरुले ग्रसित छन् । पैसाको अभावमा धेरै मानिसहरुले औषधी उपचार गराउन नसकेर अकालमै मृत्युवरण गरिरहेका छन् । रोगलागेपछि नियमित औषधि खाएर बाच्नु पर्ने अवस्था छ । मुटु, मृर्गौला, शरिरका विभिन्न अंगमा क्यान्सर आदि रोगले नेपाली नागरिक ग्रसित छन् । कतिपय रोगका विरामीलाई सरकारले एकलाखसम्म राहत अनुदान दिएको छ । वार्षिक रकम ३ हजार ५ सय बझाउन सक्ने परिवारको पाचँ जनाको सदस्यलाई एकलाखसम्मको सेवा गर्ने सरकारी नीति छ ।
जीवन बीमा बहुसेवा गर्ने संख्यात्मक जनताको पहँुचमा छैन । स्वास्थ्य बीमा अनिवार्य र प्रभावकारी बनाउन सरकारले जोड दिन चाहेको छ । नाम मात्रको निशुल्क औषधि उपचारले जनतालाई खासै लाभ पुग्दैन । किड्नीका बिरामीलाई डायोलिसको सेवा पुगे पनि प्रयाप्त छन् । गरिब बिरामीहरु राष्ट्रकै वेइज्जत हुने गरी जताततै ठूलो संख्यामा औषधि उपचार गर्न भनेर पैसा मांगेर बसिरहेका छन् ।
निजी अस्पतालमा हँुदा खाने वर्ग महंगो उपचारको कारण बस्नै सक्दैन । मध्यम वर्गले आफ्नो सम्पति बेचेर औषधि उपचार गरेर केहि दिन वांचे पनि हुँदा खाने लक्षित वर्ग औषधि उपचारको अभावले मरिरहेको सबैले देखेका नै छांै । आहार विहार, विचार दृष्टिकोण ठिक राखेर आफ्नो स्वास्थ्य आफ्नो हातमा राखेर हिडन सक्यौ भने निरोगी जीवन, स्वास्थ्य जीवनको आशा छ । विषादी नै विषादी मिसिएको खाने कुरा खाएपछि धेरै दिन बाच्न सक्दैन ।